मुख्य समाचार
इजरायलले लेबनानमा जारी दैनिक ठूलोस्तरका आक्रमणहरूलाई निरन्तरता दिँदा बेइरुत र दक्षिणी लेबनानमा एक दर्जन बढी मानिसको मृत्यु
इजरायलले लेबनानमा जारी दैनिक ठूलोस्तरका आक्रमणहरूलाई निरन्तरता दिँदा बेइरुत र दक्षिणी लेबनानमा एक दर्जन बढी मानिसको मृत्यु

: इजरायलले लेबनानमा जारी दैनिक ठूलोस्तरका आक्रमणहरूलाई निरन्तरता दिँदा बेइरुत र दक्षिणी लेबनानमा एक दर्जन बढी मानिसको मृत्यु भएको छ । उता इरान र हिजबुल्लाहले इजरायलमाथि आक्रमणको श्रृंखला शुरु गरेका छन् । अमेरिकाले र इजरायलले इरानविरुद्ध सुरु गरेको व्यापक युद्धको प्रभावस्वरूप यो अस्थिर मोर्चामा द्वन्द्व झनै चर्किएको छ ।


बिहीबार बेइरुतको समुद्री किनारस्थित रामलेट अल–बैदा क्षेत्रमा इजरायलले गरेको ‘डबल–ट्याप’ आक्रमणमा आठ जनाको मृत्यु हुनुका साथै ३१ जना घाइते भएका छन् । निरन्तर बमबारीबाट बच्न विस्थापित परिवारहरू त्यही क्षेत्रमा आश्रय लिइरहेका थिए । लेबनानको सार्वजनिक स्वास्थ्य मन्त्रालयले उक्त जानकारी दिएको हो ।


अल जजिराकी संवाददाता हाइडी पेटका अनुसार रामलेट अल–बैदामा रहेका प्रत्यक्षदर्शीहरूले आफूहरू टेन्टमा सुतिरहेको बेला लडाकु विमानको आवाजले ब्युँझाएको बताएकी छिन् । ‘पहिलो विस्फोटपछि उनीहरूले टेन्टबाट टाउको बाहिर निकाल्दा दोस्रो विस्फोट भएको देखे’, उनले भनिन् ।



पेटका अनुसार यो आक्रमण इजरायलको अर्को लक्षित हत्या प्रयास जस्तो देखिन्छ, तर यस पटक आक्रमण परम्परागत रूपमा निशाना बनाइने क्षेत्रभन्दा बाहिर र इजरायलले खाली गर्न आदेश दिएका क्षेत्रहरूभन्दा पनि टाढा भएको देखिएको छ । ‘यी आक्रमणहरूलाई प्रायः ‘सटिक आक्रमण’ भनिन्छ, तर आज रातिको हमलामा ३१ जना घाइते र आठ जनाको मृत्यु भएको छ । यहाँ धेरै विस्थापित मानिस बसिरहेका छन्, जससँग जानका लागि अर्को ठाउँ छैन’, उनले बताइन् ।

अल जजिराकी अर्की संवाददाता जेइना खोद्रले यस आक्रमणलाई ‘यस द्वन्द्वमा स्पष्ट रूपमा बढेको तनावऎ को संकेत भनेकी छन् । लेबनानका सर्वसाधारण अहिले व्यापक क्षेत्रीय युद्धको मोर्चामा फसिरहेका छन् । लेबनानको राष्ट्रिय समाचार एजेन्सी (ल्ल्ब्) का अनुसार दक्षिणी लेबनान र अन्य स्थानमा इजरायलले गरेको आक्रमणमा थप कम्तीमा सात जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बेइरुतबाट करिब १० किलोमिटर दक्षिणमा पर्ने अरामौन नगरमा भएको इजरायली आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने एक बालक घाइते भएका छन् ।


बिन्त ज्बेल जिल्लाको देइर अन्तार नगरमा भएको अर्को आक्रमणमा दुई जनाको मृत्यु र छ जना घाइते भएका छन् । त्यस्तै माराकाह–टायर चोक नजिक चार तले भवनमाथि भएको आक्रमणमा दुई जनाको मृत्यु भएको बताइएको छ । क्षतिग्रस्त भवनमा अझै खोज तथा उद्धार कार्य जारी रहेको ल्ल्ब् ले जनाएको छ ।

यसअघि बिहीबार नै टायर जिल्लाको बुर्ज शमाली क्षेत्रमा भएको आक्रमणमा एक आमा र उनका तीन छोराको मृत्यु भएको थियो । साथै बालबेक जिल्लाको शाथ नगरमा भएको इजरायली आक्रमणमा आठ जनाको ज्यान गएको थियो । लेबनानका स्वास्थ्य अधिकारीहरूका अनुसार फेब्रुअरी २८ यता इजरायलले गरेको आक्रमणमा मृत्यु हुनेको संख्या ६३४ पुगेको छ ।

इजरायलमाथि हिजबुल्लाहको जवाफी आक्रमण
यसबीच हिजबुल्लाहले पनि रातभर इजरायलका सहर र सैन्य अड्डाहरूलाई लक्षित गर्दै विभिन्न आक्रमणहरू गरेको जनाएको छ । पश्चिम किनाराको रामल्लाहबाट रिपोर्ट गर्दै संवाददाता निदा इब्राहिमले भनिन्, ‘हिजो बेलुका करिब ८ बजे हिजबुल्लाहले उत्तरी इजरायलतर्फ १०० रकेट प्रहार गर्‍यो, जुन इरानसँग समन्वय गरेर गरिएको थियो । द्वन्द्व सुरु भएयता यो सबैभन्दा ठूलो रकेट आक्रमण हो ।’
इजरायलको च्यानल १४ का अनुसार उक्त आक्रमणमा कसैलाई चोट नलाग्नु ‘चमत्कार’ जस्तै भएको बताइएको छ, यद्यपि केही क्षतिको रिपोर्ट आएको छ । इब्राहिमका अनुसार यस आक्रमणले लाखौँ इजरायलीहरूलाई बंकर तथा आश्रयस्थलतर्फ जान बाध्य बनाएको छ । इजरायली सरकारले युद्धप्रति जनसमर्थन कायम राख्न नागरिकहरूलाई लामो समय आश्रयस्थलमा बस्नुपर्ने अवस्थालाई सावधानीपूर्वक व्यवस्थापन गरिरहेको छ ।

हिजबुल्लाहले उत्तरी यारा सैन्य ब्यारेकमा ड्रोन आक्रमण, बेइत लिद, ग्लिलोट (तेल अविव नजिक) र अटलित (हाइफा नजिक) सैन्य अड्डामा मिसाइल आक्रमण गरेको दाबी गरेको छ । त्यसैगरी दक्षिणी लेबनानमा रहेका इजरायली सैनिकमाथि तोप प्रहार गर्नुका साथै नहारिया सहरतर्फ ड्रोन र रकेट प्रहार गरेको जनाएको छ ।

समूहले बुधबार गरेको ड्रोन आक्रमणले मेरोन एयर अपरेसन कमाण्ड एन्ड कन्ट्रोल बेसको एक राडारमा क्षति पुगेको पनि दाबी गरेको छ । उता इजरायली सेनाले इरानबाट प्रहार गरिएका केही रकेटहरू खुला क्षेत्रमा खसेको जनाएको छ । साथै गोलान हाइट्स, हाइफा खाडी र उत्तरी इजरायलतर्फ रकेट प्रहार भएको पनि पुष्टि गरेको छ, जसका कारण विभिन्न क्षेत्रमा साइरन बजाइएको थियो ।

इजरायल र हिजबुल्लाहबीच लगातार भारी गोलाबारी भइरहे पनि यसको असर असमान रूपमा परेको देखिन्छ । युद्ध सुरु भएयता ७ लाख ८० हजारभन्दा बढी लेबनानी नागरिक विस्थापित भइसकेका छन् । उता लेबनानमा हालसम्म कम्तीमा दुई इजरायली सैनिकको मृत्यु भएको छ भने हिजबुल्लाहका रकेट आक्रमणबाट इजरायलमा केही व्यक्ति घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् । युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन ...
: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुनः स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् । एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका ...
: सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् । कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ । यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा दिँदैनन्। सोनम ...
: पाकिस्तानले अफगानिस्तानको सिमाना भित्र रहेका तीन आतंककारी अखडाहरूमा सैन्य कारबाही गरेको दाबी गरेको छ। पाकिस्तानी अधिकारीहरूका अनुसार, सबैभन्दा पहिले खैबर पख्तुनख्वाको बाजौर जिल्लामा स्थलगत (जमीनी) अपरेशन सञ्चालन गरिएको थियो। त्यसलगत्तै सीमा पार अफगानिस्तानको भूभागमा रहेका आतंककारीका तीनवटा आश्रयस्थललाई निशाना बनाइएको हो। यस कारबाहीमा कुल २९ जना आतंककारी मारिएका छन्। पाकिस्तानका सूचना मन्त्री अताउल्लाह तरारले सामाजिक ...
: मध्यपूर्वमा बढ्दो सैन्य तनाव कम गर्न संयुक्त राज्य अमेरिका र इरान तत्कालका लागि सैन्य कारबाही रोक्न सहमत भएका छन्। खाडी क्षेत्रमा लगातार चार दिनदेखि जारी भीषण आक्रमण र प्रत्याक्रमणपछि स्थिति थप भयावह हुन नदिन दुवै पक्षबिच यो आकस्मिक सहमति भएको अन्तराष्ट्रिय सञ्चार माध्यम रोयटर्सले जनाएकाे छ। यो सहमतिसँगै विश्वकै सबैभन्दा महत्त्वपूर्ण ऊर्जा आपूर्ति मार्ग ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम