मुख्य समाचार
निर्वाचनमा करिब ८५ प्रतिशत उम्मेदवारको जमानत जफत
निर्वाचनमा करिब ८५ प्रतिशत उम्मेदवारको जमानत जफत

— प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिब ८५ प्रतिशत उम्मेदवारको जमानत जफत भएको छ । प्रत्यक्ष प्रणालीतर्फ ३ हजार ४ सय ६ उम्मेदवार रहेकामा २ हजार ८ सय ८५ ले १० प्रतिशतभन्दा कम ल्याएका कारण जमानत नजोगिएको हो ।

उम्मेदवारले आफ्नो क्षेत्रमा खसेको कुल सदर मतको १० प्रतिशतभन्दा बढी मत प्राप्त गरे मात्र जमानत रकम फिर्ता हुने कानुनी व्यवस्था छ । १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको धरौटी भने राज्यको ढुकुटीमा जम्मा हुन्छ ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार १० प्रतिशत मत नल्याउनेमा ठूला राजनीतिक दलका उम्मेदवारसमेत छन् । आयोगको वेबसाइटमा प्रविष्ट अन्तिम परिणामअनुसार सबैभन्दा धेरै स्वतन्त्र उम्मेदवारको जमानत जफत भएको छ । स्वतन्त्र रूपमा चुनाव लडेका १ हजार १ सय ४१ उम्मेदवारले १० प्रतिशतभन्दा कम मत ल्याएका छन् ।

आयोगका अनुसार अघिल्लो प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेसका १७ उम्मेदवारको जमानत यस पटक जफत भएको छ । कांग्रेसका सरिता प्रसाईं (झापा–२), राजेन्द्रकुमार घिमिरे (झापा–३), सुजेन्द्र तामाङ (सुनसरी–१) लगायतको धरौटी फिर्ता नहुने भएको हो । १० प्रतिशत मत कटाउने कांग्रेसका अन्य उम्मेदवार सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, काठमाडौं, भक्तपुर, चितवन र रूपन्देहीका छन् ।

एमालेका ५० उम्मेदवारको जमानत जफत भएको छ । जमानत जफत हुनेमा एमालेका पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसमेत परेका छन् । पोखरेलले काठमाडौं–५ बाट उम्मेदवारी दिएका थिए । उनले ५० हजार २ सय ३ कुल सदर मतमध्ये ४ हजार ७ सय १ मत मात्रै प्राप्त गरे ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ९९ उम्मेदवारको जमानत जफत भएको आयोगको तथ्यांक छ । नेकपाले बागलुङ–१ मा जनमोर्चालाई समर्थन गर्दै प्रत्यक्षतर्फ १ सय ६४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको थियो ।

प्रत्यक्षमा १ सय २५ सिट जितेको र समानुपातिकमा मुलुकभरबाट करिब ४८ प्रतिशत मत पाएको रास्वपाका पनि १४ उम्मेदवारले १० प्रतिशत मत ल्याउन सकेनन् । ताप्लेजुङमा उम्मेदवार बनेका वीरेन्द्र श्रेष्ठले ४ हजार १ सय ५५ मत (९.७ प्रतिशत) र पाँचथरमा महेन्द्रविक्रम थाम्सुहाङले ४ हजार १ सय ९७ मत (६.३ प्रतिशत) प्राप्त गरे ।

कर्णालीका जिल्लाहरूमा रास्वपाका उम्मेदवारहरूको मत झन् कम देखिएको छ । उदाहरणका लागि डोल्पा–१ बाट उम्मेदवार बनेका देवसिंह ऐडीले १ सय ८१ मत (१.२ प्रतिशत) मात्रै प्राप्त गरेका छन् । मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, अछाम र रुकुम पश्चिमका उम्मेदवारहरूले पनि १० प्रतिशत मत ल्याउन सकेनन् ।

प्रत्यक्षतर्फ तीन सिट जितेको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका ९३ उम्मेदवारको जमानत जफत भएको छ । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीका १ सय ३ उम्मेदवारको धरौटी फिर्ता नहुने भएको छ । यस पार्टीबाट प्रत्यक्षतर्फ एक जना पनि निर्वाचित हुन सकेनन् ।

राप्रपाका १ सय ५९ उम्मेदवारको जमानत जफत भएको छ । राप्रपाबाट जुम्लामा ज्ञानेन्द्रबहादुर शाही मात्रै निर्वाचित भए । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालका ८३ उम्मेदवारको जमानत जोगिएन ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा जमानत जफत हुने उम्मेदवारको संख्या ठूला दलमा निकै कम थियो । त्यसबेला एमाले, कांग्रेस र तत्कालीन एकीकृत समाजवादीका एक/एक उम्मेदवारको मात्र जमानत जफत भएको थियो । तत्कालीन माओवादीका २, जनमत पार्टीका ३८, रास्वपाका ८२, राप्रपाका १ सय १४, लोकतान्त्रिक समाजवादी पार्टीका ४३, जनता समाजवादी पार्टीका ६२ र नागरिक उन्मुक्ति पार्टीका २० उम्मेदवारको धरौटी फिर्ता भएको थिएन ।

यसपालि निर्वाचनमा १४ उम्मेदवारले एक मत पनि प्राप्त गर्न सकेनन् । एक मत पनि नपाउनेमा काठमाडौं–१ बाट नेपाल जनसेवा पार्टीका अर्जुनबहादुर शाहीबाहेक सबै स्वतन्त्र उम्मेदवार हुन् ।

धनुषा–३ मा कृष्णकुमार साह, मात्रिकाप्रसाद दास र सीतादेवी साह, धादिङ–१ मा कृष्णप्रसाद अधिकारी, ललितपुर–१ मा देवेन्द्र सिंह, रौतहट–४ मा कुसुम खातुन, गुल्मी–१ मा प्रेमप्रसाद श्रेष्ठ र विमल ज्ञवाली, रूपन्देही–२ मा टीकाबहादुर क्षेत्री, दिलीपकुमार सुनार, बालकृष्ण ज्ञवाली, विमला भट्टराई र विष्णुप्रसाद बस्यालले एक मत पनि पाएनन् ।

३६ उम्मेदवारले एक मत प्राप्त गरेका छन् । उनीहरूमध्ये काठमाडौं–३ बाट मितेरी पार्टी नेपालका ६८ वर्षीय जितबहादुर तामाङबाहेक सबै स्वतन्त्र उम्मेदवार रहेका छन् । एक मत प्राप्त गर्ने उम्मेदवारहरू सिरहा, महोत्तरी, सर्लाही, धादिङ, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रौतहट, बारा, पर्सा, गुल्मी, रूपन्देही, कपिलवस्तु र दाङका विभिन्न निर्वाचन क्षेत्रका हुन् ।

यस पटकको निर्वाचनमा उम्मेदवारी धेरै भए पनि मत सीमित दल र उम्मेदवारमा केन्द्रित भएको देखाएको छ ।

कुन दलका कति उम्मेदवारको जमानत जफत ?

रास्वपा १४

कांग्रेस १७

एमाले ५०

नेकपा ९९

श्रम संस्कृति ९३

राप्रपा १५९

जसपा नेपाल ८३

उज्यालो नेपाल १०३

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कञ्चनपुरमा जीप र मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बिहिवार दिउँसो जीप र मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार महेन्द्रनगरबाट अत्तरीयातर्फ गइरहेको से १ ज १४०५ बलेरो जीप र दैजीबाट महेन्द्रनगरतर्फ आइरहेको म २ प ३५०६ नम्बरको मोटरसाइकल ...
: रोल्पामा निर्वाचन प्रहरीको विदाइ गरिएको छ । निर्वाचन प्रहरीलाई जिल्ला प्रहरी कार्यालय रोल्पाले विदाइ गरेको हो । जनपद तर्फका १ हजार २८ निर्वाचन प्रहरीलाई बिहीवार जिल्ला प्रहरी कार्यालय परिसर र बिभिन्न इलाका प्रहरी कार्यालयबाट भिन्नाभिन्नै कार्यक्रमको आयोजान गरी विदाई गरिएको हो । सशस्त्र प्रहरी तर्फ ९६ निर्वाचन प्रहरी थिए । चुनाव सम्पन्न गर्न निर्वाचन प्रहरीले ...
: रोल्पामा निर्वाचन प्रहरीको विदाइ गरिएको छ । निर्वाचन प्रहरीलाई जिल्ला प्रहरी कार्यालय रोल्पाले विदाइ गरेको हो । जनपद तर्फका १ हजार २८ निर्वाचन प्रहरीलाई बिहीवार जिल्ला प्रहरी कार्यालय परिसर र बिभिन्न इलाका प्रहरी कार्यालयबाट भिन्नाभिन्नै कार्यक्रमको आयोजान गरी विदाई गरिएको हो । सशस्त्र प्रहरी तर्फ ९६ निर्वाचन प्रहरी थिए । चुनाव सम्पन्न गर्न निर्वाचन प्रहरीले ...
— बलात्कारपछि हत्या भएकी सुर्खेतकी १६ वर्षीया इनिसा बिकबारे थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धन ब्युरो सिआइबीको टोली सुर्खेत पुगेको छ । सुर्खेतको जिल्ला प्रहरी कार्यालयले पहिलो चरणको सम्पूर्ण अनुसन्धान जिल्लाबाटै सकिको बताउँदै थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरोको सहयोग लिएको छ । प्रहरी निरीक्षकको कमान्डमा ब्युरोको विज्ञ टोली बिहीबार वीरेन्द्रनगर आइपुगेको जिल्ला प्रहरी कर्यालय सुर्खेतका प्रहरी ...
: इनिशा विक हत्या प्रकरणको छानविन र दोषीलाई कडाभन्दा कडा कारवाहीको माग गर्दै विभिन्न समूहहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । उत्पीडित जेन्जी फोर्स, जात व्यवस्था उन्मूलन मोर्चा नेपाल,वैज्ञानिक समाजवादी विद्यार्थी संगठन नेपाल लगायतले गम्भीर ढंगले विक हत्या प्रकरणको छानविनका साथै उक्त घटनामा संलग्नलाई कडा कारवाहीको माग गर्दै बिहीबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरूले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम