मुख्य समाचार
हर्मुज जलघाँटी हुँदै भारततर्फ आइरहेको थाइल्यान्डको पानीजहाजमा आक्रमण
हर्मुज जलघाँटी हुँदै भारततर्फ आइरहेको थाइल्यान्डको पानीजहाजमा आक्रमण

— हर्मुज जलघाँटी हुँदै भारततर्फ आइरहेको थाइल्यान्डको पानीजहाजमा आक्रमण भएको छ । युएइको खलिफा बन्दरगाहबाट यो जहाज छुटेको थियो । यसमा सवार २० जना चालक दलका सदस्यलाई ओमानको जलसेनाले उद्धार गरेको छ ।

जहाजलाई ओमानको बन्दरगाहमा ल्याएर राखिएको छ । यसअघि बुधबारै जापानको झन्डा बोकेको जहाज पनि हर्मुज क्षेत्रमै आक्रमणमा परेका थियो । जहाजमा सवार कसैलाई पनि चोट नलागेको र यसमा कुनै क्षति नपुगेको जापानी कम्पनीले जनाएको छ ।

त्यस्तै दुबईबाट झन्डै ५० माइल्स पर उत्तरपश्चिममा एउटा जहाजमा आक्रमण भयो । यी तीनवटै जहाजमा क्षेप्यास्त्र प्रहार भएको थियो । तर आक्रमणको जिम्मेवारी कसैले लिएको छैन ।

यसअघि इरानले हर्मुजको घाँटी हुँदै यात्रा गर्ने अमेरिका—इजरायल र उनीहरुका सहयोगी देशका जहाजलाई निशाना बनाइने बताएको थियो । ‘अमेरिका, यहूदी सत्ता वा उनीहरुका घृणित सहयोगीका जहाज निशाना पर्नेछन्,’ इरानी सेनाको केन्द्रीय कमाण्डदले भनेको थियो । हर्मुजको घाँटीबाट एक लिटर तेल पनि बाहिर जान नदिने दाबी सेनाले दोहोर्याएको थियो ।

यसैबीच, इरानले हर्मुजको जलघाँटी आसपास समुद्री माइन (पानीमुनी बम) बिछ्याउन सुरु गरेको आरोप अमेरिकाले लगाएको छ । मंगलबार अमेरिकी आक्रमणमा परेर ध्वस्त भएकामध्ये १६ वटा जहाज माइन लेयर्स ( पानीमुनी बम बिछ्याउने काममा संलग्न ) रहेको पश्चिम एशिया हेर्ने अमेरिकी सैनिकको दस्ता युएस सेन्ट्रल कमाण्ड (सेन्टकम) ले जनाएको छ ।

यसअघि मंगलबारै सामाजिक सञ्जाल ट्रुथ सोशलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बम राख्न खोजिए त्यसलाई तत्कालै हटाइने बताएका थिए ।

हर्मुजको जलघाँटीमा अवरोध गर्न खोजिए इरानमा २० गुणाले आक्रमण बढाउने चेतावनी उनले सोमबार दिएका थिए । यस जलघाँटी हुँदै विश्वको झन्डै २० प्रतिशत कच्चा तेल र प्राकृतिक ग्याँस मध्यपूर्वबाट बाहिरिने गरेको थियो ।

युद्ध सुरु हुनअघिसम्म साउदी अरेबिया, इराक, युएई, कुवेत, कतार र बहराइनले आफ्नो तेल र ग्याँसको ठूलो हर्मुज हुँदै विश्वबजारमा पठाउने गरेका थिए ।

‘बम राख्ने काम अहिलेसम्म बिस्तृतमा भएको छैन । पछिल्ला केही दिन केही दर्जन ठाउँमा मात्रै बिछ्याइएको छ । तर, अहिले पनि यस क्षेत्रमा ८० देखि ९० प्रतिशत साना डुंगा तथा जहाजहरु इरानका छन्,’ स्रोतलाई उद्रृत गर्दै सीएनएनले लेखेको छ,‘ त्यहीकारण यस दस्ताले सयौं बमहरु पानीमुनी राख्नसक्छ ।’

इरानको परम्परागत जलसेना र अर्धसैन्य दस्ता इस्लामिक रिभोलुशनरी गार्ड्स कप्र्सले अहिले हर्मुजको घाँटीमा नियन्त्रण कायम गरिरहेका छन् ।

उनीहरुले यहाँ हुँदै आउने जहाजलाई आक्रमण गरिने बताएका छन् । हर्मुज जलघाँटी बन्द हुँदा विश्वबजारमा इन्धनको संकट देखिएको छ । जसकारण, इन्धन कारोबारमा उतारचढाव भएको छ ।

दक्षिण एशियाली देशमा खाना पकाउने ग्याँस र इन्धनको अभाव देखिएको छ । भारतको मुम्बई, बैंगलुरु, दिल्ली, गोआ, पञ्जाबलगायत क्षेत्रमा होटल तथा पर्यटन क्षेत्र ठप्पजस्तै बनेको छ ।

पश्चिम एशियाबाट तेल आपुर्ति ठप्प भएपछि भारतले फेरि रुसबाटै तेल ल्याउने भएको छ । यसअघि भारतलाई रुसी तेल खरिद नगर्न दबाब दिइरहेको अमेरिकाले मध्यपूर्व संकट कायम रहदाँसम्म रुसबाट तेल किन्न छुट दिएको हो ।

युएई र साउदीको तेलमा अत्यधिक निर्भर रहेको पाकिस्तानले ग्याँस र तेल दुबैको संकट व्यहोरिरहेको छ । यहाँ पेट्रोल र डिजेलको मुल्य ५५ पाकिस्तानी रुपैयाँले बढेको छ । मानिसहरुले तेल महँगो तेल हाल्नका लागि पनि ठूलो लाइन बस्नुपरेको छ ।

पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले सोमबार इन्धनको प्रयोग कम गर्न विभिन्न उपायहरू अबलम्बन गर्नेे घोषणा गरेका छन् । जसमा विद्यालय बिदा, सरकारी कर्मचारीहरुको दैनिक कार्यघण्टा कटौतीलगायत पर्छ ।

पाकिस्तानभरका प्राथमिक तथा माध्यमिक विद्यालयहरू आगामी सोमबारदेखि दुई हप्ताका लागि बिदा हुने कार्यक्रम छ । सरकारले कलेज र विश्वविद्यालयहरू अनलाइनमार्फत सञ्चालन गरिने जनाएको छ ।

बैंक र अत्यावश्यक सेवाबाहेकका सरकारी कार्यालयहरू हप्तामा चार दिनमात्रै सञ्चालन हुनेछ । आधा कर्मचारीले घरबाटै काम गर्नेछन् । रेडियो पाकिस्तानका अनुसार एम्बुलेन्स र सार्वजनिक बसबाहेक अन्य सरकारी सवारी साधनले पहिलेभन्दा आधामात्रै तेल भर्न पाउनेछन् ।

यो नियम दुई महिनाका लागि लागु हुनेछ । क्याबिनेट मन्त्री र सल्लाहकारहरूले आफ्नो तलब र भत्ता त्याग्ने पनि प्रधानमन्त्री शरीफले बताएका छन् । जुन २०२६ अघि नयाँ सवारी साधन खरिद गर्न पनि रोक लगाइएको छ ।

बंगलादेशमा पनि विश्वविद्यालय र स्कुलहरुमा लामो बिदा दिइएको छ । इन्धन सुरक्षाका लागि यस्तो निर्णय गरिएको सरकारले जनाएको छ । बंगलादेशमा झन्डै ९५ प्रतिशत तेल तथा ग्याँस विदेशबाट आउँछ । यहाँ बिजुलीको पनि संकट छ । जनतालाई बिजुली तथा इन्धनको खपत किफायती ढंगले गर्न आग्रह गरिएको छ ।

इरानमा ठूलो आक्रमण

मंगलबार बेलुकी इरानमा युद्ध सुरु भएयताकै भीषण आक्रमण भएको छ । अमेरिका–इजरायलले ठूलो संख्यामा लडाकु विमान तैनाथ गरेका थिए । स्थानीयले जमिन हल्लिनेगरी धम्का महसुस गरिएको बताएका छन् ।

लगातारको बिस्फोटले आतंकित भएको सर्वसाधारणले बताएका छन् । इश्फाहान, कराजलगायत शहरमा पनि निशाना साँधिएको छ ।

अलजजिराले पश्चिम तेहरानका बासिन्दाहरुलाई उद्रृत गर्दै मंगलबार रातिको भयावह अवस्थाबारे लेखेको छ, ‘पहिलो १५ मिनेटजति त दर्जनौं लडाकु विमानहरू सिधै टाउकोमाथि उडिरहेका जस्तो लाग्यो, केही मिनेट शान्त भयो । फेरि नयाँ चरणको प्रहार सुरु हुन्थ्यो ।’

नाम नछाप्ने शर्तमा एक स्थानीयबासीले भनेका छन्, ‘जमिन, सिसा र हाम्रो मुटु समेत काँपिरहेको थियो । तर हामी बाथरुमभित्र आश्रय लिएर त्यहीँ बसेर रात पार गर्यौं ।’

केही स्थानीयले घरको छत र बार्दनीमा उभिएर आक्रमणको दृश्य पनि खिचेका छन् । अनलाइनमा सार्वजनिक भएका भिडियोहरूमा रातको समय निलो चम्किलो प्रकाश देखिएको छ, विद्युत उत्पादन पूर्वाधारमा क्षति पुग्दा यस्तो भएको अनुमान लगाइएको छ ।

युद्ध सुरु भएयता अमेरिका–इजरायलले आफ्नो देशका सर्वसाधारण बस्ने १० हजारभन्दा धेरै इलाकामा आक्रमण भएको आरोप लगाएको छ ।

इरानमा विद्यालय, अस्पताल, विद्युत केन्द्र, आवास गृहलगायत क्षेत्र बमले क्षतिग्रस्त भएका छन् । १२ सयभन्दा धेरैको मृत्यु भइसकेको छ । इजरायलले दक्षिण लेबनानको बेरुतमा पनि आक्रमण जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् । युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन ...
: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुनः स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् । एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका ...
: सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् । कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ । यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा दिँदैनन्। सोनम ...
: पाकिस्तानले अफगानिस्तानको सिमाना भित्र रहेका तीन आतंककारी अखडाहरूमा सैन्य कारबाही गरेको दाबी गरेको छ। पाकिस्तानी अधिकारीहरूका अनुसार, सबैभन्दा पहिले खैबर पख्तुनख्वाको बाजौर जिल्लामा स्थलगत (जमीनी) अपरेशन सञ्चालन गरिएको थियो। त्यसलगत्तै सीमा पार अफगानिस्तानको भूभागमा रहेका आतंककारीका तीनवटा आश्रयस्थललाई निशाना बनाइएको हो। यस कारबाहीमा कुल २९ जना आतंककारी मारिएका छन्। पाकिस्तानका सूचना मन्त्री अताउल्लाह तरारले सामाजिक ...
: मध्यपूर्वमा बढ्दो सैन्य तनाव कम गर्न संयुक्त राज्य अमेरिका र इरान तत्कालका लागि सैन्य कारबाही रोक्न सहमत भएका छन्। खाडी क्षेत्रमा लगातार चार दिनदेखि जारी भीषण आक्रमण र प्रत्याक्रमणपछि स्थिति थप भयावह हुन नदिन दुवै पक्षबिच यो आकस्मिक सहमति भएको अन्तराष्ट्रिय सञ्चार माध्यम रोयटर्सले जनाएकाे छ। यो सहमतिसँगै विश्वकै सबैभन्दा महत्त्वपूर्ण ऊर्जा आपूर्ति मार्ग ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम