— सप्तरीका चारवटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ पनि सबैभन्दा बढी मत ल्याएको छ । रास्वपाले कुल १ लाख ४९ हजार १ सय ८६ मत पाएको छ ।
दोस्रोमा रहेका जनता समाजवादी पार्टी नेपालले ३६ हजार ६८ मत ल्याएको छ । नेपाली कांग्रेसले २६ हजार ९ सय ६३ मत ल्याउँदा चौथो नम्बरमा रहेको जनमत पार्टीले १८ हजार ९ सय १ मत पाएको छ । नेकपा एमालेले १४ हजार ९ सय ७३, स्वाभिमान पार्टीले ६ हजार ९ सय ६६, राष्ट्र निर्माण दल नेपालले ६ हजार १ सय २९, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ४ हजार ७ सय २१, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ३ हजार ६ सय ३१ मत ल्याएको छ ।
एकल चिह्नबाट चुनाव लडेको राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालले २ हजार ३ सय ७, नेपाल जनता संरक्षण पार्टीले १ हजार ३१ मत ल्याउँदा अन्य पार्टीले हजार मत पनि कटाउन सकेका छैनन् ।
क्षेत्रगत मत हेर्दा १ मा रास्वपाले ४० हजार ६ सय २, एमालेले ६ हजार ८ सय ९७, कांग्रेसले ६ हजार ७ सय २२, जनमत पार्टीले ४ हजार ९ सय ४४, स्वाभिमान पार्टीले ४ हजार ६ सय ८३, जसपा नेपालले ३ हजार ९६, राप्रपाले १ हजार ५ सय ५६, नेकपाले १ हजार ३ सय ६१, राष्ट निर्माण दल नेपालले १ हजार १ सय २५ मत पाएको छ ।
क्षेत्र नं.२ मा रास्वपाले ३१ हजार ७ सय ७६, जसपा नेपालले १२ हजार ६ सय १९, जनमत पार्टीले ९ हजार १ सय १३, कांग्रेसले २ हजार ८ सय ८८, स्वाभिमान पार्टीले २ हजार २ सय ६०, राष्ट्र निर्माण दल नेपालले १ हजार ८ सय ३४, एमालेले ९ सय ८९ मत पाएको छ ।
क्षेत्र नं.३ मा रास्वपाले ३६ हजार १ सय ५३, जसपा नेपालले १२ हजार ५ सय ६९, कांग्रेसले ७ हजार ८ सय ९७, एमालेले ५ हजार ६ सय ९६, जनमत पार्टीले ३ हजार ५ सय ३१, नेकपाले १ हजार २ सय १९, राष्ट्र निर्माण दल नेपालले ७ सय ३५ मत पाएको छ ।
क्षेत्र नं.४ मा रास्वपाले ४० हजार ६ सय ५५, कांग्रेसले ९ हजार ४ सय ५६, जसपा नेपालले ७ हजार ७ सय ८४, राष्ट्र निर्माण दल नेपालले २ हजार ३ सय ३५, नेकपाले १ हजार ६ सय ४६, एमालेले १ हजार ३ सय ९१, जनमत पार्टीले १ हजार ३ सय १३ मत पाएको छ ।
कूल ४ लाख ४६ हजार ४ सय २ जना मतदाता रहेको सप्तरीमा २ लाख ९३ हजार ३ सय ७७ जनाले मत खसेको थियो ।