मुख्य समाचार
दादुराको संक्रमण बढेपछि प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले नगरपालिकाभित्रका ६ हजार ७ सय बालबालिकालाई दादुराबिरुद्धको खोप लगाउने
दादुराको संक्रमण बढेपछि प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले नगरपालिकाभित्रका ६ हजार ७ सय बालबालिकालाई दादुराबिरुद्धको खोप लगाउने

बागलुङ —

ढोरपाटन क्षेत्रमा दादुराको संक्रमण बढेपछि प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले नगरपालिकाभित्रका ६ हजार ७ सय बालबालिकालाई दादुराबिरुद्धको खोप लगाउने भएको छ ।

उमेर समूहअनुसार जन्मेको १५ महिनाभित्रका बालबालिकालाई दादुराको खोप लगाउनुपर्ने प्रावधान छ । तर, यहाँका बालबालिकाले समयमा खोप लगाएको हो वा होइन भन्ने यकिन नभएको र विविध कारणले गाउँमै संक्रमण फैलिएपछि खोप लगाइने भएको कार्यालयका प्रमुख प्रवीण शर्माले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यहाँ दादुराविरुद्धको खोप लगाउन सहयोग गर्ने भएको छ । नगरभित्रका १० देखि २० वर्ष उमेर समूहका बालबालिका र किशोर किशोरीमा दादुराको प्रकोप देखिएको हो । स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ढोरपाटन नगरपालिकाभित्रका धेरै बालबालिकालाई दादुरा लागेको पुष्टि भएको थियो ।

उपचारपछि घर फर्केका बाहेक अझै यहाँ ५६ जना बालबालिकामा दादुरा संक्रमण बाँकी छ । उनीहरू उपचाररत छन् । उनीहरूलाई धौलागिरि अस्पतालबाट गएका चिकित्सक र स्वास्थ्यकर्मी तथा बुर्तिवाङ अस्पतालका स्वास्थ्यकर्मीले पनि आइसोलेसनमा राखेर उपचार गराएका छन् । यहाँ विश्व स्वास्थ्य संगठनको टोलीसमेत आएर अनुसन्धान गरिरहेको छ ।

गौतमका अनुसार एक जना संक्रमितले १८ जनासम्मलाई दादुरा सार्न सक्ने भएकाले आइसोलेसनमा राखेर उपचार गर्नुपरेको हो । कार्यालयका प्रमुख शर्माले पनि यो रोग निवारणका लागि सक्दो प्रयास भइरहेको बताए । ‘संक्रमण बढ्न नदिने, रोग लागेकाहरूलाई आइसोलेसनमा राखेर उपचार गर्ने र खोप लगाएर रोग निर्मूल पार्ने काम गरिँदैछ,’ शर्माले भने, ‘यस वर्षभित्रै दादुरा रुवेला रोग निर्मूल पार्ने अभियान संचालन भैरहेको छ ।’ अभियानकै क्रममा रोग देखिएकाले उपचार र निवारण अभियानमा थप अध्ययन र अनुसन्धान गर्दै उपचारसमेत गर्न सकिने उनले बताए ।

गण्डकी प्रदेश सरकारले आइसोलेसनका लागि बेड र उपकरण तथा औषधि समेत पठाएपछि बुर्तिवाङ अस्पताल र गाउँमा पनि बिरामीको उपचार सम्भव भएको हो । अझै १४ जना बिरामीको परीक्षण रिपोर्ट आउन बाँकी रहेको बताइएको छ । दादुरा संक्रमण बढेकै कारण ढोरपाटन नगरपालिकाले सोमबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गरेर खोप लगाउने तालिका बनाएको नगर स्वास्थ्य शाखाका प्रमुख भूमिश्वर शर्माले बताए ।

कक्षा ६ देखि १२ मा पढ्ने ३ हजार ६ सय ८९ जना, त्यसभन्दा माथि १६ देखि १९ वर्ष समूहका र विद्यालय बीचैमा छाडेकाहरूलाई पनि खोजी गरी खोप लगाउने लक्ष्यले ७ हजार खोप मगाइएको उनले बताए । ‘खोपको तयारी गर्न शुक्रबारसम्म विद्यालय बिदा गरियो, शुक्रबार खोप लगाउन बालबालिका विद्यालय ल्याउन अभिभावकलाई सूचना पठाएका छौं,’ शर्माले भने, ‘अहिले पनि दैनिक ३ देखि ४ जना बिरामी थपिइरहेका छन्, त्यसैले उपचारलाई प्रभावकारी नबनाई कक्षा संचालन संभव छैन ।’ आउने शनिबार र आइतबार पनि समुदायमा छुटेका बालबालिकालाई खोप लगाउन स्वास्थ्यकर्मीहरू घरघरै जानेछन् । उनका अनुसार बुधबार पनि २ जना नयाँ बिरामी थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई विभिन्न पाँचबुँदे निर्देशन दिएको छ र बोर्डले बीमितको रोग र स्वास्थ्य अवस्थासँग सम्बन्धित नभएका अनावश्यक परीक्षण गराए त्यस्तो परीक्षणको दाबी अस्वीकृत गर्ने चेतावनी दिएको छ । बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ अनुसार सम्झौता गरी सेवा प्रदान गरिरहेका स्वास्थ्य संस्थालाई पत्राचार गर्दै बीमितलाई अनावश्यक ...
। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयले प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय र सबै संघीय सरकारी अस्पताललाई आवश्यक स्वास्थ्यकर्मी तथा कर्मचारीको व्यवस्थापन गरी आकस्मिक, शल्यक्रिया, प्रसूति र सघन उपचार सेवा नियमित राख्न आग्रह गरेको हो । मन्त्रालयले बिदाका समयमा अस्पताल पूर्ण रूपमा बन्द नगर्न ...
। काठमाडौं महानगरपालिकाले साँघुरा गल्ली र अत्यधिक सवारी चापका कारण बिरामीसम्म एम्बुलेन्स पुग्न कठिन हुने समस्या समाधान गर्न बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शुक्रबारदेखि सेवा सञ्चालनमा ल्याइएको जानकारी दिइन् । उनका अनुसार चारपाङ्ग्रे एम्बुलेन्स पुग्न कठिन हुने र ट्राफिक जामका कारण ढिलाइ हुने स्थानमा बाइक एम्बुलेन्स उपयोगी हुने अपेक्षा ...
। दशैं तिहार मनाउन भारतबाट घर फर्किने यात्रुको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ । सरकारले चाडपर्वका बेला सीमा नाकामा यात्रुको चाप हुने भएकाले विभिन्न सङ्क्रामक रोग भित्रिन नदिन सीमा नाकामा रहेका हेल्थ डेस्कमा मलेरिया, क्षयरोग, एचआइभी, कोभिड, डेङ्गु र स्क्रब टाइफस गरी छ प्रकारका रोगको परीक्षण भइरहेको हो । भारतबाट फर्किने नागरिकमा हुनसक्ने विभिन्न रोगको पहिचान ...
। स्याङ्जामा पछिल्ला तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार असारमा ६०, साउनमा १५९ र भदौमा २२० जनामा संक्रमण देखिएको हो । स्थानीय तहमध्ये सबैभन्दा धेरै संक्रमण वालिङ नगरपालिकामा देखिएको छ । वालिङमा असारमा ३४, साउनमा ९१ र भदौमा ११९ गरी २४४ जनामा स्क्रब टाइफस पुष्टि भएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम