मुख्य समाचार
साउदी, कतार र कुवेतका नियमित उडान अझै अनिश्चित
साउदी, कतार र कुवेतका नियमित उडान अझै अनिश्चित

— संयुक्त अरब इमिरेट्स (यूएई)का गन्तव्यहरूमा उडान क्रमशः सहज बन्दै गए पनि साउदी अरब, कतार र कुवेतका नियमित उडान अझै पूर्णरूपमा सञ्चालनमा आउन सकेका छैनन् ।

संयुक्त राज्य अमेरिका र इजरायलले इरानमा गरेको सैन्य हमलापछि खाडी क्षेत्रतर्फका केही उडान प्रभावित भएका थिए ।

अत्यधिक श्रमिक आवागमन हुने खाडी मुलुकतर्फ पछिल्ला आठ दिनमा ५ हजार ६८० यात्रु ओहोरदोहोर गरेका छन् । यी यात्रुहरू मुख्यतः यूएईका दुबई र शारजाहबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं हुँदै आएका–गएका उडानका यात्रु हुन् ।

विमानस्थलका अनुसार फागुन २० देखि २७ गतेसम्म एयर अरेबिया, फ्लाई दुबई र हिमालय एयरलाइन्सले सञ्चालन गरेका दुईतर्फी ४३ उडानमार्फत ३ हजार ६५२ यात्रु नेपाल आएका छन् भने २ हजार २८ यात्रु यूएईतर्फ प्रस्थान गरेका छन् ।

काठमाडौं विमानस्थलले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो एक सातामा नेपाल र प्रमुख खाडी गन्तव्यहरूबीच यात्रु आवागमन स्थिर देखिएको छ । यस अवधिमा कार्गो ढुवानी पनि भएको छ । विमानस्थलका अनुसार ८ सय ३२ किलोग्राम कार्गो नेपाल भित्रिएको छ भने ६ हजार ९ सय २१ किलोग्राम कार्गो निर्यात भएको छ ।

खाडी क्षेत्रको रुटका अधिकांश उडान फ्लाई दुबई, एयर अरेबिया र हिमालय एयरलाइन्सले सञ्चालन गरेका हुन् । विमानस्थलका अनुसार नियमित तालिकाअनुसार भएका यी उडानहरूले दुवै देशमा रोकिएका यात्रुलाई प्राथमिकताका आधारमा सेवा दिएका थिए ।

नेपालबाट वैदेशिक रोजगारी, व्यावसायिक यात्रा तथा पारिवारिक भ्रमणका कारण गल्फ गन्तव्यहरू अत्यन्त महत्त्वपूर्ण मानिन्छन् । तर, फागुन १६ मा इरानमा भएको हमलापछि कतार, साउदी अरब र कुवेततर्फका केही नियमित उडान अझै सञ्चालनमा आउन सकेका छैनन् ।

श्रम आप्रवासनका लागि नेपाल र खाडी क्षेत्रबीचको हवाई सम्पर्क अत्यन्त महत्त्वपूर्ण मानिन्छ । संयुक्त अरब इमिरेट्स लगायतका खाडी मुलुकमा ठूलो संख्यामा नेपाली श्रमिक कार्यरत छन् ।

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा दैनिक करिब ९० अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने गरेका छन् । सामान्य अवस्थामा खाडी मुलुकबाट मात्रै दुईतर्फी करिब २६ उडान दैनिक हुने गरेको विमानस्थलले जनाएको छ ।

हवाई अक्रामणपछि खाडी क्षेत्रका कतारसहित नौवटा देशले आफ्ना आकाशमा गैरसैनिक उडान रोक्दा कतार एयरवेजका दुईटा वाइडबडी विमान फागुन १६ पछि काठमाडौंमै रोकिए । तीमध्ये एउटा वाइडबडी विमानमा ३ सय यात्रु राखेर कतारले सोमबार एउटा जहाजलाई कतार नपठाई सिधैं काठमाडौंबाट लण्डन पठाइसक्यो ।

हाल कतारले निश्चित संख्यामा केही मुलुकहरुमा उडान खुला गरिसकेको छ । तर, नेपालमा अझै नियमित उडान हुने मिति सार्वजनिक गरीसकेको छैन । त्यसैगरी नेपाल वायुसेवा निगम र हिमाल एयरलायन्सले पनि युद्धसम्बन्धी बिमा गरेर रोकिएका यात्रुहरुका लागि दुबईमा उडान खोलेका छन् । तर, नियमित हुन अझै समय लाग्ने वायुसेवाका अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम