मुख्य समाचार
नेपाली क्रिकेट खेलाडीले ट्वान्टी–२० विश्वकप क्रिकेटमा प्रतिस्पर्धा गरेबापत २ लाख ५६ हजार १ सय ५४ डलर पुरस्कार राशि पाउने
नेपाली क्रिकेट खेलाडीले ट्वान्टी–२० विश्वकप क्रिकेटमा प्रतिस्पर्धा गरेबापत २ लाख ५६ हजार १ सय ५४ डलर पुरस्कार राशि पाउने

— नेपाली क्रिकेट खेलाडीले ट्वान्टी–२० विश्वकप क्रिकेटमा प्रतिस्पर्धा गरेबापत २ लाख ५६ हजार १ सय ५४ डलर पुरस्कार राशि पाउने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार विश्वकप खेले बापत खेलाडीले पाउने रकम टुंगो लगाएको हो ।

प्रतियोगितामा सहभागिता भएबापत एउटा टोलीले कम्तीमा २ लाख २५ हजार डलर पाउने तय थियो । नेपालले एक खेल जितेका हुनाले ३१ हजार डलरभन्दा बढी थप रकम पाएको हो । तेस्रो पटक विश्वकप खेल्ने क्रममा पहिलो ३ खेलमा इंग्ल्यान्ड, इटाली, वेस्ट इन्डिजसँग पराजित नेपालले अन्तिम खेलमा स्कटल्यान्डलाई ७ विकेटले पराजित गरेको थियो ।

आईसीसीका अनुसार प्रत्येक खेलको जितमा बोनस रकम राखिएको थियो भने समूहचरण, सुपर एट, सेमिफाइनल र फाइनल खेलेको टोलीलाई यसअघि नै निश्चित पुरस्कार रकम तोकिएको थियो । त्यसैको आधार मानेर कर काटेर पुरस्कार रकम प्रदान गरिने आईसीसीले जनाएको छ ।

नेपालसहित इटाली, नेदरल्यान्ड्स र यूएईले समान २ लाख ५६ हजार १ सय ५४ डलर पाउने भएका छन् । इटालीले एकमात्र विजय हात पार्नेक्रममा नेपाललाई १० विकेटले पराजित गरेको थियो । प्रतियोगितामा एउटै खेल जित्न नसकेको क्यानडा, नामिबिया र ओमानका खेलाडीको भागमा २ लाख २५ हजार डलर पुरस्कार राशि रहेको छ ।

न्युजिल्यान्डलाई फाइनलमा ९६ रनले पराजित गरी कीर्तिमानी तेस्रो पटक उपाधि जितेको भारतीय क्रिकेट खेलाडीले २६ लाख ३९ हजार ४ सय २३ डलर पाउने भएका छन् । दोस्रो पटक फाइलन खेलेका न्युजिल्यान्डका खेलाडीले १४ लाख २२ हजार ६ सय ९२ डलर पाउने भएका छन् ।

आईसीसीका अनुसार विश्वकपमा सहभागिता २० टोलीका खेलाडीलाई कुल १ करोड १२ लाख ५० हजार डलर पुरस्कार रकम प्रदान गर्न लागिएको हो । १० लाख पुरस्कार थाप्नेमा सेमिफाइनल पुगेको दक्षिण अफ्रिका रहेको छ । सेमिफाइनलमा न्युजिल्यान्डसँग पराजित दक्षिण अफ्रिकाले १० लाख ५ हजार ५ सय ७७ डलर पाउने छ । भारतसँग सेमिफाइनलमा पराजित इंग्ल्यान्डले ९ लाख ७४ हजार ४ सय २३ डलर पाउने छ ।

वेस्ट इन्डिजले ५ लाख ३८ हजार २ सय ६९ र पाकिस्तानले ५ लाख २२ हजार ६ सय ९२ डलर पाउने छ । चम्किलो प्रदर्शन गरेको जिम्बावेका खेलाडीले अस्ट्रेलियाका खेलाडीले भन्दा बढी पुरस्कार रकम पाउने भएका छन् । जिम्बावेका खेलाडीले ४ लाख ९१ हजार ५ सय ३८ डलर पाउने छन् ।

सुपर एट खेलेका टोलीमा श्रीलंकाले ४ लाख ७५ हजार ९ सय ६२ पाउने छ । समूहचरणबाटै बाहिरिएको अस्ट्रेलिया, अफगानिस्तान र अमेरिकाका खेलाडीले समान ३ लाख ९ हजार ८ सय ८ डलर, स्कटल्यान्डले २ लाख ७८ हजार ६ सय ५४, आयरल्यान्डले २ लाख ७१ हजार ७ सय ३१ डलर पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...