मुख्य समाचार
नेपाली क्रिकेट खेलाडीले ट्वान्टी–२० विश्वकप क्रिकेटमा प्रतिस्पर्धा गरेबापत २ लाख ५६ हजार १ सय ५४ डलर पुरस्कार राशि पाउने
नेपाली क्रिकेट खेलाडीले ट्वान्टी–२० विश्वकप क्रिकेटमा प्रतिस्पर्धा गरेबापत २ लाख ५६ हजार १ सय ५४ डलर पुरस्कार राशि पाउने

— नेपाली क्रिकेट खेलाडीले ट्वान्टी–२० विश्वकप क्रिकेटमा प्रतिस्पर्धा गरेबापत २ लाख ५६ हजार १ सय ५४ डलर पुरस्कार राशि पाउने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार विश्वकप खेले बापत खेलाडीले पाउने रकम टुंगो लगाएको हो ।

प्रतियोगितामा सहभागिता भएबापत एउटा टोलीले कम्तीमा २ लाख २५ हजार डलर पाउने तय थियो । नेपालले एक खेल जितेका हुनाले ३१ हजार डलरभन्दा बढी थप रकम पाएको हो । तेस्रो पटक विश्वकप खेल्ने क्रममा पहिलो ३ खेलमा इंग्ल्यान्ड, इटाली, वेस्ट इन्डिजसँग पराजित नेपालले अन्तिम खेलमा स्कटल्यान्डलाई ७ विकेटले पराजित गरेको थियो ।

आईसीसीका अनुसार प्रत्येक खेलको जितमा बोनस रकम राखिएको थियो भने समूहचरण, सुपर एट, सेमिफाइनल र फाइनल खेलेको टोलीलाई यसअघि नै निश्चित पुरस्कार रकम तोकिएको थियो । त्यसैको आधार मानेर कर काटेर पुरस्कार रकम प्रदान गरिने आईसीसीले जनाएको छ ।

नेपालसहित इटाली, नेदरल्यान्ड्स र यूएईले समान २ लाख ५६ हजार १ सय ५४ डलर पाउने भएका छन् । इटालीले एकमात्र विजय हात पार्नेक्रममा नेपाललाई १० विकेटले पराजित गरेको थियो । प्रतियोगितामा एउटै खेल जित्न नसकेको क्यानडा, नामिबिया र ओमानका खेलाडीको भागमा २ लाख २५ हजार डलर पुरस्कार राशि रहेको छ ।

न्युजिल्यान्डलाई फाइनलमा ९६ रनले पराजित गरी कीर्तिमानी तेस्रो पटक उपाधि जितेको भारतीय क्रिकेट खेलाडीले २६ लाख ३९ हजार ४ सय २३ डलर पाउने भएका छन् । दोस्रो पटक फाइलन खेलेका न्युजिल्यान्डका खेलाडीले १४ लाख २२ हजार ६ सय ९२ डलर पाउने भएका छन् ।

आईसीसीका अनुसार विश्वकपमा सहभागिता २० टोलीका खेलाडीलाई कुल १ करोड १२ लाख ५० हजार डलर पुरस्कार रकम प्रदान गर्न लागिएको हो । १० लाख पुरस्कार थाप्नेमा सेमिफाइनल पुगेको दक्षिण अफ्रिका रहेको छ । सेमिफाइनलमा न्युजिल्यान्डसँग पराजित दक्षिण अफ्रिकाले १० लाख ५ हजार ५ सय ७७ डलर पाउने छ । भारतसँग सेमिफाइनलमा पराजित इंग्ल्यान्डले ९ लाख ७४ हजार ४ सय २३ डलर पाउने छ ।

वेस्ट इन्डिजले ५ लाख ३८ हजार २ सय ६९ र पाकिस्तानले ५ लाख २२ हजार ६ सय ९२ डलर पाउने छ । चम्किलो प्रदर्शन गरेको जिम्बावेका खेलाडीले अस्ट्रेलियाका खेलाडीले भन्दा बढी पुरस्कार रकम पाउने भएका छन् । जिम्बावेका खेलाडीले ४ लाख ९१ हजार ५ सय ३८ डलर पाउने छन् ।

सुपर एट खेलेका टोलीमा श्रीलंकाले ४ लाख ७५ हजार ९ सय ६२ पाउने छ । समूहचरणबाटै बाहिरिएको अस्ट्रेलिया, अफगानिस्तान र अमेरिकाका खेलाडीले समान ३ लाख ९ हजार ८ सय ८ डलर, स्कटल्यान्डले २ लाख ७८ हजार ६ सय ५४, आयरल्यान्डले २ लाख ७१ हजार ७ सय ३१ डलर पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम