मुख्य समाचार
मतगणना सकिएपछि आयोगका निर्वाचन इकाइहरू बन्द
मतगणना सकिएपछि आयोगका निर्वाचन इकाइहरू बन्द

— निर्वाचन आयोगले प्रत्यक्षतर्फ देशभरै नतिजा र समानुपातिक तर्फपनि अन्तिमतिर पुगेपछि निर्वाचन प्रक्रियासँग जोडिएका इकाइहरु बन्द गर्ने निर्णय गरेको छ ।

फागुन २१ सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई लक्षित स्थापना गरेका विभिन्न इकाईहरू बन्द गरिएको आयोगले प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएको छ । निर्वाचनको समग्र व्यवस्थापन, सूचना प्रवाह, समन्वय तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन आयोगले विभिन्न विशेष इकाई तथा समन्वय केन्द्रहरू स्थापना गरेको थियो ।

सूचनाको प्रभावकारी सम्प्रेषण, सरोकारवाला निकायबीच समन्वय तथा मतदाता र सर्वसाधारणलाई आवश्यक जानकारी दिन आयोगले २०८२ पुस ११ गतेदेखि निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना गरेको थियो ।

त्यस्तै, मतदाता र आम सर्वसाधारणका निर्वाचनसँग सम्बन्धित जिज्ञासा सम्बोधनका लागि २०८२ माघ ५ गतेदेखि कल सेन्टर र सुरक्षा निकायबीच सहकार्य तथा निर्वाचन प्रक्रियाको समग्र समन्वयका लागि २०८२ माघ ११ गतेदेखि संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याइएको थियो ।

फागुन २६ को निर्णय अनुसार २७ देखि लागू हुनेगरी बन्द गरिएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

इकाईहरू सञ्चालन अवधिभर निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र मातहतको सूचना सदाचार प्रवर्धन इकाईले निर्वाचनसम्बन्धी ९९८ हानिकारक सूचना पहिचान र विश्लेषण गरी सम्बन्धित नियामक निकायमा पठाएको आयोगले जनाएको छ ।

यस्तै, केन्द्र मातहतकै विद्युतीय मतदाता शिक्षा इकाईले निर्वाचन प्रक्रिया, मतदाता शिक्षा तथा निर्वाचन सचेतनासम्बन्धी भिडिओ र पोस्टर गरी ७०४ वटा सामग्री निर्माण गरी आयोगको डिजिटल प्लेटफर्मबाट प्रकाशन तथा प्रसारण गरेको पनि जनाएको छ ।

यस्तै, प्रेस अफिसले आयोगका काम कारबाहीको सूचना प्रवाह, सञ्चार माध्यमसँगको समन्वय र प्रेस ब्रिफिङ, दैनिक पत्रपत्रिकाका सामग्री विश्लेषण, आचारसंहिता विपरीतका सामग्री पहिचान र कारबाहीका लागि सिफारिस तथा मतदाता शिक्षाका सामग्री निर्माण गरेको छ ।

साथै कल सेन्टरले मतदाता नामावली, मतदाता शिक्षा, निर्वाचन आचारसंहिता तथा निर्वाचन प्रक्रियाका अन्य विषयसमेत गरी आम मतदाताका ८ हजार २२० जिज्ञासाको सम्बोधन गरेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— जिल्लामा ८९ उम्मेदवारको धरौटी जफत भएको छ । तीन निर्वाचन क्षेत्रका तीन/तीन जना गरी नौ जनाले मात्र धरौटी जोगाएका छन् । जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा दल र स्वतन्त्र गरी ९८ जना उम्मेदवार थिए । खसेको सदर मतको १० प्रतिशतभन्दा कम मत पाए उनीहरूको धरौटी जफत हुने व्यवस्था छ । क्षेत्र नं १ मा ३४ ...
— सप्तरीका चारवटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ पनि सबैभन्दा बढी मत ल्याएको छ । रास्वपाले कुल १ लाख ४९ हजार १ सय ८६ मत पाएको छ । दोस्रोमा रहेका जनता समाजवादी पार्टी नेपालले ३६ हजार ६८ मत ल्याएको छ । नेपाली कांग्रेसले २६ हजार ९ सय ६३ मत ल्याउँदा चौथो नम्बरमा ...
— हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बर्दियाका २ निर्वाचन क्षेत्रमा उम्मेदवार रहेका ३ पूर्वमन्त्रीसहित ३० जनाको जमानत जफत भएको छ । पूर्ववाणिज्य तथा आपूर्ति राज्यमन्त्री विष्णुप्रसाद चौधरी, पूर्वखानेपानीमन्त्री अब्दुल खान र लुम्बिनी प्रदेशका पूर्वभौतिक पूर्वाधार विकासमन्त्री धर्मबहादुर चौधरीले खसेको सदर मतको १० प्रतिशत मत पनि ल्याउन नसकेपछि जमानत जफत भएको हो । बर्दिया–१ मा १८ र ...
— हिमाली जिल्ला डोल्पाका ६ उम्मेदवारको धरौटी जफत भएको छ । पाँच जना उम्मेदवारले त सय मत पनि कटाएनन् । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका ९ जनामध्ये ६ जना उम्मेदवारको धरौटी जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । डोल्पामा प्रतिनिधिसभा निर्वाचनमा १५ हजार ५ सय ६ सदर मत गणना भएकामा ...
— परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रमा कार्यरत नेपाली श्रमिकलाई सुरक्षाकै दृष्टिकोणबाट तत्काल उद्धार गरेर ल्याउनुपर्ने अवस्था आइनसकेको जनाएको छ । ‘अहिलेसम्मको हाम्रो विश्लेषणअनुसार जीवनमाथिको जोखिम उत्पन्न भएर उद्धार गरेर ल्याइहाल्नु पर्ने अवस्था आइसकेको छैन,’ परराष्ट्र सचिव अमृतकुमार राईले पत्रकार सम्मेलनमा भने,‘कोही चिन्तित नहुनु होला । विचलित नहुनु होला । नेपालमा रहेको उहाँहरुको आमाबुवा, दिदीबहिनीहरुलाई र पश्चिम ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम