मुख्य समाचार
मकवानपुरको दुर्गम गाउँमा आधारभूत अस्पताल भवन निर्माण सम्पन्न
मकवानपुरको दुर्गम गाउँमा आधारभूत अस्पताल भवन निर्माण सम्पन्न

— मकवानपुरको दुर्गम गाउँमा आधारभूत अस्पताल भवन निर्माण सम्पन्न गरिएको छ । कैलाश गाउँपालिका–३ कालिकाटारमा निर्माण भएको बीपी स्मृति कैलाश आधारभूत अस्पताल भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले बुधबार एक समारोहबीच उद्घाटन गरेका छन् ।

संघीय सरकारको ६ करोड ५८ लाख ९९ हजार १ सय ७६ रुपैयाँ खर्चमा निर्माण गरिएको अढाई तले अस्पतालमा १० शय्या रहेको छ । २ जना चिकित्सकसहित २२ जनाको दरबन्दी रहेको छ । अस्पतालमा ५ जना स्टाफ नर्स, २ जना अनमि, ३ जना हेल्थ असिस्टेन्ट, २ जना अहेव, १ जना कविराज, १ जना ल्याव टेक्निसियन, १ जना रेडियोग्राफर, १ जना फार्मेसी सहायक, १ जना डेन्टल हाइजिनिक, १ जना नासु, २ जना कार्यालय सहयोगी, १ जना सरसफाइकर्मी र एक जना सुरक्षाकर्मी रहेका छन् । दरबन्दी अनुसार पदपूर्तिका लागि सार्वजनिक सूचना गरिएको छ । उक्त भवनबाट अहिले स्वास्थ्य चौकीले दिने स्वास्थ्य सुविधामात्र उपलब्ध गराइएको स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतमले बताए ।

दरबन्दी परिपूर्ति भएपश्चात् अस्पतालमा इमरजेन्सी सेवासहित स्त्ररोग, बालरोग, दन्तरोग, छाला रोग, आयुर्वेद, आँखाजाँच, प्रयोगशाला, भिडियो एक्स–रे, इसिजी लगायतका सेवा उपलब्ध हुने उनले बताए । २१ हजार ८ सय ५६ जनसंख्या रहेको कैलाश गाउँपालिका मकवानपुर सदरमुकाम हेटौंडाबाट ४५ किलोमिटरको दूरीमा रहेको छ ।

चेपाङ समुदायको बाहुल्य रहेको यो पालिका जिल्लामै स्वास्थ्य सुविधामा पछि परेको छ । यहाँका बासिन्दा सामान्य उपचारका लागि पनि हेटौंडा र मनहरी बजार पुग्नुपर्ने बाध्यता छ । आधारभूत अस्पताल सुचारु भएपछि स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि हुने गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले जानकारी दिए ।

अस्पताल स्थापना भएपछि कैलाश गाउँपालिकाका १० वटै वडा र राक्सिराङ गाउँपालिकाका ४ र ९ नम्बर वडाका बासिन्दा लाभान्वित हुने स्वास्थ्य शाखा प्रमुख गौतमले बताए ।

भवन उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, गाउँपालिकाका उपाध्यक्ष वालकुमार मल्ल ठकुरी, जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख किरण श्रेष्ठ, वडाध्यक्ष राजेन्द्र घिसिङ लगायतले बोलेका थिए । कार्यक्रममा जग्गादाता र भवन निर्माण गर्ने व्यवसायीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— जिल्लामा ८९ उम्मेदवारको धरौटी जफत भएको छ । तीन निर्वाचन क्षेत्रका तीन/तीन जना गरी नौ जनाले मात्र धरौटी जोगाएका छन् । जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा दल र स्वतन्त्र गरी ९८ जना उम्मेदवार थिए । खसेको सदर मतको १० प्रतिशतभन्दा कम मत पाए उनीहरूको धरौटी जफत हुने व्यवस्था छ । क्षेत्र नं १ मा ३४ ...
— सप्तरीका चारवटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ पनि सबैभन्दा बढी मत ल्याएको छ । रास्वपाले कुल १ लाख ४९ हजार १ सय ८६ मत पाएको छ । दोस्रोमा रहेका जनता समाजवादी पार्टी नेपालले ३६ हजार ६८ मत ल्याएको छ । नेपाली कांग्रेसले २६ हजार ९ सय ६३ मत ल्याउँदा चौथो नम्बरमा ...
— हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बर्दियाका २ निर्वाचन क्षेत्रमा उम्मेदवार रहेका ३ पूर्वमन्त्रीसहित ३० जनाको जमानत जफत भएको छ । पूर्ववाणिज्य तथा आपूर्ति राज्यमन्त्री विष्णुप्रसाद चौधरी, पूर्वखानेपानीमन्त्री अब्दुल खान र लुम्बिनी प्रदेशका पूर्वभौतिक पूर्वाधार विकासमन्त्री धर्मबहादुर चौधरीले खसेको सदर मतको १० प्रतिशत मत पनि ल्याउन नसकेपछि जमानत जफत भएको हो । बर्दिया–१ मा १८ र ...
— हिमाली जिल्ला डोल्पाका ६ उम्मेदवारको धरौटी जफत भएको छ । पाँच जना उम्मेदवारले त सय मत पनि कटाएनन् । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका ९ जनामध्ये ६ जना उम्मेदवारको धरौटी जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । डोल्पामा प्रतिनिधिसभा निर्वाचनमा १५ हजार ५ सय ६ सदर मत गणना भएकामा ...
— परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रमा कार्यरत नेपाली श्रमिकलाई सुरक्षाकै दृष्टिकोणबाट तत्काल उद्धार गरेर ल्याउनुपर्ने अवस्था आइनसकेको जनाएको छ । ‘अहिलेसम्मको हाम्रो विश्लेषणअनुसार जीवनमाथिको जोखिम उत्पन्न भएर उद्धार गरेर ल्याइहाल्नु पर्ने अवस्था आइसकेको छैन,’ परराष्ट्र सचिव अमृतकुमार राईले पत्रकार सम्मेलनमा भने,‘कोही चिन्तित नहुनु होला । विचलित नहुनु होला । नेपालमा रहेको उहाँहरुको आमाबुवा, दिदीबहिनीहरुलाई र पश्चिम ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम