मुख्य समाचार
कतार एयरवेजले दोहा आवतजावतका लागि सीमित उडान सञ्चालन गर्ने घोषणा
कतार एयरवेजले दोहा आवतजावतका लागि सीमित उडान सञ्चालन गर्ने घोषणा

— कतारको हवाई क्षेत्र अस्थायी रूपमा बन्द भएपछि नियमित उडान सेवा प्रभावित भएको अवस्थामा कतार एयरवेजले दोहा आवतजावतका लागि सीमित उडान सञ्चालन गर्ने घोषणा गरेको छ।

एयरलाइन्सका अनुसार हाल नियमित व्यावसायिक उडानहरू अस्थायी रूपमा स्थगित गरिएको छ। तर कतार सिभिल एभिएसन अथोरिटीबाट सीमित उडान मार्ग प्रयोग गर्न अस्थायी अनुमति प्राप्त भएपछि प्रभावित यात्रुहरूलाई सहयोग गर्न उडानहरू सञ्चालन गरिन लागेको कतारले आफ्नो सामाजिक प्लेटफर्मबाट जानकारी दिएको हो ।

एयरलाइन्सले यी उडानहरूलाई नियमित व्यावसायिक सेवा पुनः सुरु भएको पुष्टि मान्न नहुने पनि स्पष्ट पारेको छ। कतारको हवाई क्षेत्र सुरक्षित रूपमा पुनः खुला भएको पुष्टि भएपछि मात्र नियमित उडान सञ्चालन पूर्ण रूपमा सुरु गरिने उस्ले केहीबेर अघि जनाएको हो ।

यात्रुहरूलाई गन्तव्यसम्म पुर्‍याउन कतार एयरवेजले केही प्रत्यक्ष ‘प्वाइन्ट–टु–प्वाइन्ट’ उडानहरू पनि व्यवस्था गरेको छ। यस्ता उडानका लागि योग्य यात्रुहरूलाई कतार एयजले सिधै सम्पर्क गर्ने जनाएको छ। एयरलाइन्सले मान्य र पुष्टि भएको टिकट नभएसम्म प्रस्थान गर्ने विमानस्थलमा नआउन यात्रुहरूलाई आग्रह गरेको छ।

कतार एयरवेजले यात्रु तथा चालक दलको सुरक्षा र स्वास्थ्य आफ्नो उच्च प्राथमिकता रहेको दोहोर्याएको पनि छ। नियन्त्रण बाहिरका परिस्थितिका कारण भएको असुविधाप्रति एयरलाइन्सले माफी माग्दै यात्रुहरूको धैर्य र सहयोगका लागि आग्रह गरेको छ ।

यात्रुहरूले पछिल्लो उडान तालिका कतार एयरवेजको वेबसाइट, मोबाइल एप वा ट्राभल एजेन्टमार्फत जाँच गर्न सकिने यात्रुहरुलाई भनेको छ ।

कतारले दानिक दोहाबाट संसारभर १ हजार हाराहारी उडान गर्छ । नेपालमा दैनिक यस्ले तीन उडान गर्छ । नेपालको उडान अझै खुला गरीसकेको छैन । नेपालमा धेरै यात्रु र उडान गर्नेमा कतार अग्रस्थानमा पर्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम