मुख्य समाचार
अमेरिकी सेनाको बेस क्याम्पमा इरानले जवाफी आक्रमण गर्दा भएको द्वन्द्वका कारण हाल विश्वका धेरै क्षेत्रहरूमा प्रभाव
अमेरिकी सेनाको बेस क्याम्पमा इरानले जवाफी आक्रमण गर्दा भएको द्वन्द्वका कारण हाल विश्वका धेरै क्षेत्रहरूमा प्रभाव

: अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणको जवाफमा इरानले खाडी मुलुकमा रहेका अमेरिकी सेनाको बेस क्याम्पमा इरानले जवाफी आक्रमण गर्दा भएको द्वन्द्वका कारण हाल विश्वका धेरै क्षेत्रहरूमा प्रभाव पारेको छ । यसको प्रभावबाट खेलकुद जगत पनि अछुतो रहन सकेन ।


जसको बाछिटा नेपाली खेलकुदमा पनि परेको छ । नेपाल, ओमान र यूएई सम्मिलित आइसीसी विश्वकप लिग २ को श्रृंखला हालका लागि स्थगित भएको छ । यति मात्रै होइन पछिल्लो समय मध्य पूर्वमा हुने खेलकुदका गतिविधि स्थगित हुँदा विश्वका प्राय खेल प्रभावित बनेका छन् ।


नेपाल, ओमान र यूएईबीचको आईसीसी विश्वकप लिग–२ को श्रृंखला स्थगित



null
आइसीसी विश्वकप लिग २ को नेपालमा आयोजना हुने गरी तय भएको नेपाल, ओमान र यूएई सम्मेलित श्रृंखला हालका लागि स्थगित भएको छ । मार्च १० बाट काठमाडौं हुनेगरी निर्धारण भएको श्रृंखला मध्य पूर्वको युद्धका कारण स्थगित भएको हो ।

ओमान र यूएईका खेलाडी आउने एयरपोर्टहरु नै द्वन्द्वको कारण प्रभावित बन्दा लिग श्रृंखला पछाडि धकेलिएको हो । यो श्रृंखलाको आयोजक रहेको नेपाल क्रिकेट संघ (क्यान) ले मार्च ४ मा एक विज्ञप्ति जारी गर्दै यो श्रृंखला आगामी सूचना नआउँदासम्मको लागि स्थगित गरिएको हो ।

आइसीसी टी–२० विश्वकप २०२६ खेल्न भारत आएका वेस्ट इन्डिज र दक्षिण अफ्रिकाको खेलाडी अलपत्र

null
आइसीसी टी–२० विश्वकप खेल्न भारत आएका टिमहरुमध्ये वेस्ट इन्डिज र दक्षिण अफ्रिकाको टिम स्वदेश फर्कन समस्या भयो । सुपर ८ मा नै आफ्नो यात्रा सकेको वेस्ट इन्डिज र सेमिफाइनलसम्मको खेल खेलेको दक्षिण अफ्रिकाको टोली स्वदेश फर्कन समस्या भयो ।

मार्च १ मा सुपर ८ अन्तर्गतको अन्तिम खेलमा भारतसँग पराजित हुँदै विश्वकप २०२६ को यात्रा सकेको वेस्ट इन्डिज मार्च १० सम्म घर फर्कन पाएको थिएन । आइसीसीले चार्टर विमानबाट स्वदेश फर्काउने पहलमा पनि निकै समय लागेपछि यी दुई टोली भारतमा अलपत्र परेका थिए । जसमा वेस्ट इन्डिजले भने आफ्नो खेलाडीलाई व्यवसायीक उडानमार्फत १० र ११ मा गरी खेलाडी स्वदेश फर्काउन लागेको हो ।

यी दुवै टोली स्वदेश फर्कन मध्य पूर्वको बाटो हुँदै जानु पर्ने थियो । त्यस देशका एयरपोर्टहरु द्वन्द्वका कारण प्रभावित बन्दा यी दुई टोलीलाई स्वदेश फर्कन सकस भएको हो ।

एसियन कप २०२६ खेल्न अष्ट्रेलिया पुगेका इरानी फुटबलरले अष्ट्रेलियामा लिए शरण

nullमहिला एसियन कप २०२६ हाल अष्ट्रेलियामा भइरहेको छ । जसमा इरानले पनि सहभागिता जनाएको थियो । इरानमा भएको युद्धको कारण दक्षिण कोरियासँगको खेलमा आफ्नो देशको राष्ट्रिय गान समेत गाउन खेलाडीले मानेनन् । यी खेलाडीले अष्ट्रेलियन सरकारलाई गुहार माग्दै मानवीय भिसा प्राप्त गरेका छन् ।

अष्ट्रेलियाले इरानको सम्पूर्ण टिमलाई सहयोग गर्ने बताए पनि हाल ५ जना फुटबलरले अष्ट्रेलियाको सहयोग स्विकार गरेका छन् । जमिा फतेमा पासानडिडेह, जाहरा घानबारी, जाहरा सरबाली, अतेफे रामाजानजाडेह र मोना हमौदी रहेका छन् । इरानी फुटबल टिम एक महिना अगाडि एसियन कप खेल्न अष्ट्रेलिया आएको थियो ।

अमेरिकन हक्की टिमले हक्की विश्वकप छनोट २०२६ बाट नाम फिर्ता लियो

null

हक्की विश्वकप छनोट २०२६ को खेल इजिप्टमा हुँदैछ । यो छनोट खेलबाट अमेरिकाले आफ्नो नाम फिर्ता लिएको छ । मध्य पूर्वमा भएको द्वन्द्वको स्थितिका कारण अमेरिकन टिमले आफ्नो सहभागिता फिर्ता लिएको हो ।

द्वन्द्व भइरहेको स्थानमा अमेरिकन नागरिकलाई जान नदिन टिमले नाम फिर्ता लिइएको हो । यस विषयमा अन्तर्राष्ट्रि हक्की महासंघले अमेरिकन टिमको निर्णयमा पूर्ण समर्थन जनाएको बुधबार महासंघले बतायो ।

इरानको खेलकुद कार्यक्रम स्थगित
हाल द्वन्द्वको चर्को मारमा रहेको इरानमा हाल अर्को सूचना नआउँदासम्मको लागि सम्पूर्ण खालको खेलकुद कार्यक्रम स्थगित गर्ने भएको छ । इरानको चर्चित पेरसियन गल्फ प्रो लिगदेखि हरेक खेलकुद कार्यक्रम स्थगित गरिएको छ । बहराइनी फुटबल संघले पनि आफ्नो कार्यक्रमहरु स्थगित गरेको छ ।

अफगानिस्तान र श्रीलंकाको श्रृखंला स्थगित
अफगनिस्तान र श्रीलंकाले यूएईमा खेल्ने द्विपक्षीय अन्तर्राष्ट्रिय श्रृखंला स्थगित भएको छ । बुधबार अफगानिस्तान क्रिकेट संघले एक सूचना जारी गर्दै यो श्रृखंला अवस्था सामान्य नहुँदासम्मको लागि स्थगित भएको बताएको हो । यो श्रृखंला अब २०२६ को अन्तिम महिनामा मात्र खेलिने भन्दै सूचनामा उल्लेख गरिएको छ । मार्च १३ देखि २५ सम्म हुने गरी ३ एकदिवसीय र ३ टी–२० खेल सम्मिलित श्रृखंला स्थगित गरिएको हो । उडान समस्याका कारण यो श्रृखंला स्थगित गरिएको अफगानिस्तान क्रिकेट संघले जानकारी दिएको छ ।

एसियन च्याम्पियन्स लिगको खेल स्थगित

एएफसी एसियन च्याम्पियन्स लिग एलिटको मार्चको अघिल्लो हप्ताका खेलहरु स्थगित भएका छन् । मध्य पूर्वमा जारी यस प्रतियोगिताको राउन्ड अफ १६ को ४ खेलहरु यूएई र कतारमा खेलिने तालिका रहेको थियो । हाल यी देशहरुमा भएको सुरक्षा चुनौतीका कारण यो खेलहरु स्थगित भएका हुन् । यो प्रतियोगितामा साउदी अरेबिया र इरान पनि सहभागी रहेका थिए । तर अब भने यी खेल स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् । युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन ...
: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुनः स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् । एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका ...
: सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् । कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ । यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा दिँदैनन्। सोनम ...
: पाकिस्तानले अफगानिस्तानको सिमाना भित्र रहेका तीन आतंककारी अखडाहरूमा सैन्य कारबाही गरेको दाबी गरेको छ। पाकिस्तानी अधिकारीहरूका अनुसार, सबैभन्दा पहिले खैबर पख्तुनख्वाको बाजौर जिल्लामा स्थलगत (जमीनी) अपरेशन सञ्चालन गरिएको थियो। त्यसलगत्तै सीमा पार अफगानिस्तानको भूभागमा रहेका आतंककारीका तीनवटा आश्रयस्थललाई निशाना बनाइएको हो। यस कारबाहीमा कुल २९ जना आतंककारी मारिएका छन्। पाकिस्तानका सूचना मन्त्री अताउल्लाह तरारले सामाजिक ...
: मध्यपूर्वमा बढ्दो सैन्य तनाव कम गर्न संयुक्त राज्य अमेरिका र इरान तत्कालका लागि सैन्य कारबाही रोक्न सहमत भएका छन्। खाडी क्षेत्रमा लगातार चार दिनदेखि जारी भीषण आक्रमण र प्रत्याक्रमणपछि स्थिति थप भयावह हुन नदिन दुवै पक्षबिच यो आकस्मिक सहमति भएको अन्तराष्ट्रिय सञ्चार माध्यम रोयटर्सले जनाएकाे छ। यो सहमतिसँगै विश्वकै सबैभन्दा महत्त्वपूर्ण ऊर्जा आपूर्ति मार्ग ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम