मुख्य समाचार
एआईका लागि ‘मोल्टबुक मेटा’ ले किन्यो ‘सोसल मिडिया नेटवर्क’
एआईका लागि ‘मोल्टबुक मेटा’ ले किन्यो ‘सोसल मिडिया नेटवर्क’

: इन्स्टाग्राम र फेसबुकको स्वामित्व रहेको कम्पनी मेटाले कृत्रिम बुद्धिमत्ता (एआइ) बोटहरू एकआपसमा संवाद गर्न सक्ने सामाजिक सञ्जाल प्लेटफर्म मोल्टबुक खरिद गरेको छ । मेटाले यो सम्झौतापछि मोल्टबुकको टोलीलाई आफ्नो सुपरइन्टेलिजेन्स ल्याब्समा समेटिने र यसले ‘मानिस तथा व्यवसायका लागि एआई एजेन्टहरूले काम गर्ने नयाँ तरिका’ विकास गर्न सहयोग गर्ने जनाएको छ ।


रेडिट जस्तै देखिने यो साइट यसै वर्ष जनवरीमा प्रयोगात्मक रूपमा सुरु गरिएको थियो । यसमा एआईद्वारा सञ्चालित प्रोग्रामहरूले आफ्नै फोरममा आपसमा कुराकानी गर्ने, छलफल गर्ने र कहिलेकाहीँ आफ्ना मानव मालिकबारे ‘गसिप’ समेत गर्ने गरेका थिए । प्रविधि क्षेत्रमा मोल्टबुकका फोरममा हुने कम्प्युटर–नेतृत्वको संवादले धेरैलाई आकर्षित गरेको छ । तर यसले एआईको स्वतन्त्रता (autonomy) सम्बन्धी साइबर सुरक्षा र नैतिक चिन्ता पनि बढाएको छ ।


मेटाका एक प्रवक्ताले बीबीसीलाई भने, ‘मोल्टबुकको दृष्टिकोण द्रुत रूपमा विकास भइरहेको क्षेत्रमा एउटा नयाँ र रोचक कदम हो ।’ कम्पनीले यो सम्झौताको मूल्य कति हो भन्ने खुलाएको छैन । बीबीसीले प्रतिक्रिया लिन मोल्टबुकसँग पनि सम्पर्क गरेको छ । पछिल्ला वर्षहरूमा प्रविधि कम्पनीहरूले एआई एजेन्टमा ठूलो लगानी गरिरहेका छन् । यी स्वचालित बोटहरूले मानिसका तर्फबाट योजना बनाउने र जटिल काम पूरा गर्ने क्षमता राख्छन् ।



मेटाका प्रमुख कार्यकारी मार्क जुकरबर्गले यसअघि नै यस वर्ष कम्पनीले एआई परियोजनामा थप लगानी बढाउने बताएका थिए । प्रतिस्पर्धी ओपनएआई र गुगलसँग प्रतिस्पर्धा गर्न मेटाले नयाँ स्टार्टअप र साझेदारीहरू पनि बढाइरहेको छ । गत डिसेम्बरमा मेटाले सामान्य प्रयोजनका बोट बनाउने चिनियाँ मूलको कम्पनी ‘म्यानुस (ःबलगक)’ पनि खरिद गरेको थियो ।


मोल्टबुक OpenClaw नामक उपकरण प्रयोग गरेर बनाइएको हो । यो एआई एजेन्टले प्रयोगकर्ताको कम्प्युटरमा डिजिटल सहायकको रूपमा काम गर्दै इमेल लेख्ने, भेटघाट व्यवस्थापन गर्ने र एप बनाउने जस्ता काम गर्न सक्छ । प्रयोगकर्ताले OpenClaw लाई आफ्नो उपकरण नियन्त्रण गर्न र आफ्ना तर्फबाट काम गर्न सेट गर्न सक्छन्। यसलाई मोल्टबुकसँग जोड्दा एआई एजेन्टहरूले अन्य बोटहरूसँग कसरी अन्तरक्रिया गर्छन् भन्ने पनि हेर्न सकिन्छ ।

OpenClaw का निर्माता पीटर स्टाइनबर्गरलाई फेब्रुअरीमा च्याटजीपीटी बनाउने कम्पनी ओपनएआईले नियुक्त गरेको थियो । ओपनएआईका प्रमुख स्याम अल्टम्यानले स्टाइनबर्गरले ‘मानिसका लागि अत्यन्त उपयोगी काम गर्न सक्ने नयाँ पुस्ताका व्यक्तिगत एआई एजेन्ट विकासमा सहयोग गर्ने’ बताएका छन् । सन् ८८२०२५ को अन्त्यतिर खुला स्रोतका रूपमा सार्वजनिक भएपछि धेरै डेभलपरहरूले OpenClaw प्रयोग गर्न थालेका छन् ।

तर केही साइबर सुरक्षा विज्ञहरूले दैनिक प्रयोगका एपहरू चलाउने उपकरणसँग यस्तो एआई उपकरण जोड्दा जोखिम बढ्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । चीनको साइबर सुरक्षा निकायले पनि OpenClaw सम्बन्धी सम्भावित जोखिमबारे चेतावनी जारी गरेको छ, विशेषगरी चीनका केही स्थानीय सरकार र प्रविधि कम्पनीहरूले यो उपकरण प्रयोगात्मक रूपमा प्रयोग गर्न थालेपछि ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
गुगलले आफ्नो नयाँ ल्यापटप ‘गुगलबुक’ सार्वजनिक रूपमा प्रस्तुत गर्ने मिति तय गरेको छ । कम्पनीले आगामी १५ सेप्टेम्बरमा अमेरिकाको न्यूयोर्क शहरमा प्रत्यक्ष मिडिया कार्यक्रम आयोजना गर्ने जनाएको छ । कार्यक्रममा गुगलले गुगलबुकको सफ्टवेयर, जेमिनी एआईसँगको एकीकरण तथा यसको मूल एन्ड्रोइड कोडबेसबारे विस्तृत जानकारी दिनेछ । सहभागी पत्रकारहरूले लेनोभो, एएसयूएस र एचपीलगायत साझेदार कम्पनीहरूले तयार पारेका गुगलबुक ...
। फेसबुकको माउ कम्पनी मेटाले आफ्ना स्मार्ट चश्माहरूमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र फेस रिकग्निसन प्रविधि जोड्ने तयारी गरिरहेको छ । अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयमा हालै सार्वजनिक भएको एक नयाँ पेटेन्ट आवेदनबाट मेटाले यसमा काम अघि बढाइरहेको खुलासा भएको हो । गत फेब्रुअरीमा दर्ता गरिएको र हालै सार्वजनिक भएको ४४ पानाको उक्त पेटेन्ट कागजातमा मेटाको नयाँ प्रणालीले ...
। मेटा (फेसबुकको माउ कम्पनी) ले विश्वभर किशोरकिशोरीहरूलाई सामाजिक सञ्जालबाट रोक लगाउने कानुनको विरोध गर्न र आफ्नो ‘टीन अकाउन्ट’ लाई सुरक्षित देखाउन इन्फ्लुएन्सरहरूलाई पैसा तिरेर प्रचार गरेको एक नयाँ रिपोर्टले खुलासा गरेको छ । डिजिटल अधिकार समूह ‘टेक ट्रान्सपरेन्सी प्रोजेक्ट’ (टीटीए) को रिपोर्ट अनुसार, जब–जब कुनै देशमा १६–१८ वर्षमुनिका किशोरहरूलाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने कानुनको ...
: सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटाविरुद्ध बालबालिकाको गोपनीयता उल्लंघन र मानसिक स्वास्थ्यमा गम्भीर असर पुर्‍याएको अभियोगमा अमेरिकाको क्यालिफोर्नियास्थित अदालतमा औपचारिक सुनुवाइ सुरु भएको छ। क्यालिफोर्नियाको अकल्यान्डस्थित फेडरल कोर्टमा न्यायाधीश इभोन गोन्जालेज रोजर्सको इजलासमा यो ऐतिहासिक मुद्दाको प्रक्रिया अघि बढेको हो। अमेरिकाका विभिन्न २९ राज्यहरूले दर्ता गरेको यो संयुक्त याचिकाको नेतृत्व क्यालिफोर्निया, कोलोराडो, ...
युट्युबले आफ्नो भ्युज गन्ने तरिका परिवर्तन गरेको छ । पहिले भिडियो कम्तीमा ३० सेकेन्ड हेरेपछि मात्र एक भ्यू गनिन्थ्यो । अब भने भिडियो प्ले हुनेबित्तिकै वा लाइभ स्ट्रिममा कसैले जोडिने बित्तिकै तुरुन्तै भ्यू गणना हुन्छ । विभिन्न प्रकारका सामग्री (लामो भिडियो, सर्ट्स, लाइभ) मा फरक फरक तरिकाले भ्यू गनिँदा धेरै अन्योल हुने गुनासो क्रियटरहरूले गरेका थिए । ...