मुख्य समाचार
नेपाली कांग्रेसका महासमिति सदस्य विनोद कुमार राईले पार्टी पदबाट राजीनामा
नेपाली कांग्रेसका महासमिति सदस्य विनोद कुमार राईले पार्टी पदबाट राजीनामा

: नेपाली कांग्रेसका महासमिति सदस्य विनोद कुमार राईले पार्टी पदबाट राजीनामा दिएका छन्। सुनसरी क्षेत्र नम्बर–१ मा प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले व्यहोरेको पराजयपछि नैतिक जिम्मेवारी लिँदै उनले महासमिति सदस्य पदबाट राजीनामा दिएका छन्।


राईले पार्टी सभापति गगन थापालाई सम्बोधन गर्दै पठाएको राजीनामा पत्रमा आफू लामो समयदेखि कांग्रेसको विभिन्न जिम्मेवारीमा रहेर लोकतन्त्र, राष्ट्रियता र समाजवादको आदर्शमा रहेर सक्रिय रहँदै आएको उल्लेख गरेका छन्। पार्टीले दिएको महासमिति सदस्य जस्तो गरिमामय जिम्मेवारीप्रति आफू सधैं आभारी रहेको उनले बताए।


राजीनामा पत्रमा उनले पछिल्लो समय पार्टीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै निषेधको राजनीति, पटक–पटक हुने मानमर्दन तथा तेजोबध र लबिङको नाममा राम्रा व्यक्तित्वलाई पार्टीबाट विस्थापित गरिने प्रवृत्तिले आफूलाई मर्माहत बनाएको बताएका छन्। यस्ता गतिविधिले आफ्नो अन्तर्मन र नैतिकताले पदमा बसिरहन अनुमति नदिएको उनको भनाइ छ।



राईले फागुन २१ गते सम्पन्न निर्वाचनमा सुनसरी–१ मा कांग्रेसले बेहोरेको लज्जास्पद हारले आफू स्तब्ध र मर्माहत भएको उल्लेख गर्दै एक जिम्मेवार पदाधिकारीका नाताले उक्त पराजयको नैतिक जिम्मेवारी लिनु आफ्नो कर्तव्य भएको बताए।

उनले अब नयाँ पुस्तालाई अवसर दिन र नयाँ जनादेशको मार्ग प्रशस्त गर्न पदबाट अलग भएको स्पष्ट पारेका छन्। राईले पदबाट राजीनामा दिए पनि पार्टीको कृयाशील सदस्यका रूपमा लोकतन्त्रप्रतिको आफ्नो निष्ठा भने कायम रहने बताएका छन्। सुनसरी-१ बाट उम्मेदवार बनेका कांग्रेसका सुजेन्द्र तामाङको जमानत जफत भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— गृहमन्त्री सुधन गुरुङले स्तरोन्नतिको क्रममा रहेको नागढुंगा–मुग्लिङ सडक आयोजनाको स्थलगत अनुगमन गरेका छन् । त्यस क्रममा उनले निर्माण कार्यमा ढिलासुस्ती गर्ने र गुणस्तरहीन काम गर्ने निर्माण व्यवसायीलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् । उनले भने, ‘काममा कुनै पनि बहानामा ढिलासुस्ती सह्य हुने छैन । यदि सम्झौताअनुसार काम भएन र गुणस्तरमा सम्झौता गरियो भने ...
— सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा सुरुङमार्गको सम्झौता सम्पन्न मिति एक वर्षमात्रै बाँकी रहँदा ६७.२७ प्रतिशत भौतिक प्रगति भएको छ । २०८३ चैत ८ गते सम्झौता सम्पन्न मिति सकिनेछ । तर कामले भने पछिल्लो समय गति लिन सकेको छैन । सुरुङ ‘ब्रेक थ्रु’ सम्म तीव्र गतिमा काम गरेको निर्माण कम्पनी पछिल्लो समय सुस्ताएपछि कामले तीव्रता नपाएको हो ...
— पेट्रोलियम पदार्थको मुल्यवृद्धि भएपछि बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडादर लागू गरेको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै शनिबार (चैत २८)देखि लागू हुने गरी नयाँ भाडादर कायम गरेको हो । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयमातहतको भाडा निर्धारण तथा समायोजन समितिको शुक्रबारको बैठकले काठमाडौं ...
: झापाको बुद्धशान्ति गाउँपालिका–३ धाईजनस्थित मेची राजमार्गमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। मृत्यु हुनेमा इलाम नगरपालिका–६ का अन्दाजी २५ वर्षीय भूपेन्द्र श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार आज अपराह्न करिब साढे ४ बजेको समयमा चारआलीबाट बुधबारेतर्फ आउँदै गरेको प्र १ ...
: दाङको तुलसीपुरमा इँट्टाभट्टाको पर्खाल भत्किँदा च्यापिएर एक मजदुरको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । आइतबार तुलसीपुर उपमहानगरपालिका–१६, जहदागाउँस्थित सेवा इँट्टाभट्टामा काम गरिरहेका बेला अचानक पर्खाल भत्किएको हो । पर्खालले च्यापिँदा भारतको बहराइच जिल्ला सरैया निवासी ३० वर्षीय तीर्थराम पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि उनलाई ...