मुख्य समाचार
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले निजामती कर्मचारी अस्पतालबाट दिइने सेवा उपलब्ध गराउने
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले निजामती कर्मचारी अस्पतालबाट दिइने सेवा उपलब्ध गराउने

: दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले निजामती कर्मचारी अस्पतालबाट दिइने सेवा उपलब्ध गराउने भएको छ । काठमाडौंको नयाँ बानेश्वरमा रहेको निजामती कर्मचारी अस्पतालबाट पाइने उपचार सेवा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङबाट पनि दिने गरि दुवै संस्थाबीच सेवा विस्तारसम्बन्धी सम्झौता गरिएको छ ।


निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहन चन्द्र रेग्मी र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति प्रा. श्याम लम्सालले सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार बहालवाला निजामती कर्मचारी तथा उनीहरूका आश्रित परिवारले निजामती अस्पतालमा पाइने उपचार सुविधा अब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पनि प्राप्त गर्न सक्ने छन् ।


आश्रित परिवारअन्तर्गत बुवा, आमा, श्रीमान् वा श्रीमती तथा २१ वर्षभन्दा कम उमेरका दुई सन्तान गरी अधिकतम ६ जनासम्मलाई उपचारमा ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । त्यस्तै, अवकाशप्राप्त निजामती कर्मचारीलाई सबै प्रकारका सेवामा ५० प्रतिशत छुट दिइनेछ । तर यो सुविधा ओपिडी सेवा, एम्बुलेन्स र औषधिमा भने लागू नहुने उल्लेख छ ।



उपचार सुविधा लिन कर्मचारीको विवरण निजामती किताबखानामा दर्ता भएको हुनुपर्ने व्यवस्था गरिएको छ । अस्पतालले सफ्टवेयरमार्फत किताबखानाको अप्टिकल फाइबर नेटवर्कसँग जोडेर कर्मचारीको विवरण प्रमाणीकरण गर्नेछ । यदि विवरण दर्ता नभएको अवस्थामा सम्बन्धित कार्यालय प्रमुखको सिफारिस आवश्यक पर्नेछ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले यो सेवा २०८३ साल वैशाख १ गतेदेखि सुरु गर्ने तयारी गरेको जनाएको छ । निमित्त उपकुलपति लम्सालका अनुसार स्वास्थ्य विज्ञान प्रतिष्ठानमध्ये निजामती कर्मचारीका लागि यस्तो पहल गर्ने राप्ती पहिलो संस्था हो । निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक रेग्मीले देशका सातै प्रदेशमा सेवा विस्तार गर्ने योजनाअनुसार यो सहकार्य गरिएको बताए ।

सम्झौतामा उपचार सेवासँगै जनशक्ति तालिम तथा स्वास्थ्य अनुसन्धानका क्षेत्रमा पनि दुवै संस्थाबीच सहकार्य गर्ने उल्लेख गरिएको छ । पछिल्लो समय राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले शैक्षिक कार्यक्रम र विशिष्टीकृत अस्पताल सेवाको विस्तारलाई तीव्रता दिँदै आएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई विभिन्न पाँचबुँदे निर्देशन दिएको छ र बोर्डले बीमितको रोग र स्वास्थ्य अवस्थासँग सम्बन्धित नभएका अनावश्यक परीक्षण गराए त्यस्तो परीक्षणको दाबी अस्वीकृत गर्ने चेतावनी दिएको छ । बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ अनुसार सम्झौता गरी सेवा प्रदान गरिरहेका स्वास्थ्य संस्थालाई पत्राचार गर्दै बीमितलाई अनावश्यक ...
। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयले प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय र सबै संघीय सरकारी अस्पताललाई आवश्यक स्वास्थ्यकर्मी तथा कर्मचारीको व्यवस्थापन गरी आकस्मिक, शल्यक्रिया, प्रसूति र सघन उपचार सेवा नियमित राख्न आग्रह गरेको हो । मन्त्रालयले बिदाका समयमा अस्पताल पूर्ण रूपमा बन्द नगर्न ...
। काठमाडौं महानगरपालिकाले साँघुरा गल्ली र अत्यधिक सवारी चापका कारण बिरामीसम्म एम्बुलेन्स पुग्न कठिन हुने समस्या समाधान गर्न बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शुक्रबारदेखि सेवा सञ्चालनमा ल्याइएको जानकारी दिइन् । उनका अनुसार चारपाङ्ग्रे एम्बुलेन्स पुग्न कठिन हुने र ट्राफिक जामका कारण ढिलाइ हुने स्थानमा बाइक एम्बुलेन्स उपयोगी हुने अपेक्षा ...
। दशैं तिहार मनाउन भारतबाट घर फर्किने यात्रुको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ । सरकारले चाडपर्वका बेला सीमा नाकामा यात्रुको चाप हुने भएकाले विभिन्न सङ्क्रामक रोग भित्रिन नदिन सीमा नाकामा रहेका हेल्थ डेस्कमा मलेरिया, क्षयरोग, एचआइभी, कोभिड, डेङ्गु र स्क्रब टाइफस गरी छ प्रकारका रोगको परीक्षण भइरहेको हो । भारतबाट फर्किने नागरिकमा हुनसक्ने विभिन्न रोगको पहिचान ...
। स्याङ्जामा पछिल्ला तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार असारमा ६०, साउनमा १५९ र भदौमा २२० जनामा संक्रमण देखिएको हो । स्थानीय तहमध्ये सबैभन्दा धेरै संक्रमण वालिङ नगरपालिकामा देखिएको छ । वालिङमा असारमा ३४, साउनमा ९१ र भदौमा ११९ गरी २४४ जनामा स्क्रब टाइफस पुष्टि भएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम