मुख्य समाचार
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले निजामती कर्मचारी अस्पतालबाट दिइने सेवा उपलब्ध गराउने
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले निजामती कर्मचारी अस्पतालबाट दिइने सेवा उपलब्ध गराउने

: दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले निजामती कर्मचारी अस्पतालबाट दिइने सेवा उपलब्ध गराउने भएको छ । काठमाडौंको नयाँ बानेश्वरमा रहेको निजामती कर्मचारी अस्पतालबाट पाइने उपचार सेवा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङबाट पनि दिने गरि दुवै संस्थाबीच सेवा विस्तारसम्बन्धी सम्झौता गरिएको छ ।


निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहन चन्द्र रेग्मी र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति प्रा. श्याम लम्सालले सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार बहालवाला निजामती कर्मचारी तथा उनीहरूका आश्रित परिवारले निजामती अस्पतालमा पाइने उपचार सुविधा अब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पनि प्राप्त गर्न सक्ने छन् ।


आश्रित परिवारअन्तर्गत बुवा, आमा, श्रीमान् वा श्रीमती तथा २१ वर्षभन्दा कम उमेरका दुई सन्तान गरी अधिकतम ६ जनासम्मलाई उपचारमा ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । त्यस्तै, अवकाशप्राप्त निजामती कर्मचारीलाई सबै प्रकारका सेवामा ५० प्रतिशत छुट दिइनेछ । तर यो सुविधा ओपिडी सेवा, एम्बुलेन्स र औषधिमा भने लागू नहुने उल्लेख छ ।



उपचार सुविधा लिन कर्मचारीको विवरण निजामती किताबखानामा दर्ता भएको हुनुपर्ने व्यवस्था गरिएको छ । अस्पतालले सफ्टवेयरमार्फत किताबखानाको अप्टिकल फाइबर नेटवर्कसँग जोडेर कर्मचारीको विवरण प्रमाणीकरण गर्नेछ । यदि विवरण दर्ता नभएको अवस्थामा सम्बन्धित कार्यालय प्रमुखको सिफारिस आवश्यक पर्नेछ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले यो सेवा २०८३ साल वैशाख १ गतेदेखि सुरु गर्ने तयारी गरेको जनाएको छ । निमित्त उपकुलपति लम्सालका अनुसार स्वास्थ्य विज्ञान प्रतिष्ठानमध्ये निजामती कर्मचारीका लागि यस्तो पहल गर्ने राप्ती पहिलो संस्था हो । निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक रेग्मीले देशका सातै प्रदेशमा सेवा विस्तार गर्ने योजनाअनुसार यो सहकार्य गरिएको बताए ।

सम्झौतामा उपचार सेवासँगै जनशक्ति तालिम तथा स्वास्थ्य अनुसन्धानका क्षेत्रमा पनि दुवै संस्थाबीच सहकार्य गर्ने उल्लेख गरिएको छ । पछिल्लो समय राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले शैक्षिक कार्यक्रम र विशिष्टीकृत अस्पताल सेवाको विस्तारलाई तीव्रता दिँदै आएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जाजरकोटमा बिरामीको संख्या बढिरहेको छ । तर, अस्पतालमा लामो समयदेखि पर्याप्त चिकित्सक नहुँदा उपचारमा समस्या देखिएको छ । जाजरकोट अस्पतालमा लामो समयदेखि चिकित्सक नभएपछि चिकित्सको व्यवस्था गरिदिन मुख्यमन्त्री मंगलबहादुर शाहीलाई आग्रह गरिएको छ । अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष समेत रहेकी कार्यदलको सदस्य धर्मशिला बस्नेतले मुख्यमन्त्री शाहीलाई तत्काल चिकित्सक पठाइदिन आग्रह गरिएको जानकारी दिइन् । ५० शैय्याको ...
। मकवानपुरको भीमफेदी गाउँपालिका ६ जुरिखेतमा आज बिहान भएको जिप दुर्घटनामा घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा लक्ष्मी बडु रहेको प्रहरीले जनाएको छ । उनी रजिष्ट्रार तारादत्त बडुकी श्रीमती हुन् । उनको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भइरहेको वार्तामा अवरोध सिर्जना गरे आफ्नो सहयोगी राष्ट्र ओमानमाथि नै बमबारी गर्ने चेतावनी दिएका छन्। फक्स न्युजसँगको टेलिफोन अन्तर्वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले वार्तामा अवरोध सिर्जना गरे ओमानमाथि नै बमबारी गर्ने चेतावनी दिएका हुन्। विश्व अर्थतन्त्रका लागि अत्यन्त महत्त्वपूर्ण मानिने हर्मुज जलमार्ग (जलडमरूमध्य) पुनः सञ्चालन गर्न अमेरिका र ओमानले इरानसँग छुट्टाछुट्टै ...
। वीर अस्पतालको निर्देशकमा डा.विकास नेपाल नियुक्त भएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) का उपकुलपतिको सिफारिसमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले डा.नेपाललाई वीरको निर्देशकमा नियुक्त दिएकी हुन् । ११औँ तहका डा.नेपाल ग्यास्ट्रो सर्जन हुन् । त्यसै गरी सहायक निर्देशकमा डा.अपार लामिछाने र अनिता विसी नियुक्त भएका छन् । यस भन्दा अगाडि सरकारले रुपमा डा.प्रभा ...
। जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट झापामा पछिल्लो चार महिनामा पाँच जनाको मृत्यु भएको छ । जिल्लामा हालसम्म नौ जनामा जेई सङ्क्रमण पुष्टि भएकोमा पाँच जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तीन पुरुष र दुई महिला रहेका छन् । सङ्क्रमितमा मेचीनगरका तीन, हल्दिबारीका एक, बाह्रदशीका एक, कचनकवलका एक, बिर्तामोडका दुई र अर्जुनधाराका एक जना छन् । स्वास्थ्य कार्यालय ...