मुख्य समाचार
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मंगलबारदेखि बाघ गणना सुरु
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मंगलबारदेखि बाघ गणना सुरु

: कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मंगलबारदेखि बाघ गणना सुरु भएको छ । राष्ट्रिय बाघ गणना अन्तर्गत शुक्लाफाँटासँगै यहाँको लालझाडी–मोहना संरक्षित क्षेत्र र डडेलधुराको जोगबुडामा स्वचालित क्यामेरा जडान गरी बाघ गणना थालिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको छ ।


जिल्ला समन्वय समिति कञ्चनपुरका संयोजक दुर्गादत्त बोहरा र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालले क्यामेरा अन गरेर मंगलवारदेखी शुक्लाफाँटा, लालझाडी जोगबुढा कम्पेलेक्समा बाघ गणना सुरु गरेका हुन् ।


nullबाघ पाइने क्षेत्रलाई विभिन्न ब्लकहरुमा विभाजन गरेर ब्लकभित्र २ कि.मि लम्बाइ र २ किमि चौडाई वर्गाकार ग्रिड बनाइ हरेक ग्रिडमा



स्वाचालित क्यामेरा जडान गरी निरन्तर कम्तीमा १५ दिनसम्मको बाघको तस्वीर खिचेर ती तस्वीरहरुको विश्लेशण गरी बाघको संख्या अनुमान गरिने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले जानकारी दिए ।
उनका अनुसार यहाँ बाघ सर्वेक्षणका लागि ११ वटा क्याम्प र उक्त क्याम्प अन्तर्गत २०६० ग्रिडको लागि ५२० वटा स्वचालित क्यामेरा जडान गरिएका छन् । ‘यसमा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा एक सय जना जनशक्ति र हात्तीहरु प्रयोग हुनेछन ।’ उनले भने, ‘यो सर्वेक्षणबाट बाघ तथा अन्य प्रजातिको बासस्थानको अवस्थाबारे महत्वपूर्ण जानकारी प्राप्त हुन्छ ।’

उनका अनुसार क्यामेरा विधिबाट बाघको सर्वेक्षण गर्न लागेको यो पाँचौं पटक हो । शुक्लाफाँटामा सन २०२२ को राष्ट्रिय गणना अनुसार ३६ वटा बाघ रहेकोमा निकुको आन्तरिक सर्वेक्षणमा ४३ वटा बाघ रहेको निकुञ्ज कार्यालयले जनाएको छ । पछिल्लो समय राष्ट्रिय निकुञ्जमा बाघको संख्यामा उलेख्य रुपमा वृद्धि भएको छ ।

nullथोरै क्षेत्रफल भए पनि शुक्लाफाँटामा बाघको आहारा प्रजातिको घवत्व बढी भएका कारण यहाँ बाघको संख्या उलेख्य रुपमा बढेको संरक्षण अधिकृतहरु बताउँछन् । ३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा मुलुकमै थोरै क्षेत्रफलमा धेरै बाघ भएको निकुञ्जले परिचित छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— गृहमन्त्री सुधन गुरुङले स्तरोन्नतिको क्रममा रहेको नागढुंगा–मुग्लिङ सडक आयोजनाको स्थलगत अनुगमन गरेका छन् । त्यस क्रममा उनले निर्माण कार्यमा ढिलासुस्ती गर्ने र गुणस्तरहीन काम गर्ने निर्माण व्यवसायीलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् । उनले भने, ‘काममा कुनै पनि बहानामा ढिलासुस्ती सह्य हुने छैन । यदि सम्झौताअनुसार काम भएन र गुणस्तरमा सम्झौता गरियो भने ...
— सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा सुरुङमार्गको सम्झौता सम्पन्न मिति एक वर्षमात्रै बाँकी रहँदा ६७.२७ प्रतिशत भौतिक प्रगति भएको छ । २०८३ चैत ८ गते सम्झौता सम्पन्न मिति सकिनेछ । तर कामले भने पछिल्लो समय गति लिन सकेको छैन । सुरुङ ‘ब्रेक थ्रु’ सम्म तीव्र गतिमा काम गरेको निर्माण कम्पनी पछिल्लो समय सुस्ताएपछि कामले तीव्रता नपाएको हो ...
— पेट्रोलियम पदार्थको मुल्यवृद्धि भएपछि बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडादर लागू गरेको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै शनिबार (चैत २८)देखि लागू हुने गरी नयाँ भाडादर कायम गरेको हो । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयमातहतको भाडा निर्धारण तथा समायोजन समितिको शुक्रबारको बैठकले काठमाडौं ...
: झापाको बुद्धशान्ति गाउँपालिका–३ धाईजनस्थित मेची राजमार्गमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। मृत्यु हुनेमा इलाम नगरपालिका–६ का अन्दाजी २५ वर्षीय भूपेन्द्र श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार आज अपराह्न करिब साढे ४ बजेको समयमा चारआलीबाट बुधबारेतर्फ आउँदै गरेको प्र १ ...
: दाङको तुलसीपुरमा इँट्टाभट्टाको पर्खाल भत्किँदा च्यापिएर एक मजदुरको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । आइतबार तुलसीपुर उपमहानगरपालिका–१६, जहदागाउँस्थित सेवा इँट्टाभट्टामा काम गरिरहेका बेला अचानक पर्खाल भत्किएको हो । पर्खालले च्यापिँदा भारतको बहराइच जिल्ला सरैया निवासी ३० वर्षीय तीर्थराम पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि उनलाई ...