मुख्य समाचार
टी–२० विश्वकप २०२६ खेल्न भारतमा रहेको वेस्ट इण्डिजले आफ्नो खेलाडीलाई व्यवसायिक उडानमार्फत स्वदेश फर्काउने
टी–२० विश्वकप २०२६ खेल्न भारतमा रहेको वेस्ट इण्डिजले आफ्नो खेलाडीलाई व्यवसायिक उडानमार्फत स्वदेश फर्काउने

: टी–२० विश्वकप २०२६ खेल्न भारतमा रहेको वेस्ट इण्डिजले आफ्नो खेलाडीलाई व्यवसायिक उडानमार्फत स्वदेश फर्काउने भएको छ । मध्य पूर्वमा चलिरहेको तनावको अवस्थाका कारण मार्च १ मा विश्वकपबाट बाहिरिएको वेस्ट इण्डिज कोलकातामा अड्किरहेको थियो ।


जसका कारण खेलाडी तथा अफिसियलहरु स्वदेश फर्कन ढिलाइ भएको थियो । विशेषतः दक्षिण अफ्रिका र वेस्ट इण्डिजको टिम यो समस्याका कारण भारतमा नै अड्किएको हो । बारम्बार आइसीसीले चार्टर विमानको व्यवस्थासहित उनीहरुलाई स्वदेश फर्काउने कोशिस गर्दा पनि अस्तव्यस्त रहेको मध्य पूर्वको एयरपोर्टहरुका कारण खेलाडीहरु भारतमा नै अड्किएका हुन् ।


लामो समय भारतमा नै अड्किएपछि खेलाडी तथा अफिसियलले आफूहरु घर (स्वदेश) फर्कन चाहेको इच्छा व्यक्त गरेका थिए । लामो समयको पर्खाइपछि पनि आइसीसीबाट निश्चितता नआएपछि क्रिकेट वेस्ट इण्डिज (सीडब्ल्यूआई) ले खेलाडी तथा अफिसियललाई व्यवसायिक उडानमार्फत घर फर्काउन लागेको हो ।



वेस्ट इण्डिजका केही खेलाडीहरु भने घर फर्किइसकेका छन् भने कोही मंगलबार र बुधबार गरेर घर फर्किने तयारीमा रहेका छन् । दक्षिण अफ्रिका र वेस्ट इन्डिजका खेलाडीले आइसीसीले यो समस्या समयमा समाधान गर्न नसकेको भन्दै आलोचना समेत गरेका थिए । जहाँ, सेमिफाइनलमा भारतसँग पराजित भएको इङ्ल्याण्ड भने खेल सकिएको भोलिपल्ट नै स्वदेश फर्किसकेको छ ।

यस विषयमा आइसीसीले पक्षपात गरेको भन्ने धारणाहरु पनि बाहिरिएको थियो । इङ्ल्याण्डलाई सहजै स्वदेश फर्काउन आइसीसीले राम्रो व्यवस्था गरेको तर वेस्ट इण्डिज र दक्षिण अफ्रिका भने लामो समय भारतमा नै अड्किनु पर्दा यो विषयको उडान भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...