मुख्य समाचार
नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर दिपेन्द्रसिंह ऐरी टी–२० अन्तर्राष्ट्रियको अलराउण्डरतर्फ चौंथो स्थानमा यथावत
नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर दिपेन्द्रसिंह ऐरी टी–२० अन्तर्राष्ट्रियको अलराउण्डरतर्फ चौंथो स्थानमा यथावत

: नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर दिपेन्द्रसिंह ऐरी टी–२० अन्तर्राष्ट्रियको अलराउण्डरतर्फ चौंथो स्थानमा यथावत रहेका छन् । अन्तर्राट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले मंगलबारसम्मको नतिजा सम्मिलित सूची बुधबार सार्वजनिक गरेको हो ।


पुरुषतर्फको टी–२० अलराउण्डर वरियतातर्फ दिपेन्द्र चौंथो स्थानमा यथावत रहेका हुन् । टी–२० विश्वकप अगाडि छैटौं स्थानमा रहेका दिपेन्द्र टी–२० विश्वकपमा गरेको प्रदर्शनपछि चौथो स्थानमा यथावत रहेका छन् ।


दिपेन्द्रले नेपालका लागि २ अर्धशतकसहित १६९ रन बनाएका थिए । त्यस्तै उनले विश्वकपमा २ विकेट पनि लिएका थिए । टी–२० अलराउण्डरको शीर्ष स्थानमा जिम्बाबेका कप्तान सिकन्दर राजा रहेका छन् । भारतका हार्दिक पाण्ड्या दोस्रो र पाकिस्तानका सैम अयुब तेस्रो स्थानमा रहेका छन् ।

दिपेन्द्र भन्दा पछाडि अफगानिस्तानका अजमतुल्लाह ओमरजाइ तथा वेस्ट इन्डिजका रोस्टन चेज क्रमशः पाँचौं र छैटौ स्थानमा रहेका छन् । अलराउन्डरतर्फको वरियतामा शीर्ष ५ मा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...