मुख्य समाचार
महोत्तरीको रामगोपालपुर-६ स्थित प्राथमिक स्वास्थ्य उपचार केन्द्र विशम्भरपुरको मुख्यगेट भाँच्चिदा ३ बालकहरू घाइते
महोत्तरीको रामगोपालपुर-६ स्थित प्राथमिक स्वास्थ्य उपचार केन्द्र विशम्भरपुरको मुख्यगेट भाँच्चिदा ३ बालकहरू घाइते

: महोत्तरीको रामगोपालपुर-६ स्थित प्राथमिक स्वास्थ्य उपचार केन्द्र विशम्भरपुरको मुख्यगेट भाँच्चिदा ३ बालकहरू घाइते भएका छन्। आइतबार बिदाको मौका छोपी खेल्ने क्रममा सो घटना घटेको हो।


मुख्यगेट भाँच्च्दिा स्थानीय विरेन्द्रकुमार यादवको वर्ष ७ को छोरा रबिन यादव, मनोज यादवको वर्ष ७ को गौतम यादव र शिवशंकर यादवको वर्ष ८ को दिपेश यादव रहेका छन्। उनीहरुमध्ये रबिनको अवस्था गम्भीर रहेको छ। बालक रबिनको कम्मरमा अत्याधिक चोट लागेकोले उनलाई थप उपचारका लागि काठमाडौं लगिएको उनका बुबा विरेन्द्रले बताए।


मधेश प्रदेश सरकारको लागतमा नवनिर्मित पर्खाल र गेट निर्माण केही दिन अगाडि मात्र ४५ लाखको लागतमा निर्माण भएको थियो।



घटना सम्बन्धमा रामगोपालपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत अच्छेलाल दासले यस घटनाको सम्बन्धमा विस्तृतमा बुझि आवश्यक कदम उठाइने बताएका छन्। बिदाको दिनमा घटना घटेकाले कार्यालय सुनसान हुँदा वास्तविक अझ बाहिर आउन नसकेको अधिकृत दासले सुनाएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मेल ग्रिफिथ्स ४५ वर्षकी हुँदा उनलाई दोस्रो पटक स्तन क्यान्सर भएको जानकारी दिइयो । त्यस बेला उनलाई आफू मर्ने नै हो कि भन्ने डर लागेको थियो । उनी उपचारका लागि हस्पिस (ज्यकउष्अभ) मा जान सुझाव दिइएपछि डर अझ बढ्यो । किनभने उनको बुझाइमा हस्पिस भनेको जीवनको अन्तिम अवस्थामा गरिने हेरचाहसँग सम्बन्धित ठाउँ थियो । उनले ...
: विराटनगरमा मोटरसाइकल दुर्घटनामा परेर बुधबार बिहान नेपाल प्रहरीका सइ (प्रहरी नायव निरीक्षक)को मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेले कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरमा कार्यरत सइ ४० वर्षीय मीनबहादुर बोहोराको मृत्यु भएको जानकारी दिए । उनका अनुसार हिरासत व्यवस्थापन शाखा झापा दरबन्दी ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिट अन्तिम सुनुवाइका लागि पूर्ण इजलासमा पठाइने भएको छ। न्यायाधीश सपना मल्ल प्रधान र श्रीकान्त पौडेलको बुधबारको संयुक्त इजलासले अन्तिम सुनुवाइका लागि रिट पूर्ण इजलासमा पठाउने आदेश जारी गरेको हो। आइतबार पूर्ण इजलासमा सुनुवाइका लागि ...
: सुर्खेतको गुर्भाकोट नगरपालिका घर भई वीरेन्द्रनगरमा बस्दै आएको थियो,इनिसा विकको परिवार। उनी सधैं झैं यही फागुन २३ गते पनि बिहान ६ बजे ट्युसन पढ्न जान्छु भन्दै घरबाट निस्किइन्। उनी वीरेन्द्रनगरस्थित उषा बालवाटिका माविमा कक्षा ११ मा अध्ययनरत थिइन्। बिहान ८ बजेभित्रै घर फर्किने छोरी ९ बजेसम्म पनि घर नफर्किएपछि उनकी आमाले फोन गरिन्। तर,फोन ...
फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष र समानुपाति दुबैको नतिजा आई सक्दा ६ वटाले मात्र राष्ट्रिय दलको मान्यता