मुख्य समाचार
दाङको चुनावी नतिजा : ठूलाको साख गुम्यो, ५१ उम्मेदवारले जमानत जोगाउन सकेनन्
दाङको चुनावी नतिजा : ठूलाको साख गुम्यो, ५१ उम्मेदवारले जमानत जोगाउन सकेनन्

: यस पटकपटकको निर्वाचनमा दाङ ठूलाको साख गुमेको छ भने अधिकांश उम्मेदवारको जमानत जफत भएको छ । फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनको दाङमा नतिजा सार्वजनिक भएसँगै यस्तो देखिएको हो । यसले दाङको राजनीतिमा ठूलो उलटपुलट सिर्जना गरिदिएको छ।


लामो समयदेखि राजनीतिमा प्रभावशाली मानिएका ठूला दलका प्रमुख पदाधिकारी,नेतादेखि पूर्वमन्त्री र पूर्वमुख्यमन्त्रीसम्मले यसपटक् कतिपयले जनमत जोगाउन सकेनन्। दाङमा नेपाली काङ्ग्रेसको सहमहामन्त्री योगेन्द्र चौधरी,पूर्वमन्त्री दीपक गिरी,एमाले महासचिव शंकर पोख्रेल ,एमाले केन्द्रीय सदस्य घनश्याम पाण्डे,नेकपाका नेता पूर्वमन्त्री मेटमणि चौधरी, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले,एमाले नेता रेवतिरमण शर्मा घिमिरेले साघ जोगाउन सकेनन् । यस्मा पूर्वमन्त्री मेटमणि चौधरी, पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी, रेवतीले आफ्नो जमानत समेत जोगाउन सकेनन् ।


यी तीनसहित तीन निर्वाचन क्षेत्र रहेको दाङमा तीनवटै निर्वाचन क्षेत्रमा ठूलो संख्यामा उम्मेदवारको जमानत जफत भएको छ भने कतिपय उम्मेदवारले अत्यन्त न्यून मत मात्र प्राप्त गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको निर्वाचनको आधिकारिक तथ्यांकअनुसार दाङका तीन निर्वाचन क्षेत्रमा गरी कुल ५१ जना उम्मेदवारको जमानत जफत भएको छ। त्यसमध्ये ३१ जना उम्मेदवारले ५० मतको आँकडा समेत पार गर्न सकेनन्। चुनावमा मतदाताले परम्परागत राजनीतिक नेतृत्वप्रति र निर्दलीय उम्मेदवारहरूप्रति अविश्वास प्रकट गरेका छन्। ।



पूर्वमुख्यमन्त्री र पूर्वमन्त्रीको जमानत गुम्यो

विगतका दुईवटा निर्वाचनलाई सहज रुपमा जितेका पूर्वमन्त्री तथा नेकपाका नेता मेटमणि चौधरीले यसपटक आफ्नो जमानत पनि जोगाउन सकेनन्। २०७४ र ०७९ सालको निर्वाचनमा अत्यधिक मतसहित विजय निकालेका मेटमनी चौधरीले यसपटकको निर्वाचनमा भने नराम्रो पराजय बेहोरेका छन् ।

दाङ क्षेत्र नं। १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठक भारी मतान्तरसहित विजयी भए। उनले ४२,६०२ मत प्राप्त गर्दै प्रतिस्पर्धी उम्मेदवारहरूलाई पछि पारे। निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीले १५२८० मत प्राप्त गरे। भने पूर्व मन्त्री मेटमणि चौधरी चौथो र पूर्व मुख्यमन्त्री कुलप्रसाद केसी छैटौं हुदै जमानत जोगाउन सकेनन् । मतभारमा तेस्रो रहेका जमानत जोगाउन नसक्ने उम्मेदवारमा नेकपा एमालेका रेवती रमन शर्मा पनि परेका छन्। यस क्षेत्रमा कुल १४ जना उम्मेदवार प्रतिस्पर्धामा रहेकामा १२ जनाको जमानत जफत भएको छ। पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी र पूर्वमन्त्री मेटमणि चौधरी जस्ता प्रभावशाली नेताले अपेक्षाकृत भन्दा कम मत पाए। कुलप्रसाद केसीले १,३८४ मत मात्र प्राप्त गर्दा मेटमणि चौधरीले ४,९६६ मत पाए । एमालेका रेवती रमन शर्मा घिमिरेले ६८२५ मत मात्र प्राप्त गरे ।

नेकपा एमालेका महासचिव शङ्कर पोखरेल पनि दाङ क्षेत्र नम्बर २ बाट नराम्रो हार बेहोरेका छन् । दाङ क्षेत्र नं। २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विपिन कुमार आचार्य विजयी भएका छन्। आचार्यले ४३,५५९ मत ल्याउँदा शंकर पोख्रेलले १५२८७ मत प्राप्त गरे। तेस्रोमा रहेका नेपाली कांग्रेसका किरणकिशोर घिमिरेले ११,५५८ मत प्राप्त गरे। नेकपाका उम्मेदवार निर्मल आचार्यले ७०८३ मत प्राप्त गरे। आचार्यको पनि यो निर्वाचनमा जमानत जफत भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका विपिन आचार्यले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गर्दै आफू स्थापित भएका छन्। यस क्षेत्रमा २३ जना उम्मेदवार चुनावी मैदानमा थिए, जसमध्ये २० जनाको जमानत जफत भएको छ।

दाङ क्षेत्र नम्बर ३ मा ४ जना उम्मेदवारहरूको जमानत जोगिएको छ भने १९ जना उम्मेदवारहरूको जमानत जफत भएको छ त्यसमा पनि धेरै जना ५० भन्दा कम मत ल्याउने उम्मेदवारहरु रहेका छन् । यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदी ४४,२४८ मत ल्याएर विजयी भएका छन् भने निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्वमन्त्री दिपक गिरी रहेका छन्। उनले १६,४५३ मत प्राप्त गरेका छन् । त्यसैगरी जमानत जोगाउनेमा नेकपा एमालेका उम्मेदवार घनश्याम पाण्डे र नेकपाका उम्मेदवार धनबहादुर मास्की पनि रहेका छन्। २३ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए। तीमध्ये १९ जनाको जमानत जफत भएको हो । स्थापित राज दाङको यसपटकको निर्वाचन परिणामले मतदाताले परम्परागत नेतृत्वभन्दा नयाँ विकल्पलाई रोजेको सन्देश दिएको विश्लेषण भइरहेको छ। प्रभावशाली नेताहरू पराजित हुनु र ठूलो संख्यामा उम्मेदवारको जमानत जफत हुनु दाङको राजनीतिमा नयाँ मोड लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नयाँ सरकार गठनसँगै पहिलो संसद् बैठक नयाँ भवनबाट नै गर्ने तयारी सरकारको छ। यसअघि नयाँ वानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संघीय संसद् भवन थियो। यही भदौ २३ को प्रदर्शन र २४ को आन्दोलनका क्रममा आगजनीपछि उक्त भवन पूर्णरूपमा क्षतिग्रस्त छ। २०७६ सालबाट नै सरकारले सिंहदरबारभित्र नयाँ संसद् भवन निर्माण गर्दैछ। तर, ३ वर्षमा ...
: आफ्नै बुवाको हत्या गरी फरार रहेका सुनसरीको धरान उपमहानगरपालिका–१७ का ३८ वर्षीय देवेन्द्र कुलुङलाई ७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ। कुलुङलाई मंगलबार इटहरी उपमहानगरपालिका–९ स्थित ट्याङ्ग्रा खोला नजिकबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषण बाबु राईका बताए। २०७५ साउन २९ गते कुलुङले आफ्नै बुवा हरि शंकर राईलाई कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएका ...
: डोटीमा माटोको ढिस्कोमा पुरिएर एक किशोरीको मृत्यु भएको छ । मंगलबार बिहान करिब ९:४८ बजेतिर जिल्लाको सायल गाउँपालिका-२ ग्वानी बस्ने शेर बहादुर सिंहको छोरी अन्दाजी १६ वर्षीया एलिना सिंहको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । घर पोत्नका लागि सोहि ठाउँको गौशिलमा माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्को झरेको थियो। ...
अछाममा समानुपातिकमा कांग्रेस पहिलो दल, रावलले जमानत जोगाउन सकेनन्
। नेकपा एमालेका उम्मेदवार प्रदीपकुमार ज्ञवालीले निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा निर्वाचन आयोगले स्वीकृत गरेको निर्वाचन आचारसंहिता अनुसार ज्ञवालीले आफ्नो चुनावी खर्च विवरण जिल्ला निर्वाचन कार्यालय गुल्मीमार्फत निर्वाचन आयोग, काठमाडौंमा पेस गरेका हुन्। पेस गरिएको विवरण अनुसार उनले चुनावी प्रचारप्रसार र व्यवस्थापनमा २६ लाख ७५ हजार ...