: डोटीमा माटोको ढिस्कोमा पुरिएर एक किशोरीको मृत्यु भएको छ । मंगलबार बिहान करिब ९:४८ बजेतिर जिल्लाको सायल गाउँपालिका-२ ग्वानी बस्ने शेर बहादुर सिंहको छोरी अन्दाजी १६ वर्षीया एलिना सिंहको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
घर पोत्नका लागि सोहि ठाउँको गौशिलमा माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्को झरेको थियो। सोही डिस्कोमा पुरिएर उनको घटनास्थलमै मृत्यु भएको हो । स्थानीयले माटोबाट शव निकालेर मृतको घर लगेको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षक सुवर्ण चन्दको नेतृत्वमा प्रहरी टोली खटाएको बताइएको छ ।