मुख्य समाचार
प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको आठौँ संस्करण चारवटा भेन्युमा हुने
प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको आठौँ संस्करण चारवटा भेन्युमा हुने

: प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको आठौँ संस्करण चारवटा भेन्युमा हुने भएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान)ले एक प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौंका दुईवटा भेन्यु संलग्न गरी विशेषत पर्सा र जनकपुरमा यो संस्करणको खेलहरू हुने जानकारी दिएको हो।


नेपाल क्रिकेट संघले सोमबार प्रधानमन्त्री कपको तालिका सार्वजनिक गरेको हो । जसमा काठमाडौंका दुईवटा स्थान (त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान र माथिल्लो मूलपानी मैदान)सहित जनकपुर र पर्सामा खेल गराइने गरी तालिका सार्वजनिक गरिएको छ।


त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान र माथिल्लो मूलपानी मैदानमा पाँच/ पाँचवटा खेलहरू सञ्चालन हुनेछन्। त्यसबाहेकका खेलहरू भने जनकपुर र पर्सामा सञ्चालन हुनेछ। जनकपुरमा १७ वटा खेलहरू खेलाइनेछन् भने पर्सामा १८ वटा खेलहरू खेलाइनेछ।



प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता २०८२ चैत्र ७ देखि २०८३ को वैशाख ४ गतेसम्म सञ्चालन हुने भएको हो। यसअघिको सातौँ संस्करणको प्रधानमन्त्री कप एकदवसीय क्रिकेट प्रतियोगिताको विजेता नेपाल पुलिस क्लब रहेको थियो नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै सातौं संस्करणको प्रधानमन्त्री कपको उपाधि जितेको थियो।

यससँगै जय ट्रफी लाइट कप क्रिकेट प्रतियोगिताको फाइनल भने अघि सरेको छ। जय ट्रफीको फाइनल भने नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब बीच चैत्र ३ देखि ५ गतेसम्म तीनदिवसीय ढाँचामा काठमाडौंको माथिल्लो मूलपानी क्रिकेट मैदानमा खेलाइने भएको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम