मुख्य समाचार
प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको आठौँ संस्करण चारवटा भेन्युमा हुने
प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको आठौँ संस्करण चारवटा भेन्युमा हुने

: प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको आठौँ संस्करण चारवटा भेन्युमा हुने भएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान)ले एक प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौंका दुईवटा भेन्यु संलग्न गरी विशेषत पर्सा र जनकपुरमा यो संस्करणको खेलहरू हुने जानकारी दिएको हो।


नेपाल क्रिकेट संघले सोमबार प्रधानमन्त्री कपको तालिका सार्वजनिक गरेको हो । जसमा काठमाडौंका दुईवटा स्थान (त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान र माथिल्लो मूलपानी मैदान)सहित जनकपुर र पर्सामा खेल गराइने गरी तालिका सार्वजनिक गरिएको छ।


त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान र माथिल्लो मूलपानी मैदानमा पाँच/ पाँचवटा खेलहरू सञ्चालन हुनेछन्। त्यसबाहेकका खेलहरू भने जनकपुर र पर्सामा सञ्चालन हुनेछ। जनकपुरमा १७ वटा खेलहरू खेलाइनेछन् भने पर्सामा १८ वटा खेलहरू खेलाइनेछ।



प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता २०८२ चैत्र ७ देखि २०८३ को वैशाख ४ गतेसम्म सञ्चालन हुने भएको हो। यसअघिको सातौँ संस्करणको प्रधानमन्त्री कप एकदवसीय क्रिकेट प्रतियोगिताको विजेता नेपाल पुलिस क्लब रहेको थियो नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै सातौं संस्करणको प्रधानमन्त्री कपको उपाधि जितेको थियो।

यससँगै जय ट्रफी लाइट कप क्रिकेट प्रतियोगिताको फाइनल भने अघि सरेको छ। जय ट्रफीको फाइनल भने नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब बीच चैत्र ३ देखि ५ गतेसम्म तीनदिवसीय ढाँचामा काठमाडौंको माथिल्लो मूलपानी क्रिकेट मैदानमा खेलाइने भएको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...