मुख्य समाचार
अस्ट्रेलियाले इरानको महिला फुटबल टोलीका पाँच खेलाडीलाई शरण (आश्रय) दिने निर्णय
अस्ट्रेलियाले इरानको महिला फुटबल टोलीका पाँच खेलाडीलाई शरण (आश्रय) दिने निर्णय

। अस्ट्रेलियाले इरानको महिला फुटबल टोलीका पाँच खेलाडीलाई शरण (आश्रय) दिने निर्णय गरेको छ। इरान फर्किएपछि सजाय हुन सक्ने डरका कारण उनीहरूलाई अस्ट्रेलियामा बस्न अनुमति दिइएको हो।

अस्ट्रेलियाका गृहमन्त्री टोनी बुर्कले सोमबार पत्रकार सम्मेलनमा ती खेलाडीलाई अस्ट्रेलियामा सुरक्षित रूपमा बस्न सक्ने जानकारी दिएको बताए। ‘खेलाडीहरू यहाँ सुरक्षित छन् र अस्ट्रेलियामै बस्न चाहे स्वागत छ’ उनले भनेका छन् ।


शरण पाउने खेलाडीहरूमा टोलीकी कप्तान जाहरा गनबारी, मिडफिल्डर फातेमे पसान्दिदे, जाहरा सर्बाली अलिसा, मोना हामोदी र डिफेन्डर अतेफे रामेजानिदे छन्।

यी खेलाडीहरू महिला एसियन कप फुटबल खेल्न अस्ट्रेलिया पुगेका थिए। प्रतियोगिताको पहिलो खेलअघि उनीहरूले इरानको राष्ट्रिय गान नगाएपछि उनीहरू विवादमा परेका थिए। इरानको सरकारी सञ्चारमाध्यमले उक्त कदमलाई ‘अपमानको चरम सीमा’ भन्दै आलोचना गरेको थियो।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बानिसले पाँच खेलाडीले सहयोग मागेपछि उनीहरूलाई सुरक्षित स्थानमा राखिएको बताए। अन्य खेलाडीलाई पनि आवश्यक परेमा सहयोग उपलब्ध गराइने उनले बताएका छन्।

यस विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अल्बानेसीसँग फोनमा कुराकानी गरेका थिए। ट्रम्पले ती खेलाडीलाई इरान फर्कन बाध्य बनाइए मानवीय गल्ती हुने भन्दै अस्ट्रेलियालाई शरण दिन आग्रह गरेका थिए।

मानवअधिकारकर्मीहरूले भने इरान फर्किएमा ती खेलाडीलाई ‘युद्धकालीन देशद्रोही’ भनेर कारबाही हुन सक्ने चिन्ता व्यक्त गरेका छन्।

-अलजजीराबाट

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम