मुख्य समाचार
समानुपातिक गणना : रास्वपाले ५१ लाख मत पाउँदा कांग्रेसले ल्यायो १७ लाख
समानुपातिक गणना : रास्वपाले ५१ लाख मत पाउँदा कांग्रेसले ल्यायो १७ लाख

: प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक मत गणना जारी रहेको छ। फागुन २१ गते भएको निर्वाचनको मतगणना जारी रहँदा प्रत्यक्ष र समानुपातिकमा सबैभन्दा अगाडि राष्ट्रिय स्वतन्त्र पार्टी छ।


आज बिहानसम्म समानुपातिकतर्फ १ करोड ७ लाख ३० हजार ५५१ मतगणना सम्पन्न भएको छ। निर्वाचनमा प्राप्त मतअनुसार ६ वटा पार्टीले तीन प्रतिशत थ्रेस होल्ड कटाएर राष्ट्रिय पार्टी बनेका छन्।


निर्वाचन आयोगका अनुसार रास्वपाले ५१ लाख ३५ हजार ६२१ मत पाएर पहिलो दल बनेको छ। त्यस्तै दोस्रोमा कांग्रेसले १७ लाख ४७ हजार ७३७, तेस्रोमा नेकपा एमालेले १४ लाख ४८ हजार ३१८, नेपाली कम्युनिस्ट पार्टीले ८ लाख ३ हजार ६२७ प्राप्त गरेको छ। निर्वाचनको केही दिन अगाडि मात्र खुलेको श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ५८७ मत प्राप्त गर्दै राष्ट्रिय दल बनेको छ। यता राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख ७८ हजार ५८७ मत ल्याएको छ। मधेश केन्द्रित लगायतका अन्य दलले थ्रेस होल्ड कटाउन सकेका छैनन्।

निर्वाचन आयोगले प्रत्यक्षतर्फ पनि सबैभन्दा धेरै राष्ट्रिय स्वतन्त्र पार्टीले १२५ सिट जितेको जनाएको छ। दोस्रोमा नेपाली कांग्रेसले १८, तेस्रोमा नेकपा एमालेले ९, नेपाली कम्युनिस्ट पार्टीले ८, श्रम संस्कृति पार्टीले ३, राष्ट्रिय स्वतन्त्र पार्टीले १ र एक जना स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी भएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नयाँ सरकार गठनसँगै पहिलो संसद् बैठक नयाँ भवनबाट नै गर्ने तयारी सरकारको छ। यसअघि नयाँ वानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संघीय संसद् भवन थियो। यही भदौ २३ को प्रदर्शन र २४ को आन्दोलनका क्रममा आगजनीपछि उक्त भवन पूर्णरूपमा क्षतिग्रस्त छ। २०७६ सालबाट नै सरकारले सिंहदरबारभित्र नयाँ संसद् भवन निर्माण गर्दैछ। तर, ३ वर्षमा ...
: आफ्नै बुवाको हत्या गरी फरार रहेका सुनसरीको धरान उपमहानगरपालिका–१७ का ३८ वर्षीय देवेन्द्र कुलुङलाई ७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ। कुलुङलाई मंगलबार इटहरी उपमहानगरपालिका–९ स्थित ट्याङ्ग्रा खोला नजिकबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषण बाबु राईका बताए। २०७५ साउन २९ गते कुलुङले आफ्नै बुवा हरि शंकर राईलाई कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएका ...
: यस पटकपटकको निर्वाचनमा दाङ ठूलाको साख गुमेको छ भने अधिकांश उम्मेदवारको जमानत जफत भएको छ । फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनको दाङमा नतिजा सार्वजनिक भएसँगै यस्तो देखिएको हो । यसले दाङको राजनीतिमा ठूलो उलटपुलट सिर्जना गरिदिएको छ। लामो समयदेखि राजनीतिमा प्रभावशाली मानिएका ठूला दलका प्रमुख पदाधिकारी,नेतादेखि पूर्वमन्त्री र पूर्वमुख्यमन्त्रीसम्मले यसपटक् कतिपयले ...
: डोटीमा माटोको ढिस्कोमा पुरिएर एक किशोरीको मृत्यु भएको छ । मंगलबार बिहान करिब ९:४८ बजेतिर जिल्लाको सायल गाउँपालिका-२ ग्वानी बस्ने शेर बहादुर सिंहको छोरी अन्दाजी १६ वर्षीया एलिना सिंहको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । घर पोत्नका लागि सोहि ठाउँको गौशिलमा माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्को झरेको थियो। ...
अछाममा समानुपातिकमा कांग्रेस पहिलो दल, रावलले जमानत जोगाउन सकेनन्