मुख्य समाचार
कैलालीमा प्रहरी जवान मृत्यु घटना छानबिन गर्न समिति गठन
कैलालीमा प्रहरी जवान मृत्यु घटना छानबिन गर्न समिति गठन

। इलाका प्रहरी कार्यालय टीकापुरको निर्माणाधीन भवनको छतबाट खसेर उपचारका क्रममा प्रहरी जवान सन्देश चदाराको मृत्यु भएको घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो ।


कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले घटनाको सत्यतथ्य पत्ता लगाउन समिति बनाइएको जानकारी दिए ।

प्रहरी जवान चदारा छतबाट खसेर मृत्यु भएपछि एसपी चन्द स्वयं टीकापुर पुगेका छन् । उनले घटनास्थलको निरीक्षण गर्नुका साथै घटनाबारे जानकारी लिएका छन् ।


प्रहरीका अनुसार राति करिब ११ बजेतिर चदारा छतबाट खसेका थिए । उनलाई तत्काल टीकापुर प्रादेशिक अस्पताल लगिएको भए पनि उपचारकै क्रममा मृत्यु भएको थियो । घटना हुँदा उनी कार्यालयभित्र ड्युटीमै रहेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि अस्पतालमै राखिएको छ ।

मृतकका आफन्तले भने घटना शंकास्पद भएको बताएका छन् । उनीहरूले निष्पक्ष र वस्तुगत छानबिन गर्न माग गर्दै हाल शव परीक्षण गर्न नदिने बताएका छन् । साथै, कार्यालय परिसरको सीसीटीभी फुटेज सार्वजनिक गर्न पनि माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: डोटीमा माटोको ढिस्कोमा पुरिएर एक किशोरीको मृत्यु भएको छ । मंगलबार बिहान करिब ९:४८ बजेतिर जिल्लाको सायल गाउँपालिका-२ ग्वानी बस्ने शेर बहादुर सिंहको छोरी अन्दाजी १६ वर्षीया एलिना सिंहको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । घर पोत्नका लागि सोहि ठाउँको गौशिलमा माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्को झरेको थियो। ...
अछाममा समानुपातिकमा कांग्रेस पहिलो दल, रावलले जमानत जोगाउन सकेनन्
। नेकपा एमालेका उम्मेदवार प्रदीपकुमार ज्ञवालीले निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा निर्वाचन आयोगले स्वीकृत गरेको निर्वाचन आचारसंहिता अनुसार ज्ञवालीले आफ्नो चुनावी खर्च विवरण जिल्ला निर्वाचन कार्यालय गुल्मीमार्फत निर्वाचन आयोग, काठमाडौंमा पेस गरेका हुन्। पेस गरिएको विवरण अनुसार उनले चुनावी प्रचारप्रसार र व्यवस्थापनमा २६ लाख ७५ हजार ...
: पाल्पामा २४ जना उम्मेदवारको जमानत जफत भएको छ । पाल्पा क्षेत्र नं. १ मा उम्मेदवारी दिएका १४ मध्ये ३ जनाले जमानत जोगाएका छन्। ११ जना उम्मेदवारको जमानत जफत भएको छ। पाल्पा १ मा नेपाली कांग्रेसका उम्मेदवार सन्दीप राना, नेकपा एमालेका उम्मेदवार नारायण प्रसाद आचार्य र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विमल पन्तले मात्र जमानत जोगाए ...
: अमेरिका–इरानमा भइरहेको युद्धको असर पेट्रोलियम पदार्थमा देखिन थालेको छ। गत फागुन १६ गतेबाट युद्ध सुरु भएयता करिब ६५ प्रतिशतले पेट्रोलियम पदार्थको मूल्य बढेको छ। फेब्रुअरी २०२६ को अन्त्यतिर ७० अमेरिकी डलर प्रतिब्यारेलको आसपास रहेको ब्रेन्ट क्रुडको मूल्य मार्च महिनाको पहिलो सातामै ११० देखि १२० अमेरिकी डलर प्रतिब्यारेलसम्म पुगेको छ। युद्धका कारण तेलको कच्चा पदार्थ ...