। प्रतिनिधिसभा निर्वाचन २०८२ को नतिजाले पुराना दलहरूलाई रास्वपाले निकै ठूलो धक्का दिएको छ ।
देशभरबाट प्राप्त अन्तिम मतपरिणाम तथा मतान्तरको तथ्याङ्क विश्लेषण गर्दा राष्ट्रिय स्वतन्त्र रास्वपाका ६७ उम्मेदवारहरूले २० देखि ५० हजार बढीको विशाल मतान्तरसहित सानदार जित हासिल गरेका छन्।
परम्परागत शक्तिहरू नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूलाई ठूलो अन्तरले पछि पार्दै रास्वपाले देशैभर प्रत्यक्षमा कुल १२५ सिट जितेको छ ।
५० हजार बढी अन्तरमा हराउने लेखजंग एक्ला
५० हजार मतको अन्तरमा विजयी हुने उम्मेदवार हुन् रुपन्देही-३ का डा. लेखजंग थापा । उनले कांग्रेसका सुशील गुरूङलाई ५० हजार ३७९ को मतअन्तरमा हराए । थापाले ५८ हजार ८ सय १४ मत ल्याउँदा कांग्रेसका गुरुङले ८ हजार ४ सय ३५ मत ल्याए ।
४०-५० को मतान्तरमा जित्ने बालेनदेखि रुबिनासम्म
यो निर्वाचनमा ४० देखि ५० हजारबीचको मतान्तरमा चुनाव जित्नेमा झापा-५ मा बालेन शाह देखि मोरङ ६ कि रुबिना आचार्यसम्म छिन् । एमालेको किल्ला भत्काउँदै पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले रास्वपाका बालेन शाहले ओली भन्दा ४९,६१४ मत बढी ल्याएर चुनाव जिते । बालेनले ६८ हजार ३ सय ४८ मत ल्याउँदा ओलीको जम्मा १८ हजार ७ सय ३४ मत ल्याए । जबकी यो क्षेत्रमा ओलीले विगतमा ६ वटा निर्वाचन जितिसकेका छन् ।
त्यसैगरी, झापा-४ मा पूर्वउपसभामुख समेत रहेकी रास्वपाकी इन्दिरा राना मगरले ४८,७४२ मतको अन्तरमा पूर्वसभामुख देवराज घिमिरेलाई हराइन् । इन्दिराले ६० हजार १ सय १० मत ल्याउँदा घिमिरेको ११३६८ मत मात्र आयो । चितवन-१ मा हरि ढकालले ४५,१७५ मतान्तरमा कांग्रेसका राजेन्द्रकुमार बुर्लाकोटीलाई हराए ।
४० हजारभन्दा बढी मतान्तर ल्याउने अन्य रास्वपा उम्मेदवारहरूमा रूपन्देही-२ का सुलभ खरेल पनि छन् । उनले एमालेका उपाध्यक्ष विष्णु पौडेललाई ४३,६८९ मतको अन्तरमा हराए । रुपन्देही-१ का सुनिल लम्साले ४२,८६३ मत अन्तरमा कांग्रेसका हिराबहादुर खत्रीलाई हराए । मोरङ-६ की रुविना आचार्यले ४२,६६३ मतको अन्तरमा कांग्रेस नेता शेखर कोइरालालाई हराइन् । सुनसरी-२ का लालविक्रम थापाले ४१,२७७ मत अन्तरमा कांग्रेसका राजीव कोइरालालाई हराए ।