मुख्य समाचार
मध्यपूर्वमा बढ्दो तनावकाबीच ५७ हजार बढी नेपालीले आफ्नो विवरण सरकारी संयन्त्रमा टिपाएका छन्
मध्यपूर्वमा बढ्दो तनावकाबीच ५७ हजार बढी नेपालीले आफ्नो विवरण सरकारी संयन्त्रमा टिपाएका छन्

। मध्यपूर्वमा बढ्दो तनावकाबीच ५७ हजार बढी नेपालीले आफ्नो विवरण सरकारी संयन्त्रमा टिपाएका छन् । इजरायल–अमेरिका र इरानबीच बढ्दो तनावपछि खाडी मुलुकहरूमा उत्पन्न परिस्थितिका कारण आफ्नो अवस्थाबारे जानकारी दिँदै ५७ हजार १ सय नेपालीले आफ्नो विवरण टिपाएका हुन् ।

पश्चिम एसियामा नेपाली नागरिकहरूको अवस्था अद्यावधिक विवरण संकलनका लागि कन्सुलर सेवा विभागले सञ्चालनमा ल्याएको अनलाइन दर्ता प्रणालीमा हालसम्म ५७ हजार १ सय नेपालीले आफ्नो विवरण दर्ता गराएका हुन् । दर्ता भएका विवरणहरू प्राथमिकताकासाथ अध्ययन गर्दै आवश्यकता अनुसार कदम चालिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

ती देशहरूका केही स्थानबाट सीमित रूपमा हवाई उडानहरू सञ्चालन भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालतर्फ उडान सञ्चालनका सम्बन्धमा समेत छलफल भइरहेको र इच्छुक नेपालीले उडान सञ्चालन भइरहेका स्थानहरूबाट हवाई यात्रा गर्न सक्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अति जरूरी परेका कारण साउदी अरब हुँदै नेपाल फर्कन चाहनेहरूले आफ्नो राहदानीको फोटोकपी, भिसाको फोटोकपी र ट्राभल प्लानसहितको विवरण आफू रहेको मुलुकस्थित नेपाली नियोगलाई पठाई भिसा सहजीकरणका लागि अनुरोध गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कुवेतको जेलमा ६३ जना नेपाली रहेको सरकारले जानकारी गराएको छ । बिहीबार प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री शिशिर खनालले यसबारे जानकारी गराएका हुन् । उनले कुवेतको जेलमा सयौं नेपाली रहेको भनेर हल्ला फैलाइएको र यसमा सत्यता नभएको पनि स्पष्ट पारे । उनले भने, ‘हाल कुवेतको जेलमा जम्मा ६३ जना नेपाली नागरिकहरू ...
। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले कुवेतमा ६० हजार नेपाली घरेलु श्रमिक कार्यरत रहेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा मन्त्री यादवले कुवेतमा मात्रै करिब ६० हजार घरेलु श्रमिक श्रम स्वीकृतिविना कार्यरत रहेको बताए । उनीहरूलाई कुनै अप्ठ्यारो पर्दा सहयोग गर्न कठिन हुने गरेको उनको भनाइ छ । वैदेशिक रोजगार बोर्डमार्फत ...
। नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले सोमबार भूतपूर्व ब्रिटिश गोर्खाहरुका माग सम्बन्धमा संयुक्त अधिराज्यका रक्षामन्त्री जोन हिली र भेट्रान मन्त्री श्रीमती लुइस स्यान्डर–जोन्ससँग भर्चुअल बैठक गरे । गोर्खा अभियन्ताहरुको आमरण अनसन अन्त्य गर्दै बेलायतले वार्ता थालेको झण्डै ५ वर्षमा सोमबार भएको बैठक विशेष थियो । किनभने, १९ अगष्ट, २०२१ मा बेलायत सरकार वार्तामा बस्न तयार भए यता ...
: दक्षिण कोरियाको राजधानी सिओलमा आयोजित सिओल अन्तर्राष्ट्रिय ट्राभल फेयर (एसआईटीएफ) २०२६ मा नेपालको पर्यटकीय गन्तव्य प्रवर्द्धन गरिएको छ। सिओलस्थित कोएक्स प्रदर्शनी केन्द्रमा जुन ४ देखि ७ सम्म आयोजित एसआईटीएफ-२०२६ मा नेपाल पर्यटन बोर्डको नेतृत्वमा गएको ७ वटा नेपाली पर्यटन व्यवसायीको टोलीले नेपालका आकर्षक एवं उत्कृष्ट पर्यटकीय गन्तव्यहरुको प्रवर्द्धन गरिएको हो। उक्त चारदिने अन्तर्राष्ट्रिय पर्यटन ...
। बेलायती राजा चार्ल्स तृतीयले नवगठित गोर्खा आर्टिलरी युनिटको प्रसंसा गरेका छन् । विल्टसायरको लार्कहिल ब्यारेकमा सैनिकहरूको परेडमा भाग लिँदै राजा चार्ल्सले गोर्खा सैनिकको दृढता र प्रतिबद्धताको प्रसंसा गरेका हुन् । सो अवसरमा राजालाई २१ तोपको सलामीसहित स्वागत गरिएको थियो । समारोहलाई सम्बोधन गर्दै राजा चार्ल्सले भने, ‘यसले बेलायत र नेपालबीचको स्थायी र मूल्यवान सम्बन्धको गहिराइ ...