मुख्य समाचार
एन्फाले आफैं गरेको सहमति कार्यान्वयन गर्न माग गर्दै डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा)को ध्यानाकर्षण
एन्फाले आफैं गरेको सहमति कार्यान्वयन गर्न माग गर्दै डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा)को ध्यानाकर्षण

। एन्फाले आफैं गरेको सहमति कार्यान्वयन गर्न माग गर्दै डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा)को ध्यानाकर्षण गराएका छन्। क्लबहरूले मंगलबार एन्फा मुख्यालयमा पत्रकार सम्मेलन गर्दै ध्यानाकर्षण पत्र पनि बुझाउने बताएका छन्।

हिमालयन क्लबका अध्यक्ष कर्मा छिरिङ शेर्पाले एन्फालाई ध्यानाकर्षण पत्र बुझाउने तयारी रहेको जानकारी दिए। उनका अनुसार एन्फाले क्लबहरूसँग यसअघि गरेका सहमति र निर्णयहरू कार्यान्वयन गर्नुपर्ने क्लबहरूको माग छ।

क्लबहरूले अहिलेको एन्फा नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै फुटबल प्रशासनमा सुधार तथा सहमतिहरू कार्यान्वयन गर्न आग्रह गरेका छन्। सोमबार जारी गरिएको प्रेस विज्ञप्तिमार्फत क्लबहरूले फुटबल व्यवस्थापन पारदर्शी, व्यवस्थित र व्यावसायिक बनाउन तत्काल कदम चाल्न एन्फालाई आग्रह गरेका हुन्।

विज्ञप्तिमा नेपालमा फुटबल अत्यन्त लोकप्रिय भए पनि नेतृत्वको अदूरदर्शी सोच र गैरजिम्मेवार निर्णयका कारण खेलको विकास प्रभावित भएको उल्लेख गरिएको छ। क्लबहरूले विशेषगरी शहीद स्मारक लिग सञ्चालनसम्बन्धी गरिएको सहमति कार्यान्वयन नभएकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

क्लबहरूले एन्फालाई पूर्व सहमति र निर्णयहरू कार्यान्वयन गर्न आग्रह गर्दै केही मुख्य माग अघि सारेका छन्। उनीहरूले नेपाली फुटबलको दीर्घकालीन विकासका लागि ती मागहरू तत्काल सम्बोधन गर्नुपर्ने बताएका छन्।

क्लबहरूले विगत तीन वर्षदेखि समाधान हुन नसकेका विषयहरू अहिलेको नेतृत्वले तत्काल सुरु नगरे नेपाली फुटबलको हितका लागि थप कदम चाल्न बाध्य हुने चेतावनी पनि दिएका छन्।

यसैबीच फ्रेण्ड्स क्लबका अध्यक्ष विश्वास विक्रम शाहले एन्फाले तोकिएको समयमा ए डिभिजन लिग आयोजना गर्ने विषयमा शंका व्यक्त गरे। उनले भने, ‘एन्फाले तोकिएको समयमै ए डिभिजन लिग गर्छ भन्नेमा शंका छ। एन्फाले सबैलाई झुक्काइरहेको छ।’

एन्फाले घरेलु मैदान दिलाउने प्रतिबद्धता समेत पूरा नगरेको शाहले बताए । ‘होम ग्राउन्ड उपलब्ध गराएकै छैन । क्लबलाई ट्रेनिङ गर्ने ठाउँ छैन, कहाँ गएर ट्रेनिङ गर्ने?’ शाहले प्रश्न गरे ।

यसअघि एन्फा र नेपाल फुटबल खेलाडी संघबीच ए डिभिजन लिग सञ्चालन गर्नेबारे सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम