मुख्य समाचार
ए डिभिजन लिगको उद्घाटन खेल आउँदो ३० चैतमा गर्ने
ए डिभिजन लिगको उद्घाटन खेल आउँदो ३० चैतमा गर्ने

। अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल फुटबल खेलाडी संघबीच ए डिभिजन लिगको उद्घाटन खेल आउँदो ३० चैतमा गर्ने सहमति भएको छ ।

मंगलबार एन्फा र खेलाडी संघबीच भएको छलफलपछि जुटेको सहमतिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एन्फा प्रवक्ता सुरेश शाहले सहमतिबारे जानकारी दिएका हुन् ।

खेलाडी संघले राखेका मागहरूको अन्य बुँदामा पनि सहमतिमा पुगेको शाहले जानकारी दिएका छन् ।

यसअघि आइतबार खेलाडी संघले विभिन्न मागहरू राखेर एन्फा मुख्यालयमा तालाबन्दी गरेको थियो ।

सहमति भएपछि आजै एन्फा मुख्यालयको ताला खोलिसकिएको छ ।

खेलाडी संघका अध्यक्ष विक्रम लामाले लामो समयको संघर्षपछि एन्फा लिग गराउने विषयमा स्पष्ट भएको बताए। ‘लामो समयको सडक संघर्षपछि एन्फाले लिग गर्छौं भन्ने धारणा राख्नुभयो र मिति पनि तोक्नुभयो। यसअघि गर्छौं–गर्छौं भने पनि मिति तोकिएको थिएन। हामी लगातार संघर्ष गर्दै अन्ततः ताल्चा लगाउने स्थितिमा पनि पुगेका थियौं’ उनले भने ।

एन्फाका प्रतियोगिता निर्देशक सन्जिव मिश्रले खेलाडी संघसँग भएको सहमतिअनुसार ए डिभिजन लिगको उद्घाटन खेल चैत ३० मा गर्ने निर्णय भएको बताएका छन्। उनले राष्ट्रिय लिगको तालिका संशोधन गरेर लिगका लागि समय मिलाउने योजना रहेको पनि जानकारी दिए।

मिश्रले भने, ‘खेलाडी संघसँग सम्झौता भएअनुसार चैतबाटै लिग सुरु गर्नुपर्छ भन्ने सहमति भएकाले चैत ३० गते उद्घाटन खेल गर्ने तय भएको हो। राष्ट्रिय लिग चैत ३० सम्म चल्ने तालिका भए पनि त्यसलाई रिभाइज गरेर केही अगाडि सकाउने योजना छ। चैत ३० गते एउटा खेल गरेर वैशाख २० गतेदेखि नियमित रूपमा लिगका खेल सुरु गर्ने तयारी छ।’

विसं २०७९ मा पछिल्लो संस्करणको ए डिभिजन लिग भएपछि नयाँ सिजन सुरु हुन सकेको छैन । ए डिभिजन लिग सुरु नभएको १००० दिनभन्दा बढी भइसकेको छ ।

यस्तै प्रवक्ता सुरेश शाहले थ्रीस्टार क्लब र एपीएफ क्लबमध्ये कुन टोली ए डिभिजनमा रहने भन्ने विषय आधिकारिक निर्णय आएपछि मात्रै टुंगो लाग्ने बताएका छन्।

उनले भने, ‘थ्री स्टार र एपीएफमध्ये कुन क्लब ए डिभिजनमा रहने भन्ने विषयमा आधिकारिक फैसला आएपछि अन्तिम निर्णय हुनेछ।’

छलफलमा दुवै पक्षका प्रतिनिधि सहभागी भएका थिए। खेलाडी संघतर्फबाट अध्यक्ष विक्रम लामा, खेलाडीहरू विकेश कुथु, रोहित चन्द, विराज महर्जन र अन्जन विष्ट सहभागी थिए।

एन्फातर्फबाट सचिवालय कार्यसमिति सदस्यहरू, महासचिव किरण राई, इन्द्रमान तुलाधार, रविन्द्र जोशी र प्रवक्ता सुरेश शाहलगायत उपस्थित थिए। एन्फा अध्यक्ष बाहिर रहेको कारण सम्झौताका बेला उपस्थित हुन नसकेको प्रवक्ता सुरेश शाहले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम