मुख्य समाचार
बैतडीमा समानुपातिकतर्फ अन्तिम मत परिणाम सार्वजनिक
बैतडीमा समानुपातिकतर्फ अन्तिम मत परिणाम सार्वजनिक

। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा समानुपातिकतर्फ अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी २३ हजार ७३६ मत ल्याएको छ । रास्वपा प्रत्यक्षभन्दा बढी मत ल्याएर पहिलो स्थानमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रत्यक्षतर्फ रास्वपाका हरिमोहन भण्डारीले २२ हजार १३४ ल्याएर विजयी भएका थिए ।

यस्तै नेकपा एमालेले १६ हजार ४९ मत ल्याएको छ । एमालेले समानुपातिकतर्फ भने प्रत्यक्षभन्दा कम मत ल्याएको छ । प्रत्यक्षतर्फ एमालेका उम्मेदवार दामोदर भण्डारीले १७ हजार ९१ मत ल्याएका थिए ।

समानुपातिकतर्फ नेपाली कांग्रेस तेस्रो भएको छ । कांग्रेसले १५ हजार ९०७ मत ल्याएको छ । प्रत्यक्षतर्फ कांग्रेस उम्मेदवार चतुरबहादुर चन्दले १८ हजार १९४ मत ल्याएका थिए ।


समानुपातिकतर्फ नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले ६ हजार ३३५ मत ल्याएको छ । नेकपाले पनि प्रत्यक्षको भन्दा समानुपातिकतर्फ कम मत ल्याएको छ । प्रत्यक्षतर्फ नेकपाका उम्मेदवार परमानन्द भट्टले ६ हजार ९ सय ६५ मत प्राप्त गरेका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फ ३ हजार ४७१ मत ल्याएको छ । राप्रपाले प्रत्यक्षको भन्दा समानुपातिकतर्फ बढी मत ल्याएको छ । प्रत्यक्षतर्फ राप्रपा उम्मेदवार भुपेनबहादुर चन्दले २ हजार ६८१ मत प्राप्त गरेका थिए ।

बैतडीमा समानुपातिकतर्फ ७२ हजार ३०८ मत खसेकोमा ४ हजार १२६ मत बदर भएका छन् । समानुपातिकतर्फ ६८ हजार १८२ मत सदर भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ भाग्ले नजिकै सानी भेरी नदी किनारमा दुई किशोरी मृत अवस्थामा भेटिएकी छन् । बाँफिकोट गाउँपालिका-३ गरालागोठकी १४ वर्षीया उर्मिला वली र सोही स्थानकी १२ बर्सिया कल्पना वलीको शव मङ्गलवार नदी किनारामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । उर्मिला र कल्पनाको शव ५०० मिटर दूरीको फरकमा फेला परेको ...
खेलाडी संघले आफ्ना विभिन्न मागहरू पूरा नभएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालयमा लगाएको ताला खुलेको छ
। अर्थमन्त्री रामेश्वर खनालले कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन् । अर्थमन्त्री रूपमा आफूले लिएको कूटनीतिक राहदानी परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता गरिएको जानकारी उनले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘मलाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराइएको कूटनीतिक राहदानी नं डीए०००२७१० को प्रयोजन समाप्त भएकोले परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता बुझाइदिनु ...
। प्रतिनिधिसभा निर्वाचन २०८२ को नतिजाले पुराना दलहरूलाई रास्वपाले निकै ठूलो धक्का दिएको छ । देशभरबाट प्राप्त अन्तिम मतपरिणाम तथा मतान्तरको तथ्याङ्क विश्लेषण गर्दा राष्ट्रिय स्वतन्त्र रास्वपाका ६७ उम्मेदवारहरूले २० देखि ५० हजार बढीको विशाल मतान्तरसहित सानदार जित हासिल गरेका छन्। परम्परागत शक्तिहरू नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूलाई ठूलो अन्तरले पछि पार्दै रास्वपाले ...
। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्युठानमा राष्ट्रिय जनमोर्चासहित ९ दलका उम्मेदवारको जमानत जफत भएको छ । खसेको सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्दा उनीहरू जमानत जोगाउन असफल भएका हुन् । कुनै समय मसालको ‘लाल किल्ला’ भनिने प्युठानमा उसैको खुला संगठन राष्ट्रिय जनमोर्चा (राजमो)का उम्मेदवार तिलकबहादुर जिसी ७ हजार ६५४ मतसहित पाँचौं ...