मुख्य समाचार
पोखरा एभेन्जर्सले पारिश्रमिक नदिएको भन्दै कमेन्ट गरेका न्युजिल्यान्डका अलराउण्डर जिमी नीशमले आफ्नो कमेन्ट हटाएका छन्
पोखरा एभेन्जर्सले पारिश्रमिक नदिएको भन्दै कमेन्ट गरेका न्युजिल्यान्डका अलराउण्डर जिमी नीशमले आफ्नो कमेन्ट हटाएका छन्

। नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले पारिश्रमिक नदिएको भन्दै कमेन्ट गरेका न्युजिल्यान्डका अलराउण्डर जिमी नीशमले आफ्नो कमेन्ट हटाएका छन् ।

आइतबार आईसीसी टी-२० विश्वकप २०२६ को फाइनलमा भारतसँग पराजित भएपछि नीशमले पोखरा एभेन्जर्सको इन्सटाग्राम पोस्टमा कमेन्ट गर्दै ‘खेलाडीको पारिश्रमिक देऊ’ भनेर कमेन्ट लेखेका थिए ।

यस विषयमा राष्ट्रिय देखि अन्तर्राष्ट्रिय रूपमा चर्चा भएको थियो । पोखरा एभेन्जर्सले उनको पारिश्रमिकको केही हिस्सा दिन बाँकी रहेको र अर्को सातासम्म बाँकी पारिश्रमिक दिने सहमति भएको जानकारी गराएपनि नीशमले कमेन्टमा त्यसो लेखेका थिए ।

तर सोमबार रातिसम्ममा नै नीशमले आफूले लेखेको कमेन्ट हटाएका हुन् । उनले फाइनल हारेको पीडामा कमेन्ट लेखेको जस्तो देखिएको छ । उनी त्यसमा अडिग रहन सकेनन् र पछि कमेन्ट हटाए ।


इन्डियन प्रिमियर लिग (आईपीएल) देखि विश्वका फ्रेन्चाइजहरु खेलिसकेका न्युजिल्यान्ड राष्ट्रिय क्रिकेटर नीशमले कमेन्ट लेखेर किन हटाए भन्ने मुख्य प्रश्न बनेको छ ।

विश्वकै चर्चित खेलाडीले पारिश्रमिक नपाएको कुरा कमेन्ट गर्दा पोखरा एभेन्जर्स मात्र नभई नेपाल प्रिमियर लिग र नेपाली क्रिकेटमाथि नै प्रश्न उठेको थियो ।

तर अहिले आफूले लेखेको कमेन्ट एक दिन पनि नबित्दै हटाएपछि अहिले उनै माथि कमेन्ट किन हटाए भनेर प्रश्न उठेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम