। नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा एकजना प्रहरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, सुनसरीस्थित सञ्चार शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक मुक्त नारायण श्रेष्ठले बढुवाका लागि पेस गरेको शैक्षिक योग्यताका प्रमाणपत्रहरू नक्कली रहेको फेला परेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले बताए ।
अख्तियारका अनुसार श्रेष्ठले नेपाल प्रहरी सेवाको प्रहरी सहायक निरीक्षक पदमा बढुवा हुँदा केन्द्रीय माध्यामिक शिक्षा बोर्ड, दिल्ली भारतबाट जारी भएको देखिएको छ ।
अख्तियारले शैक्षिक योग्यताको झुट्टा तथा नक्कली प्रमाणपत्रहरू पेस गरी राष्ट्रसेवकको ओहदा प्राप्त गरी हालसम्म नेपाल सरकारबाट निवृत्तभरण सहितको हैसियत, लाभ, सुविधा लिई भ्रष्टाचारजन्य कसुर गरेकोले भ्रष्टाचार निवरण ऐन बमोजिम कैद र जरिवाना सजाय हुन माग दाबी गरेको छ ।