। सप्तरीमा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ ।
सप्तरीको राजविराज नगरपालिका-७ स्थित सर्वजानिक पल्टुदास पोखरीमा डुबेर सोही नगरपालिका-३ बस्ने २७ वर्षीय बौवा दासको मंगलबार बिहान मृत्यु भएको छ ।
डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ उनको खोजीका लागि प्रहरी टोली परिचालन भएको थियो । खोजी गर्ने क्रममा उनी डुबेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।