मुख्य समाचार
मध्यपूर्व द्वन्द्वले भारतमा ग्यास संकट, रेस्टुरेन्ट व्यवसाय बन्द हुने जोखिममा
मध्यपूर्व द्वन्द्वले भारतमा ग्यास संकट, रेस्टुरेन्ट व्यवसाय बन्द हुने जोखिममा

। मध्यपूर्वमा जारी युद्धका कारण इन्धन आपूर्तिमा अवरोध आएपछि भारत सरकारले प्राकृतिक ग्यास र खाना पकाउने ग्यासको वितरण कडा बनाएको छ । सरकारी आदेशपछि देशभरका रेस्टुरेन्ट तथा होटलहरूले ग्यास आपूर्ति रोकिँदा व्यापक रूपमा व्यवसाय बन्द हुन सक्ने चेतावनी दिएका छन् ।

भारत विश्वकै सबैभन्दा धेरै जनसङ्ख्या भएको देश हो र तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) को चौथो ठूलो क्रेता मानिन्छ । त्यस्तै खाना पकाउन प्रयोग हुने तरलीकृत पेट्रोलियम ग्यास (एलपीजी) को दोस्रो ठूलो आयातकर्ता पनि भारत नै हो, जसको ठूलो हिस्सा मध्यपूर्वबाट आउने गर्दछ ।

पेट्रोलियम मन्त्रालयले मंगलबार जारी गरेको आदेशमा मध्यपूर्वमा जारी द्वन्द्वका कारण होर्मुज जलडमरूमध्य हुँदै हुने एलएनजी ढुवानीमा अवरोध आएको उल्लेख गरेको छ । मन्त्रालयका अनुसार नयाँ व्यवस्था लागू गरेर प्राथमिकता क्षेत्रहरूमा ग्यासको समान वितरण र निरन्तर उपलब्धता सुनिश्चित गर्ने उद्देश्य राखिएको छ ।

सरकारले घरपरिवार, यातायात क्षेत्र र एलपीजी उत्पादनलाई ग्यास आपूर्तिमा पहिलो प्राथमिकता दिन आदेश दिएको छ । यसबाहेक मल कारखाना र चिया उद्योगजस्ता अन्य क्षेत्रले उपलब्धताका आधारमा आफ्नो आवश्यकताको करिब ७० देखि ८० प्रतिशत मात्रै ग्यास पाउनेछन् ।

आपूर्ति सन्तुलन मिलाउन पेट्रोकेमिकल उद्योग र विद्युत् उत्पादन केन्द्रहरूमा दिइने ग्यास पूर्ण वा आंशिक रूपमा कटौती गरिने जनाइएको छ । ग्यास आपूर्तिमा कटौती सुरु भइसकेको भन्दै केही भारतीय उद्योगहरूले उत्पादनमा असर पर्न सक्ने चेतावनी दिइसकेका छन् । सिरेमिक र टाइल उत्पादन गर्ने धेरै कम्पनीले ग्यास अभावका कारण उत्पादन प्रभावित हुन सक्ने बताएका छन् ।

यसैबीच घरपरिवारलाई एलपीजी आपूर्तिमा प्राथमिकता दिने अर्को सरकारी आदेश सोमबार जारी भएपछि रेस्टुरेन्ट र होटल व्यवसायीहरू थप चिन्तित बनेका छन् ।

भारतको नेसनल रेस्टुरेन्ट एसोसिएसनले सरकारी निर्णयपछि देशभरका एलपीजी आपूर्तिकर्ताहरूले रेस्टुरेन्टहरूमा ग्यास आपूर्ति रोक्न सक्ने संकेत दिएको जनाएको छ ।

संस्थाका अनुसार रेस्टुरेन्ट उद्योग सञ्चालनका लागि मुख्य रूपमा व्यावसायिक एलपिजीमा निर्भर रहने भएकाले आपूर्तिमा कुनै अवरोध आए व्यापक रूपमा व्यवसाय बन्द हुने जोखिम छ ।

‘रेस्टुरेन्ट उद्योग मुख्यतया आफ्नो सञ्चालनका लागि व्यावसायिक एलपीजीमा निर्भर छ,’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसमा अवरोध आए धेरैजसो रेस्टुरेन्टहरू विनाशकारी रूपमा बन्द हुन सक्छन् ।’

दक्षिण भारतको प्रविधि केन्द्रका रूपमा चिनिने बेङ्गलुरुमा होटल उद्योग सङ्घका प्रमुख पीसी रावले पनि स्थिति चिन्ताजनक भएको बताए । उनका अनुसार ग्यास आपूर्ति प्रभावित भइसकेको छ र धेरै साना रेस्टुरेन्ट तथा होटलमा एकदेखि दुई दिनका लागि मात्र ग्यास मौज्दात बाँकी छ ।

‘अवस्था डरलाग्दो छ,’ रावले भने, ‘अब धेरै प्रतिष्ठानहरूले परिस्थितिलाई ध्यानमा राख्दै आफ्नो मेनु घटाउने वा परिवर्तन गर्नेबारे सोच्न थालेका छन् ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ भाग्ले नजिकै सानी भेरी नदी किनारमा दुई किशोरी मृत अवस्थामा भेटिएकी छन् । बाँफिकोट गाउँपालिका-३ गरालागोठकी १४ वर्षीया उर्मिला वली र सोही स्थानकी १२ बर्सिया कल्पना वलीको शव मङ्गलवार नदी किनारामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । उर्मिला र कल्पनाको शव ५०० मिटर दूरीको फरकमा फेला परेको ...
खेलाडी संघले आफ्ना विभिन्न मागहरू पूरा नभएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालयमा लगाएको ताला खुलेको छ
। अर्थमन्त्री रामेश्वर खनालले कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन् । अर्थमन्त्री रूपमा आफूले लिएको कूटनीतिक राहदानी परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता गरिएको जानकारी उनले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘मलाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराइएको कूटनीतिक राहदानी नं डीए०००२७१० को प्रयोजन समाप्त भएकोले परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता बुझाइदिनु ...
। प्रतिनिधिसभा निर्वाचन २०८२ को नतिजाले पुराना दलहरूलाई रास्वपाले निकै ठूलो धक्का दिएको छ । देशभरबाट प्राप्त अन्तिम मतपरिणाम तथा मतान्तरको तथ्याङ्क विश्लेषण गर्दा राष्ट्रिय स्वतन्त्र रास्वपाका ६७ उम्मेदवारहरूले २० देखि ५० हजार बढीको विशाल मतान्तरसहित सानदार जित हासिल गरेका छन्। परम्परागत शक्तिहरू नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूलाई ठूलो अन्तरले पछि पार्दै रास्वपाले ...
। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्युठानमा राष्ट्रिय जनमोर्चासहित ९ दलका उम्मेदवारको जमानत जफत भएको छ । खसेको सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्दा उनीहरू जमानत जोगाउन असफल भएका हुन् । कुनै समय मसालको ‘लाल किल्ला’ भनिने प्युठानमा उसैको खुला संगठन राष्ट्रिय जनमोर्चा (राजमो)का उम्मेदवार तिलकबहादुर जिसी ७ हजार ६५४ मतसहित पाँचौं ...