मुख्य समाचार
अमेरिका, इजरायल र इरानबीच जारी युद्धको बीचमा होर्मुज घाँटी नजिकै रहेको खार्ग टापुको महत्त्व अचानक बढेको छ
अमेरिका, इजरायल र इरानबीच जारी युद्धको बीचमा होर्मुज घाँटी नजिकै रहेको खार्ग टापुको महत्त्व अचानक बढेको छ

। अमेरिका, इजरायल र इरानबीच जारी युद्धको बीचमा होर्मुज घाँटी नजिकै रहेको खार्ग टापुको महत्त्व अचानक बढेको छ। केही सञ्चारमाध्यमका रिपोर्टहरूमा दाबी गरिएअनुसार, ट्रम्प प्रशासनले यस टापुमा कब्जा जमाउन सैन्य विकल्पहरूमाथि विचार गरिरहेको छ, किनभने यसलाई इरानको तेल आम्दानीको सबैभन्दा ठूलो केन्द्र मानिन्छ।

वास्तवमा इरानको करिब ८० देखि ९० प्रतिशत कच्चा तेलको निर्यात यही टापुबाट हुन्छ। यहाँ ठूला तेल टर्मिनल, पाइपलाइन, भण्डारण ट्याङ्क र जहाजहरूमा तेल भर्ने सुविधाहरू छन्। यहाँबाट हरेक दिन करिब ७० लाख ब्यारेलसम्म तेल जहाजहरूमा भर्न सकिन्छ।

सन् १९६० को दशकमा वैदेशिक लगानीपछि यस ठाउँलाई ठूलो तेल निर्यात केन्द्रको रूपमा विकास गरिएको थियो र त्यसबेलादेखि यो इरानको तेल आपूर्तिको मेरुदण्ड बनेको छ।

हडसन इन्स्टिच्युटका सिनियर फेलो माइकल डोरान भन्छन्, ‘ट्रम्प प्रशासन युद्धपछि पनि इरानको सम्पूर्ण अर्थतन्त्रलाई ध्वस्त पार्न चाहँदैन। अमेरिकाको पुरानो रेड लाइन अर्थात तोकिएको सीमा भनेको केही विशेष र महत्त्वपूर्ण लक्षित स्थानहरूमा आक्रमण नगर्नु हो।’

डोरानका अनुसार यदि यी ठाउँहरूमा आक्रमण भयो भने इरानले ठूलो मात्रामा जवाफी हमला गर्न सक्छ, जसले तेस्रो विश्वयुद्ध जस्तो परिस्थिति सिर्जना गर्न सक्छ।

युद्धको बीचमा पनि तेल निर्यात जारी

अमेरिका र इजरायलले इरानका धेरै सैन्य अखडाहरू र आणविक केन्द्रहरूलाई निशाना बनाएका छन्, तर खार्ग टापुमा हालसम्म आक्रमण भएको छैन। स्याटेलाइट डाटा र जहाजहरूको निगरानी गर्ने कम्पनीहरूका अनुसार युद्ध जारी रहे पनि इरानले यहाँबाट निरन्तर तेल निर्यात गरिरहेको छ।

रिपोर्टका अनुसार फेब्रुअरी २८ यता करिब १ करोड २० लाख ब्यारेल भन्दा बढी तेल ट्याङ्करहरूमार्फत बाहिर पठाइएको छ। इरानका धेरै जहाजहरूले आफ्नो ट्र्याकिङ प्रणाली (लोकेसन देखाउने प्रविधि) बन्द गरेर यात्रा गर्ने भएकाले वास्तविक तथ्याङ्क योभन्दा बढी हुन सक्छ।

‘डार्क फ्लिट’ मार्फत पठाइँदैछ तेल

इरानले धेरै पटक यस्ता ट्याङ्करहरूको प्रयोग गर्छ जसलाई ‘डार्क फ्लिट’ भनिन्छ। यी जहाजहरूले आफ्नो लोकेसन देखाउने ट्र्याकिङ मेसिन बन्द गरिदिन्छन्, जसले गर्दा उनीहरूलाई ट्र्याक गर्न गाह्रो हुन्छ। खार्ग टापु पर्सियन खाडीमा इरानको तटबाट करिब २५ देखि ३० किलोमिटर टाढा अवस्थित छ।

हालै एउटा ठूलो तेल ट्याङ्कर होर्मुज घाँटी पार गर्ने क्रममा केही समयका लागि ट्र्याकिङबाट गायब भएको थियो र पछि फेरि देखा पर्‍यो। रिपोर्टमा उक्त जहाज एसियातर्फ गइरहेको बताइएको थियो।

खार्ग टापु नजिकै विश्वका महत्त्वपूर्ण तेल मार्ग

खार्ग टापु होर्मुज घाँटीको निकै नजिक छ। यो विश्वको सबैभन्दा महत्त्वपूर्ण समुद्री तेल मार्गहरू मध्ये एक हो। विश्वको करिब २० प्रतिशत तेल यही बाटो भएर जान्छ। यदि यस क्षेत्रमा आक्रमण भयो वा जहाजहरूको आवतजावत रोकियो भने विश्वभर तेलको आपूर्ति प्रभावित हुन सक्छ र मूल्य द्रुत रूपमा बढ्न सक्छ।



रिपोर्टका अनुसार, अमेरिकी प्रशासनले यदि खार्ग टापुको तेल टर्मिनललाई ध्वस्त पारियो वा त्यसमाथि कब्जा गरियो भने इरानको सबैभन्दा ठूलो आम्दानी बन्द हुन सक्ने कुरामा विचार गरिरहेको छ।

विज्ञहरू भन्छन्- तेल बिक्रीबाट प्राप्त हुने पैसा इरान सरकार र यसको सैन्य शक्तिको लागि सबैभन्दा ठूलो आर्थिक साहारा हो। यदि यो आम्दानी रोकियो भने इरानलाई लामो समयसम्म युद्ध जारी राख्न गाह्रो हुन सक्छ।

आक्रमण भए कस्तो असर पर्ला?

विज्ञहरूका अनुसार, यदि खार्ग टापुमा आक्रमण भयो भने यसका दुई ठूला असर हुन सक्छन् । पहिलो, इरानको तेलबाट हुने आम्दानी अचानक घट्न सक्छ। दोस्रो, विश्वभर तेलको मूल्य तीव्र रूपमा बढ्न सक्छ।

केही अनुमानका अनुसार यदि यहाँबाट आपूर्ति रोकियो भने तेलको मूल्य प्रति ब्यारेल करिब १० डलरसम्म बढ्न सक्छ।

इरानको तेल उत्पादन क्षमता

हाल इरानले करिब ३३ लाख ब्यारेल कच्चा तेल उत्पादन गर्छ। यसबाहेक करिब १३ लाख ब्यारेल कन्डेन्सेट र अन्य तरल इन्धन पनि उत्पादन गर्छ। यसरी कुल विश्वव्यापी ऊर्जा आपूर्तिको ४.५ प्रतिशत हिस्सा इरानबाट आउँछ।

इरानका ठूला तेल क्षेत्रहरू जस्तै अहवाज, मारुन र गचसरानबाट पाइपलाइनहरू सिधै खार्ग टापुसम्म आउँछन्। यहाँ तेललाई ठूला भण्डारण ट्याङ्कहरूमा राखिन्छ र त्यसपछि ट्याङ्कर जहाजहरूमा भरेर विश्वका विभिन्न देशहरूमा पठाइन्छ।

यस टापुमा करिब ३ करोड ब्यारेल तेल भण्डारण गर्ने क्षमता छ। हालको अनुमान अनुसार यहाँ करिब १ करोड ८० लाख ब्यारेल तेल भण्डारणमा छ, जुन सामान्य अवस्थामा १० देखि १२ दिनको निर्यात बराबर हो।

सञ्चारमाध्यमका रिपोर्टहरूका अनुसार युद्ध सुरु हुनुभन्दा ठीक अघि इरानले खार्ग टापुबाट तेल निर्यात तीव्र रूपमा बढाएको थियो। फेब्रुअरी १५ देखि २० को बीचमा तेल निर्यात प्रतिदिन ३० लाख ब्यारेल भन्दा बढी पुगेको थियो, जुन सामान्यभन्दा झण्डै तेब्बर थियो। युद्ध सुरु हुनुअघि इरानले सकेसम्म धेरै तेल बाहिर पठाउने प्रयास गरेको मानिएको छ।

इरान-इराक युद्धमा खार्ग टापुमाथि आक्रमण भएको थियो

खार्ग टापु पहिले पनि धेरै पटक रणनीतिक चर्चाको विषय बनेको छ। सन् १९७९ को इरान बन्धक सङ्कटको समयमा अमेरिकी राष्ट्रपति जिमी कार्टरलाई यो टापु कब्जा गर्न सल्लाह दिइएको थियो, तर उनले त्यसो गरेनन्।

सन् १९८० को दशकमा राष्ट्रपति रोनाल्ड रेगनको समयमा अमेरिकाले इरानका केही अन्य तेल सुविधाहरूमा आक्रमण गरेको थियो, तर खार्ग टापुलाई निशाना बनाइएको थिएन।

यद्यपि, इरान-इराक युद्धको क्रममा इराकी आक्रमणबाट यस टापुको तेल टर्मिनलमा भारी क्षति पुगेको थियो, तर पछि इरानले यसलाई पुनर्निर्माण गर्‍यो।

अहिलेसम्म किन आक्रमण गरिएन?

विज्ञहरूका अनुसार खार्ग टापुमा आक्रमण गर्दा विश्वभरको तेल बजारमा ठूलो सङ्कट पैदा हुन सक्छ। तेलको मूल्य द्रुत रूपमा बढ्न सक्छ, जहाजहरूको आवतजावत प्रभावित हुन सक्छ र खाडी क्षेत्रमा युद्ध अझै फैलिन सक्छ।

यही कारण हो कि अहिलेसम्म अमेरिका र उसका सहयोगी राष्ट्रहरूले पहिले इरानको सैन्य र आणविक क्षमतालाई कमजोर पार्ने रणनीतिमा काम गरिरहेका छन्। त्यसैले हाल यो सानो टापु प्रत्यक्ष युद्धको मैदान बनेको छैन, तर आउने समयमा युद्धको दिशा तय गर्न यसले ठूलो भूमिका खेल्न सक्छ।

एजेन्सीहरूको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम