मुख्य समाचार
प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखामा एमालेका उम्मेदवार मिलन गुरुङ (चक्रे मिलन)सहित १९ जनाको जमानत जफत
प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखामा एमालेका उम्मेदवार मिलन गुरुङ (चक्रे मिलन)सहित १९ जनाको जमानत जफत

। हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखामा एमालेका उम्मेदवार मिलन गुरुङ (चक्रे मिलन)सहित १९ जनाको जमानत जफत भएको छ । दुई वटा निर्वाचन क्षेत्र रहेको गोरखामा उनीसहित कुल २५ जनाले उम्मेदवारी दिएका थिए ।

खसेको सदर मतको १० प्रतिशत ल्याउन नसक्दा जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । गोरखा–२ मा कुल ५७ हजार १५६ मत खसेको थियो । जसमा ५४ हजार १४७ सदर मत थियो ।




जमानत जोगाउन ५ हजार ४१५ मत ल्याउनुपर्ने भए पनि चक्रे मिलनले ३ हजार ८७ मात्र प्राप्त गरे ।

त्यस्तै उज्यालो नेपाल पार्टीका बलराम तामाङले ६३९, राप्रपाका कुलबहादुर बस्नेतले २९२, मंगोल नेशनल अर्गनाइजेसनका सोमबहादुर गुरुङले २९०, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का टेकबहादुर प्रधानले १३०, नेशनल रिपब्लिक नेपालका प्रसाद गुरुङले १११, स्वतन्त्र उम्मेदवार चुडाप्रसाद ढकालले ८०, आम जनता पार्टीकी कल्पना कुमालले ४१, नेपाल मजदुर किसान पार्टीका रामशरण बुढाथोकीले ३० र स्वतन्त्र उमेदवार हरि पोखरेलले १४ मत प्राप्त गरेका छन् ।

१० प्रतिशत मत नआएकै कारण उनीहरुको पनि जमानत जफत भएको हो । सो क्षेत्रबाट कुल १३ जनाको उम्मेदवारी परेको थियो ।

यता १२ जना उम्मेदवार रहेको गोरखा–१ मा १० जनाको जमानत जफत भएको छ । एमालेका रामचन्द्र लामिछाने (३७३२), उज्यालो नेपाल पार्टीका रामकाजी राना मगर ४८९, राप्रपाका केदारमणी खनाल ३१०, संयुक्त नागरिक पार्टीका जितबहादुर घले १६५, मंगोल नेशनल अर्गनाइजेसनका देवबहादुर थापा १४२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का बिष्णुप्रसाद रिजाल ५७, नेशनल रिपब्लिक नेपालका आकाश राना मगर ३५, स्वतन्त्र उमेदवार कविता भट्टराई २३ र नेपाल मजदुर किसान पार्टीकी मनुकुमारी श्रेष्ठ १९को जमानत जफत भएको हो ।

कुल सदर मतको दश प्रतिशत नपुगेका कारण उनीहरुको जमानत जफत भएको हो । सो क्षेत्रमा कुल ६३ हजार ६०९ मत खसेको थियो । जसमध्ये ६१ हजार ३९० सदर थिए । जमानत जोगाउनका लागि ६ हजार १३९ मत ल्याउनुपर्ने थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी दिनमा देशले पश्चाताप गर्न नपर्ने गरी काम गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सुझाव दिएको छ । राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले सामाजिक सञ्जालमार्फत आगामी दिनमा देशले पश्चाताप गर्न नपर्ने गरी काम गर्न रास्वपालाई सुझाव दिएका हुन् । उनले लेखेका छन्, ‘निर्वाचनको परिणामले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अभूतपूर्व सफलता दिलाएको छ । यो निर्वाचनको ...
। ग्यास विक्रेता महासंघ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने र सरकारले तोकेको मूल्यभन्दा बढी लिने जोकोहीलाई कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ । महासंघले मंगलबार विज्ञप्ति जारी गर्दै बजारमा ग्यास अभाव भएको र केही ठाउँमा विक्रेताहरूले अनुचित मूल्य लिएर उपभोक्तालाई मर्कामा पारेको समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मध्यपूर्वमा देखिएको ...
। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा समानुपातिकतर्फ अन्तिम मत परिणाम सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी २३ हजार ७३६ मत ल्याएको छ । रास्वपा प्रत्यक्षभन्दा बढी मत ल्याएर पहिलो स्थानमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रत्यक्षतर्फ रास्वपाका हरिमोहन भण्डारीले २२ हजार १३४ ल्याएर विजयी भएका थिए । यस्तै नेकपा एमालेले १६ ...
। काठमाडौं–३ बाट नवनिर्वाचित सांसद राजुनाथ पाण्डेले अबको प्रधानमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह(बालेन) नै हुनेमा शंका नगर्न आग्रह गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकारहरूसँग कुराकानी गर्दै सांसद पाण्डेले पार्टीको लाइन विपरीत दायाँबायाँ कुरा नगर्न पनि रास्वपाका नेतासँग आग्रह गरे । कुराकानीका क्रममा पत्रकारहरूले रास्वपा उपसभापति डीपी अर्यालले केही दिनअघि बालेनलाई पाँच वर्ष प्रधानमन्त्री ...
। दोर्दी गाउँपालिका–४ लामीडाँडामा जिपले च्याप्दा एक जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो ग १ ज ७०९२ नम्बरको बोलेरो जिपले च्याप्दा दोर्दी गाउँपालिका–४ ठुलाखेतका २९ वर्षीय कुमार गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । प्रहरी निरीक्षक अभिषेक पाण्डेका अनुसार मृतक गुरुङ सो जितका चालक हुन् । जिप ‘स्टार्ट’ गरेर पछाडिको ‘ओत’ निकाल्न ...