मुख्य समाचार
प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिकूल अवस्थामा पनि निर्वाचन सम्पन्न गराउन खटिने राष्ट्रसेवक कर्मचारीप्रति आभार प्रकट
प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिकूल अवस्थामा पनि निर्वाचन सम्पन्न गराउन खटिने राष्ट्रसेवक कर्मचारीप्रति आभार प्रकट

। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिकूल अवस्थामा पनि निर्वाचन सम्पन्न गराउन खटिने राष्ट्रसेवक कर्मचारीप्रति आभार प्रकट गरेका छन् । निर्वाचनका लागि विभिन्न निकायबाट काजमा आयोगमा खटिएका कर्मचारीको मंगलबार बिदाइ समारोहलाई सम्बोधन गर्दै भण्डारीले आभार प्रकट गरेका हुन् ।

उनले भदौ २७ गते राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गर्दा निर्वाचन हुन्छ र ? भन्ने प्रश्न आम रूपमा उठेको स्मरण गरे । ‘भदौ २३ र २४ गतेको घटनापछि सुरक्षा पेचिलो विषय थियो,’ उनले भने, ‘निर्वाचन घोषणा भएको एक महिनासम्म पनि दलहरू एक ठाउँमा बस्न सक्ने अवस्था थिएन । आयोगले नै दलहरूलाई एकै ठाउँमा राखेर संवाद आरम्भ गराएको थियो ।’




अहिले निर्वाचनको परिणाम ल्याउन आयोग सफल भएको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बताए । निर्वाचन सम्पन्न गरेर राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने तयारीमा आयोग रहेको पनि उनले जानकारी दिए ।

आयोगका सचिव कृष्णबहादुर राउतले विभिन्न निकायबाट काजमा खटिई आएका कर्मचारीको ‘टिम वर्क’ ले तोकिएको समयमा निर्वाचन सम्भव भएको बताए ।

निर्वाचनमा खटिएका सबै राष्ट्रसेवक कर्मचारीकै कारण २३ हजार ११२ मतदान केन्द्र र १४३ वटा अस्थायी केन्द्रमा कुनै सामान्य खालका समस्या नभई निर्वाचन सम्पन्न भएको उनले बताए ।

निर्वाचनका लागि विभिन्न निकायबाट गरी १४१ कर्मचारी आयोगमै काजमा आएर काम गरेको प्रशासन शाखा प्रमुख एवं सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिए । निर्वाचन सम्पन्न भएसँगै सबै कर्मचारीको काज फिर्ता सुरु भएको उनले बताए । –रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी दिनमा देशले पश्चाताप गर्न नपर्ने गरी काम गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सुझाव दिएको छ । राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले सामाजिक सञ्जालमार्फत आगामी दिनमा देशले पश्चाताप गर्न नपर्ने गरी काम गर्न रास्वपालाई सुझाव दिएका हुन् । उनले लेखेका छन्, ‘निर्वाचनको परिणामले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अभूतपूर्व सफलता दिलाएको छ । यो निर्वाचनको ...
। ग्यास विक्रेता महासंघ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने र सरकारले तोकेको मूल्यभन्दा बढी लिने जोकोहीलाई कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ । महासंघले मंगलबार विज्ञप्ति जारी गर्दै बजारमा ग्यास अभाव भएको र केही ठाउँमा विक्रेताहरूले अनुचित मूल्य लिएर उपभोक्तालाई मर्कामा पारेको समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मध्यपूर्वमा देखिएको ...
। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा समानुपातिकतर्फ अन्तिम मत परिणाम सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी २३ हजार ७३६ मत ल्याएको छ । रास्वपा प्रत्यक्षभन्दा बढी मत ल्याएर पहिलो स्थानमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रत्यक्षतर्फ रास्वपाका हरिमोहन भण्डारीले २२ हजार १३४ ल्याएर विजयी भएका थिए । यस्तै नेकपा एमालेले १६ ...
। काठमाडौं–३ बाट नवनिर्वाचित सांसद राजुनाथ पाण्डेले अबको प्रधानमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह(बालेन) नै हुनेमा शंका नगर्न आग्रह गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकारहरूसँग कुराकानी गर्दै सांसद पाण्डेले पार्टीको लाइन विपरीत दायाँबायाँ कुरा नगर्न पनि रास्वपाका नेतासँग आग्रह गरे । कुराकानीका क्रममा पत्रकारहरूले रास्वपा उपसभापति डीपी अर्यालले केही दिनअघि बालेनलाई पाँच वर्ष प्रधानमन्त्री ...
। दोर्दी गाउँपालिका–४ लामीडाँडामा जिपले च्याप्दा एक जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो ग १ ज ७०९२ नम्बरको बोलेरो जिपले च्याप्दा दोर्दी गाउँपालिका–४ ठुलाखेतका २९ वर्षीय कुमार गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । प्रहरी निरीक्षक अभिषेक पाण्डेका अनुसार मृतक गुरुङ सो जितका चालक हुन् । जिप ‘स्टार्ट’ गरेर पछाडिको ‘ओत’ निकाल्न ...