मुख्य समाचार
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)सँग टेलिफोन वार्ता
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)सँग टेलिफोन वार्ता

: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)सँग टेलिफोन वार्ता गरेका छन्।


भारतीय प्रधानमन्त्री मोदीले रवि-बालेनसँग टेलिफोन वार्ता भएको सामाजिक सञ्जालमार्फत जनाएका छन्। वार्ताका क्रममा मोदीले नेपालमा सम्पन्न निर्वाचनमा लामिछानेको विजय तथा रास्वपाको उल्लेखनीय सफलताप्रति बधाई दिए।


मोदीले रवि र बालेनसँग छुट्टा-छुट्टै संवाद गरेका हुन्। उनले दुवै नेतालाई निर्वाचन सफलताका लागि बधाई दिँदै आगामी नयाँ सरकार गठनका लागि शुभकामना दिएका थिए। भारत नेपालसँग पारस्परिक समृद्धि, प्रगति र दुवै देशका जनताको हितका लागि सहकार्य गर्न प्रतिबद्ध रहेको प्रधानमन्त्री मोदीको भनाइ छ।

उनले भारत-नेपाल सम्बन्ध आगामी वर्षहरूमा अझ उचाइमा पुग्ने विश्वास व्यक्त गर्दै दुवै देशबीच संयुक्त प्रयासबाट सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सकिने बताए।

लामिछाने नेतृत्वको रास्वपाले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ मात्रै १२५ सिट जिटेको छ। समानुपातिक मतगणनामा पनि रास्वपा धेरै अगाडि छ। दुवैतर्फको सिट जोड्दा रास्वपा एक्लैले दुई तिहाइ सिट ल्याउने देखिन्छ।

दुई तिहाइकै सरकार बनाउने भएपछि भारतीय प्रधानमन्त्री मोदीले रास्वपा नेतृत्वसँग संवाद गरेका हुन्। भारतीय प्रधानमन्त्री मोदीले यसअघि नै सफलतापूर्वक चुनाव गराएकोमा सुशीला नेतृत्वको सरकारलाई बधाई दिएका थिए। भारतीय विदेश मन्त्रालयले पनि नेपाल सरकारलाई बधाई दिँदै आगामी सरकारसँग सहकार्य गर्ने बताएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— काठमाडौंमा १० दिनदेखि रोकिएको कतार एयरवेजको बोइङ ड्रिमलाइनर विमान आज राति १० बजे लण्डन उड्ने भएको छ । उडान सुरक्षासम्बन्धी क्षेत्रीय तनावका कारण नेपालमा रोकिएको उक्त विमान गैरनियमित (नन्–सेड्युल्ड) चार्टर उडान अनुमतिमार्फत लण्डनको हिथ्रो विमानस्थलसम्म पुग्नेछ । संयुक्त राज्य अमेरिका र इजरायलले १६ फागुनमा इरानमा संयुक्त सैन्य हमला गरेपछि खाडी क्षेत्रका ९ मुलुकमा हवाइ सुरक्षा ...
— सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले निर्वाचन सुरक्षालाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउनु अग्निपरीक्षा रहे पनि सफलतापूर्वक जिम्मेवारी पूरा गरी उत्तिर्ण भएको बताएका छन् । निर्वाचन सुरक्षा तथा व्यवस्थापनमा खटिएका उच्च पदस्थ अधिकारीहरूलाई सोमबार सशस्त्र प्रहरी मुख्यालयमा सम्बोधन गर्दै महानिरीक्षक अर्यालले भयरहित वातावरणमा निर्वाचन सुरक्षा व्यवस्थापन गरेर उत्कृष्ट जिम्मेवारी निर्वाह गरेकामा आभार व्यक्त गरे ...
— बाग्मती प्रदेश सभा सदस्य पद त्यागेर प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका ५ जनामध्ये २ जना मात्रै निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा गएका सुनिल केसी र युवराज दुलाल विजयी भएका हुन् । प्रदेशसभा सदस्य त्यागेर प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका अमनकुमार मास्के, प्रकाश श्रेष्ठ र बसन्तप्रसाद मानन्धर पराजित भएका हुन् । सुनिल केसीले काठमाडौं–२ बाट ...
— जिल्ला अदालतबाट लागु औषध मुद्दामा सजायको फैसला भएपछि फरार रहेका बर्दिया मधुवन नगरपालिका–९ का ३२ वर्षीय ईश्वर परियारलाई प्रहरीले पक्राउ गरेको छ । अदालतले ४ कार्तिक ०८१ म दोषी ठहर गर्दै जेल र क्षतिपुर्तिको आदेश दिएको थियो । अदालतले ९ महिना २४ दिन कैद सजाय, ५० हजार क्षतिपुर्ति र १ हजार ८ सय रुपैयाा ...
— पूर्वसंघीय मन्त्री एवं लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्रीसहित दाङमा ५१ जनाको धरौटी जफत भएको छ । जिल्लामा तीन निर्वाचन क्षेत्रमा ६० उम्मेदवार रहेकामा ९ जनाको मात्र १० प्रतिशतभन्दा बढी मत कटेको छ । अन्य ५१ जनाको धरौटी जफत भएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ । क्षेत्र नं १ मा १४ जनामध्ये दुई जनाले मात्रै ...