मुख्य समाचार
अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन हाललाई स्थगित गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पत्राचार
अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन हाललाई स्थगित गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पत्राचार

: अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन हाललाई स्थगित गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पत्राचार गरेको छ।सोमबार राखेपले संघ संस्था शाखा समन्वयका प्रमुख चन्द्रकुमार राईको हस्ताक्षर सहितको पत्र एन्फालाई जारी गरेको हो।


आगामी चैत्र १३ गतेका लागि तोकिएको एन्फाको निर्वाचन हाललाई स्थगित गर्न राखेपले निर्देशन दिएको हो।


राखेपले स्पष्ट रुपमा राष्ट्रिय खेलकुद विकास नियमावली ऐन र राष्ट्रिय खेलकुद विकास ऐनको धारालाई व्याख्या गर्दै हाललाई एन्फाको निर्देशन रोक्न निर्देशन दिएको हो।‘राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को नियम ७ को (ग) अनुसार परिषद्को स्वीकृति नभएसम्म संघको साधारण सभा तथा निर्वाचन सम्बन्धी सम्पूर्ण कार्य स्थगित गर्न राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा २८ को (ड) बमोजिम जानकारीका लागि अनुरोध छ।’

यसअघि पनि पुस २२ गते प्रचलित कानुन बमोजिम गर्न ११ बुँदे निर्देशन सहित एन्फालाई पत्राचार गरेको थियो। उक्त निर्देशन माथि एन्फाले कुनै पनि समन्वय नगरी निर्वाचनको तालिका सार्वजनिक गर्दा राखेपले अर्को निर्देशन जारी गरेको हो।

सोही विषयलाई मध्यनजर गर्दै राखेपको निर्देशनको अवज्ञा र गैरकानुनी कार्य गरी अन्तर्राष्ट्रिय स्तरमा समेत राष्ट्रको प्रतिष्ठा र फुटबल खेलको विकासमा नकारात्मक असर पार्ने भन्दै एन्फा उपाध्यक्षसहित केन्द्रीय सदस्यहरूले राखेपमा उजुरी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगन थापाले आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को सफलताको शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले नेपाली क्रिकेट आजको अवस्थामा आइपुग्नुमा वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको स्मरण गरेका हुन्। ‘आजदेखि सुरु हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ र क्रिकेटप्रेमीहरूलाई हार्दिक ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आजबाट सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणसँगै नेपाली क्रिकेटले नयाँ उचाइ लिँदै गरेकोप्रति खुसी व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै मन्त्री गौतमले मैदानमा जुनसुकै टिमले जितेपछि नेपाली क्रिकेटकै जित हुने बताएकी छिन् । ‘सबै टिम, खेलाडी, आयोजक र यस अभियानमा जोडिएका सम्पूर्णलाई ...
: नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणमा‌ अनुबन्ध भएका पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको छ। सोमबारबाट सुरु हुन लागेको तेस्रो संस्करणमा‌ नेपालका विभिन्न फ्रेन्चाइज टोलीहरूले पाकिस्तानी खेलाडीहरू अनुबन्ध गरेका थिए। अनुबन्ध भएका केही खेलाडी नेपाल पुगिसकेका छन्। तर, पाकिस्तानी खेलाडीले खेल खेल्न पाउने कि नपाउने भन्ने बारे भने अनिश्चितता रहेको छ। पाकिस्तान क्रिकेट बोर्डले खेलाडीहरूलाई 'नो ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उदघाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज एनपीएल सुरु हुँदैछ । प्रधानमन्त्री बालेनले एनपीएल प्रतियोगिताको उद्घाटन गर्ने प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । प्रधानमन्त्री बालेनले आजदेखि सुरु हुने एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भन्दै नेपाली क्रिकेटलाई शुभकामना ...
: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आजदेखि सुरु हुने 'नेपाल प्रिमियर लिग' (एनपीएल) को तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले नेपाली क्रिकेट सधैं अमर रहोस् भन्ने शुभकामना व्यक्त गर्दै केही वर्षमै एनपीएल एक भव्य खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री बालेनले एनपीएल नेपालको सबैभन्दा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम