मुख्य समाचार
अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन हाललाई स्थगित गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पत्राचार
अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन हाललाई स्थगित गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पत्राचार

: अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन हाललाई स्थगित गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पत्राचार गरेको छ।सोमबार राखेपले संघ संस्था शाखा समन्वयका प्रमुख चन्द्रकुमार राईको हस्ताक्षर सहितको पत्र एन्फालाई जारी गरेको हो।


आगामी चैत्र १३ गतेका लागि तोकिएको एन्फाको निर्वाचन हाललाई स्थगित गर्न राखेपले निर्देशन दिएको हो।


राखेपले स्पष्ट रुपमा राष्ट्रिय खेलकुद विकास नियमावली ऐन र राष्ट्रिय खेलकुद विकास ऐनको धारालाई व्याख्या गर्दै हाललाई एन्फाको निर्देशन रोक्न निर्देशन दिएको हो।‘राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को नियम ७ को (ग) अनुसार परिषद्को स्वीकृति नभएसम्म संघको साधारण सभा तथा निर्वाचन सम्बन्धी सम्पूर्ण कार्य स्थगित गर्न राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा २८ को (ड) बमोजिम जानकारीका लागि अनुरोध छ।’

यसअघि पनि पुस २२ गते प्रचलित कानुन बमोजिम गर्न ११ बुँदे निर्देशन सहित एन्फालाई पत्राचार गरेको थियो। उक्त निर्देशन माथि एन्फाले कुनै पनि समन्वय नगरी निर्वाचनको तालिका सार्वजनिक गर्दा राखेपले अर्को निर्देशन जारी गरेको हो।

सोही विषयलाई मध्यनजर गर्दै राखेपको निर्देशनको अवज्ञा र गैरकानुनी कार्य गरी अन्तर्राष्ट्रिय स्तरमा समेत राष्ट्रको प्रतिष्ठा र फुटबल खेलको विकासमा नकारात्मक असर पार्ने भन्दै एन्फा उपाध्यक्षसहित केन्द्रीय सदस्यहरूले राखेपमा उजुरी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...