मुख्य समाचार
हुम्लामा ७ उम्मेदवारमध्ये ४ जनाको जमानत जफत
हुम्लामा ७ उम्मेदवारमध्ये ४ जनाको जमानत जफत

। हुम्लामा ७ उम्मेदवारमध्ये ४ जनाको जमानत जफत भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की उम्मेदवार टासी ल्हाजोम, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार जटिल कार्कीे नेकपा माओवादीका कुम्भ बुढा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का छक्क बुढाको जमानत जफत भएको हो ।

यहाँ ३४ हजार ३७२ मतमध्ये २२ हजार गरि ३२८ मत खसेको थियो ।

प्रतिनिधिसभा निर्वाचन ऐनअनुसार जमानत जोगाउन कम्तीमा १० प्रतिशत मत पुर्‍याउनुपर्छ । १० प्रतिशत मत नकटाउने रास्वपाकी ल्हाजोमले एक हजार ६४, प्रलोपाका कार्कीले २४८, माओवादीका बुढाले १२८ र राप्रपाका बुढाले १२४ मत मात्रै प्राप्त गरेका छन् ।

यहाँ नेपाली कांग्रेसका जयपति रोकायाले ८ हजार ७९७ मतसहित विजयी हुँदा नेपाली कम्युनिस्ट पार्टीका दीपेन्द्र रोकाया ७ हजार २४३ मत ल्याउँदै दोस्रो भएका थिए । यस्तै नेकपा एमालेका दल फडेराले ४ हजार ३३१ मत पाए । यी तीन जनाले मात्रै जमानत जोगाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मधेश प्रदेशका जिल्लाहरूमा खाना पकाउने ग्यासको अभाव बढेको छ । अभावलाई देखाउँदै विक्रेताहरूले सिरहामा कालोबजारी गर्न थालेका छन् । ‘अभावको मौका छोपेर लहानका ग्यास बेच्ने पसलेहरूले कालोबजारी गर्न थाले,’ लहानस्थित महराजा रेस्टुरेन्ट एन्ड होटेलका सञ्चालक पिन्टु राउतले भने, ‘दुई थान ग्यास लिन जाँदा प्रतिसिलिन्डर ४ हजार ५०० रुपैयाँ मागियो ।’ एकाएक त्यति चर्को मूल्य सुनेपछि आफू ...
। गत ११ माघमा भएको निर्वाचनबाट निर्वाचित भएका राष्ट्रिय सभा सदस्यहरूका शपथ ग्रहण भएको छ । सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा भएको शपथमा रामकुमारी झाक्री १५ मिनेट ढिलो पुगेकी थिइन् । २ बजेबाट शपथ समारोह सुरु भएकोमा झाक्री २:१५ मा हल प्रवेश गरेकी थिइन् । त्यतिबेला अन्य सदस्यको सपथ सकिएको थियो । १५ मिनेट ढिलो ...
। बैतडीमा पाँच हजारबढी मत बदर भएको छ । बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फका यहाँ पाँच हजार ११३ मत बदर भएको हो । आइबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार ७२ हजार ८४३ मत खसेकोमा पाँच हजार ११३ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालले जानकारी दिए । ६७ हजार ७३० मत सदर ...
। झापाको गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीमाथि उनकै घरमा हातपात भएको छ । आइतबार साँझ उनीमाथि अभद्र व्यवहार गर्दै एक व्यक्तिले हातपात गरेका हुन् । प्रहरीका अनुसार गौरादह-५ राजपति चोक, चप्रामारी बस्ने ३४ वर्षीय भीष्म सिटौलाले मेयर सुवेदीको घरमै पुगेर गालीगलौज गर्दै हातपात गरेका हुन् । हातपात गरेको आरोपमा प्रहरीले सिटौलालाई पक्राउ गरेको छ । मेयर सुवेदीको ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले निर्वाचन खर्च विवरण बुझाएका छन् । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बालेनले १४ लाख १७ हजार रुपैयाँ खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाएका हुन् । उनले १५ दिनमा दुई वटा सवारी साधन भाडामा २ लाख ९३ हजार ८ सय रुपैयाँ खर्च ...