मुख्य समाचार
पश्चिम एसियामा रहेका ५४ हजार बढी नेपालीले आफ्नो विवरण टिपाएका छन्
पश्चिम एसियामा रहेका ५४ हजार बढी नेपालीले आफ्नो विवरण टिपाएका छन्

। पश्चिम एसियामा रहेका ५४ हजार बढी नेपालीले आफ्नो विवरण टिपाएका छन् ।

पश्चिम एसियामा नेपाली नागरिकहरूको अवस्था अद्यावधिक विवरण संकलनका लागि कन्सुलर सेवा विभागले सञ्चालनमा ल्याएको अनलाइन दर्ता प्रणालीमा आइतबार साँझसम्ममा ५४ हजार ७ सय ८६ जना नेपालीले आफ्नो विवरण दर्ता गराएका हुन् । दर्ता भएका विवरणहरू प्राथमिकताकासाथ अध्ययन गर्दै आवश्यकता अनुसार कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
इजरायल–अमेरिका र इरानबीचको युद्धका कारण पश्चिम एसियाली देशमा तनाव बढेको छ । इरानमाथि इजरायल–अमेरिकाले मिसाइल आक्रमण गरेपछि इरानले अमेरिकी सैन्य बेस क्याम्प रहेका पश्चिम एसियालीमा देशमा आक्रमण गर्दै आएको छ ।

जसले गर्दा ती देशमा रहेका १७ लाख २९ हजार बढी नेपालीको सुरक्षा चिन्ता र चासो बढिरहेको छ । परराष्ट्र मन्त्रालयले उनीहरूको सुरक्षा, आवश्यक परेको खण्डमा उद्धार गर्ने व्यवस्था मिलाउनका लागि अनलाइन पोर्टल सञ्चालनमा ल्याएको थियो ।

पश्चिम एसियाली देशमा रहेका नेपालीको सुरक्षा, हित तथा कल्याणको सुनिश्चितताका लागि ती देशमा रहेका नेपाली नियोगहरू निरन्तर क्रियाशील रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाली नियोगहरूले समस्यामा परेका नेपालीहरूको उद्धार तथा सहायताका लागि निरन्तर समन्वय गरिरहेको मन्त्रालयले जनाएको छ ।

नेपाली राजदूतावास तथा महावाणिज्य दूतावासहरू पूर्ववत रूपमा खुला रहेको र राहदानी लगायत अत्यावश्यक कार्यका लागि सेवाग्राहीले फोन नम्बर वा इमेलमा सम्पर्क गरी समय मिलाएर नियोगमा जान समेत अनुरोध गरेको छ । हवाइ उडानसम्बन्धी जानकारीका लागि सम्बन्धित उडान कम्पनीहरू, निकायहरू र नियोगहरूका सूचना हेरी आवश्यक जानकारी प्राप्त गर्न समेत मन्त्रालयले अनुरोध गरेको छ ।

उक्त क्षेत्रका धेरैजसो मुलुकका सम्बन्धित निकायहरूले सुरक्षा सावधानीका उपाय तथा सचेतनामूलक जानकारी दैनिक रूपमा अद्यावधिक गरिरहेका छन् । स्थानीय सरकार तथा नेपाली नियोगहरूले जारी गरेका सूचना, जानकारी, सावधानीका उपाय तथा समाचारहरूबारे जानकार रहन अनुरोध गरिएको छ ।

ती देशमा रहेका सबै नेपालीलाई विषम परिस्थितिमा संयमित, सचेत र सजग रहन तथा कानून विपरीत हुने किसिमका फोटो, भिडियो वा अडियो सामग्रीहरू रेकर्ड गर्ने र आदान–प्रदान गर्ने कार्य नगर्न समेत मन्त्रालयले विशेष अनुरोध गरेको छ ।

पश्चिम एसिया क्षेत्रका अधिकांश स्थानमा हवाई उडानहरू पूर्ण रूपमा नियमित नभए पनि केही स्थानबाट सीमित रूपमा सञ्चालन भइरहेका छन् । संयुक्त अरब इमिरेट्समा फ्लाई दुबई र एयर अरेबियाका सीमित उडानहरू सञ्चालनमा छ । भने दुबई विमानस्थलमा अस्थायी अवरोधपछि उडान पुनः सञ्चालनमा आएको छ । त्यसैगरी साउदी अरेविया र ओमानतर्फ हवाई सेवा हाल पुनः सञ्चालनमा रहेकाले इच्छुक नेपाली नागरिकले त्यहाँबाट पनि हवाई यात्रा गर्न सकिने मन्त्रालयले जनाएको छ ।

कुनै समस्या आइपरेमा मन्त्रालयको इमरजेन्सी एक्सन रूमका टेलिफोन नम्बरहरू वा इमेल वा सम्बन्धित मुलुकस्थित नेपाली नियोगहरूले उपलब्ध गराएका सम्पर्क नम्बर वा इमेलमा तुरुन्त सम्पर्क गर्न परराष्ट्रले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मधेश प्रदेशका जिल्लाहरूमा खाना पकाउने ग्यासको अभाव बढेको छ । अभावलाई देखाउँदै विक्रेताहरूले सिरहामा कालोबजारी गर्न थालेका छन् । ‘अभावको मौका छोपेर लहानका ग्यास बेच्ने पसलेहरूले कालोबजारी गर्न थाले,’ लहानस्थित महराजा रेस्टुरेन्ट एन्ड होटेलका सञ्चालक पिन्टु राउतले भने, ‘दुई थान ग्यास लिन जाँदा प्रतिसिलिन्डर ४ हजार ५०० रुपैयाँ मागियो ।’ एकाएक त्यति चर्को मूल्य सुनेपछि आफू ...
। गत ११ माघमा भएको निर्वाचनबाट निर्वाचित भएका राष्ट्रिय सभा सदस्यहरूका शपथ ग्रहण भएको छ । सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा भएको शपथमा रामकुमारी झाक्री १५ मिनेट ढिलो पुगेकी थिइन् । २ बजेबाट शपथ समारोह सुरु भएकोमा झाक्री २:१५ मा हल प्रवेश गरेकी थिइन् । त्यतिबेला अन्य सदस्यको सपथ सकिएको थियो । १५ मिनेट ढिलो ...
। बैतडीमा पाँच हजारबढी मत बदर भएको छ । बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फका यहाँ पाँच हजार ११३ मत बदर भएको हो । आइबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार ७२ हजार ८४३ मत खसेकोमा पाँच हजार ११३ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालले जानकारी दिए । ६७ हजार ७३० मत सदर ...
। झापाको गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीमाथि उनकै घरमा हातपात भएको छ । आइतबार साँझ उनीमाथि अभद्र व्यवहार गर्दै एक व्यक्तिले हातपात गरेका हुन् । प्रहरीका अनुसार गौरादह-५ राजपति चोक, चप्रामारी बस्ने ३४ वर्षीय भीष्म सिटौलाले मेयर सुवेदीको घरमै पुगेर गालीगलौज गर्दै हातपात गरेका हुन् । हातपात गरेको आरोपमा प्रहरीले सिटौलालाई पक्राउ गरेको छ । मेयर सुवेदीको ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले निर्वाचन खर्च विवरण बुझाएका छन् । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बालेनले १४ लाख १७ हजार रुपैयाँ खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाएका हुन् । उनले १५ दिनमा दुई वटा सवारी साधन भाडामा २ लाख ९३ हजार ८ सय रुपैयाँ खर्च ...