मुख्य समाचार
योगेश भट्टराई सहि नीति, सहि संगठन, नेतृत्व, व्यवहार र कार्यशैलीमार्फत फेरि उठ्ने बताएका छन्
योगेश भट्टराई सहि नीति, सहि संगठन, नेतृत्व, व्यवहार र कार्यशैलीमार्फत फेरि उठ्ने बताएका छन्

: नेकपा एमालेका उपमहासचिव योगेश भट्टराई सहि नीति, सहि संगठन, नेतृत्व, व्यवहार र कार्यशैलीमार्फत फेरि उठ्ने बताएका छन्। कार्यकर्तालाई सम्बोधन गर्दै उनले पार्टी, जनता र राष्ट्रको स्वाभिमानलाई फेरि उठाउने उठाउने उद्घोष गरेका हुन्।


‘कमरेडहरू, हामी ढलेका मात्र हौ, मरेका होइनौं। सहि नीति, सहि संगठन, सहि नेतृत्व, सहि व्यवहार र सहि कार्यशैली मार्फत हामी उठने छौं र पार्टी, जनता र राष्ट्रको स्वाभिमानलाई फेरी उठाउने छौं।’ उनले भने,‘संयम र धैर्यताकासाथ पार्टीको एकता जोगाउन र सहि मार्गमा अघि बढ़न र आत्मभर्त्सना होइन आत्मसमिक्षाको बाटोमा हिड़न म नेकपा एमालेका सम्पूर्ण कमरेडहरूलाई हार्दिक अपिल गर्दछु।’


उनले पार्टी कार्यकर्ता र शुभेच्छुकलाई सुझाव पठाउन आग्रह गरे। उपमहासचिव भट्टराईले राष्ट्रिय एकता र नेपाली सार्वभौमिकताको रक्षा तथा बाम- लोकतान्त्रिक विचारधाराको रक्षा आजको साझा राष्ट्रिय कार्यभार भएको टिप्पणी गरे।


‘राष्ट्रिय एकता र नेपाली सार्वभौमिकताको रक्षा तथा वाम- लोकतान्त्रिक विचारधाराको रक्षा आजको साझा राष्ट्रिय कार्यभार हो। यसका लागि जनादेशको सम्मान र सम्बद्ध राजनीतिक विचार र शक्तिका बिचका सकारात्मक सहकार्यका लागि सबैमा अपिल गर्दछु’उनले भने।

उनले निर्वाचनमा आफ्नो मतमार्फत जनताले हाम्रो नीति र नेतृत्वलाई शान्तिपूर्ण रूपमा अस्वीकृति गरेको दाबी गरे। नेकपा एमाले यो अवस्थामा आउनुमा पार्टीले लिएका नीति मात्र होइन जिम्मेवारीमा रहेका तहगत कमिटी र नेताहरू सबैले भागीदारी बोक्नु पर्ने उनको भनाई छ। भट्टराईले नीतिगत र कार्यकारी भूमिकामा रहेको केन्द्रीय कमिटी, केन्द्रीय सचिवालयले नै जस अपजसको भारी बोक्नु पर्ने धारणा राखे।
पार्टीले सामना गर्नु परेको अवस्था र असफलता सिंगो पार्टीको असफलता भएको उनको टिप्पणी छ।

के भनेका छन् भट्टराईले ?
कमरेडहरू, हामी ढलेका मात्र हौँ, मरेका होइनौँ!

विगत तीन दिनयता करिब हजार जनासँग फोनमा कुरा भयो। त्यति कै संख्यामा म्यासेज हेरेको छु। त्यसमा अधिकांश पार्टीका कमरेडहरू र केही शुभेच्छुक मित्रहरू रहनु भएको छ। कुराकानीका क्रममा सुझाब, टिप्पणी, बिरोध, आक्रोश, हतासा, निरासा, संभावना, उपाय, दृढ़ता, जोशलगायतको मिश्रित र विविधतायुक्त धारणाहरू पाएको छु। बोल्नु पर्‍यो, पहल लिनु पर्‍यो भनेर प्रेरणादायी अनि दबाबयुक्त कुरा पनि सुनेको छु।

विस्तृतमा केही दिन पछि भन्ने छु। अहिलेलाई मेरा प्रारम्भिक विचार निर्वाचनमा आफ्नो मतमार्फत जनताले हाम्रो नीति र नेतृत्वलाई शान्तिपूर्ण रूपमा अस्वीकृति गरेका छन्। यो आजको वस्तुगत यथार्थ हो। हामीले आफूभित्र सर्वाङ्गीण रूपान्तरणमार्फत जनसमर्थन पुन: आर्जनको बाटो लिनु पर्दछ।

मूलतः: भाद्र २३ र २४ पछि हाम्रो पार्टीले लिएका नीति ठिक छैनन् त्यसमा करेक्शन गरौ भनेर हामीले नेतृत्व र सिगो पार्टी पंतिलाई बैठक, भेटघाट र महाधिवेशनमार्फत पटक पटक अनुरोध गर्यौ तर सफल भएनौँ। अब पुन: छलफल र बहस खुला गर्नु पर्दछ।

हरेक सार्वजनिक संस्था/संगठनमा जिम्मेवारी र जवाफदेहीता अहम महत्वको सवाल हुने गर्दछ। नेकपा एमाले यो अवस्थामा आउनुमा पार्टीले लिएका नीति मात्र होइन जिम्मेवारीमा रहेका तहगत कमिटी र नेताहरू सबैले भागीदारी बोक्नु पर्दछ। त्यस पनि नीतिगत र कार्यकारी भूमिकामा रहेको केन्द्रीय कमिटी, केन्द्रीय सचिवालयले नै जस अपजसको भारी बोक्नु पर्दछ। यो सबैको जवाफदेहिता फेरि पनि प्रमुख नेता कै रहन्छ। सफलता वा असफलता पछिको जवाफदेहिताको कार्यान्वयन कसरी हुन्छ? पूर्वाग्रह, भावना र षड्यन्त्रको सिद्धान्तबाट माथि उठेर पार्टीभित्र यसमा गम्भीर छलफल गर्नु पर्दछ।

पार्टीले सामना गर्नु परेको अवस्था र असफलता सिगो पार्टीको असफलता हो। सामूहिक बुद्धि/विवेक र सामुहिक पहलबाट मात्र यो अवस्थालाई बदल्न सकिन्छ। तसर्थ: म सबै नेता कमरेडहरू र सिगो पार्टी पंतिलाई हिजोका गुट (समूह) का घेराबाट बाहिर निस्केर खुला खुलस्त बहसमा सहभागी हुन आह्वान गर्दछु। साथै पार्टी, जनसंगठन र प्रवासका तहगत कमिटी र सदस्य कमरेडहरुलाई आफ्ना राय सुझावहरू पार्टी नेतृत्व समक्ष पठाउन अनुरोध गर्दछु।

कमरेडहरू, हामी ढलेका मात्र हौं, मरेका होइनौं। सहि नीति, सहि संगठन, सहि नेतृत्व, सहि व्यवहार र सहि कार्यशैलीमार्फत हामी उठने छौं र पार्टी, जनता र राष्ट्रको स्वाभिमानलाई फेरि उठाउने छौ। संयम र धैर्यताका साथ पार्टीको एकता जोगाउन र सहि मार्गमा अघि बढ्न र आत्मभर्त्सना होइन आत्मसमीक्षाको बाटोमा हिड्न म नेकपा एमालेका सम्पूर्ण कमरेडहरूलाई हार्दिक अपिल गर्दछु। राजनीतिक दल एउटा सार्वजनिक संस्था हुनुको नाताले नेकपा एमालेका बारेमा आफ्ना सुझाव, आलोचना र टिप्पणीहरू पठाउन समस्त बुद्धिजीवी मित्रहरू र आम जनसमुदायमा हार्दिक अपिल गर्दछु।

अन्तमा: राष्ट्रिय एकता र नेपाली सार्वभौमिकताको रक्षा तथा वाम- लोकतान्त्रिक विचारधाराको रक्षा आजको साझा राष्ट्रिय कार्यभार हो। यसका लागि जनादेशको सम्मान र सम्बद्ध राजनीतिक विचार र शक्तिका बिचका सकारात्मक सहकार्यका लागि सबैमा अपिल गर्दछु।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मधेश प्रदेशका जिल्लाहरूमा खाना पकाउने ग्यासको अभाव बढेको छ । अभावलाई देखाउँदै विक्रेताहरूले सिरहामा कालोबजारी गर्न थालेका छन् । ‘अभावको मौका छोपेर लहानका ग्यास बेच्ने पसलेहरूले कालोबजारी गर्न थाले,’ लहानस्थित महराजा रेस्टुरेन्ट एन्ड होटेलका सञ्चालक पिन्टु राउतले भने, ‘दुई थान ग्यास लिन जाँदा प्रतिसिलिन्डर ४ हजार ५०० रुपैयाँ मागियो ।’ एकाएक त्यति चर्को मूल्य सुनेपछि आफू ...
। गत ११ माघमा भएको निर्वाचनबाट निर्वाचित भएका राष्ट्रिय सभा सदस्यहरूका शपथ ग्रहण भएको छ । सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा भएको शपथमा रामकुमारी झाक्री १५ मिनेट ढिलो पुगेकी थिइन् । २ बजेबाट शपथ समारोह सुरु भएकोमा झाक्री २:१५ मा हल प्रवेश गरेकी थिइन् । त्यतिबेला अन्य सदस्यको सपथ सकिएको थियो । १५ मिनेट ढिलो ...
। बैतडीमा पाँच हजारबढी मत बदर भएको छ । बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फका यहाँ पाँच हजार ११३ मत बदर भएको हो । आइबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार ७२ हजार ८४३ मत खसेकोमा पाँच हजार ११३ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालले जानकारी दिए । ६७ हजार ७३० मत सदर ...
। झापाको गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीमाथि उनकै घरमा हातपात भएको छ । आइतबार साँझ उनीमाथि अभद्र व्यवहार गर्दै एक व्यक्तिले हातपात गरेका हुन् । प्रहरीका अनुसार गौरादह-५ राजपति चोक, चप्रामारी बस्ने ३४ वर्षीय भीष्म सिटौलाले मेयर सुवेदीको घरमै पुगेर गालीगलौज गर्दै हातपात गरेका हुन् । हातपात गरेको आरोपमा प्रहरीले सिटौलालाई पक्राउ गरेको छ । मेयर सुवेदीको ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले निर्वाचन खर्च विवरण बुझाएका छन् । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बालेनले १४ लाख १७ हजार रुपैयाँ खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाएका हुन् । उनले १५ दिनमा दुई वटा सवारी साधन भाडामा २ लाख ९३ हजार ८ सय रुपैयाँ खर्च ...