: रास्वपाका वरिष्ठ नेता बालेन शाहले निर्वाचनमा गरेको खर्च निर्वाचन आयोगमा बुझाएका छन् । झापा- ५ मा प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका शाहले निर्वाचन प्रतिनिधिमार्फत आज निर्वाचनमा १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्।
बालेनले सवारी साधन भाडामा लिएर २ लाख ९३ हजार ५००, हवाइ भाडा ३५ हजार तिरेको उल्लेख गरेका छन्। यसैगरी वडास्तरीय प्रचार कार्यक्रममा ५ लाख ८० हजार खर्च गरेको, क्षेत्रीय निर्वाचन कार्यलय सञ्चालन गरेको भन्दै खर्च उल्लेख गरेका छन्।