मुख्य समाचार
नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा पोखरा एभेन्जर्सबाट खेलेका न्युजिल्यान्डका क्रिकेटर जिम्मी निशमले आफुले पारिश्रमिक नपाएको गुनासो
नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा पोखरा एभेन्जर्सबाट खेलेका न्युजिल्यान्डका क्रिकेटर जिम्मी निशमले आफुले पारिश्रमिक नपाएको गुनासो

। नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा पोखरा एभेन्जर्सबाट खेलेका न्युजिल्यान्डका क्रिकेटर जिम्मी निशमले आफुले पारिश्रमिक नपाएको गुनासो गरेका छन् ।

उनले पोखरा एभेन्जर्सले गरेको पोष्टमा निशमले खेलाडीको पैसा दिन आग्रह गरेका छन् । गएराति भएको टी–२० विश्वकपको फाइनलमा जिम्मीले उत्कृष्ट बलिङ गरेपछि एभेन्जर्सले प्रसंशा गर्दै अफिसियल इन्स्टाग्राममा पोस्ट गरेको थियो । जसमा कमेन्ट गर्दै जिम्मीले लेखेका छन्, ‘कुल, पे योअर प्लेयर्स’ अर्थात् खेलाडीलाई पैसा देऊ ।

यसबारेमा पोखरा एभेन्जर्सका मालिक सुबोध त्रिपाठीले भने राष्ट्रिय खेलकुद परिषद् (राखेप)को अप्रुभलका कारण ढिलाई भएको बताए । उनले जिम्मीसँग कुनै विवाद नरहेको र आगामी दुई हप्ताभित्र पारिश्रमिक दिने प्रतिवद्धता जनाए ।

‘राखेपका कारण ढिलाई भएको हो । उहाँसहित कुनै पनि खेलाडीको पारिश्रमिक दिन पाएका छैनौं’ उनले अनलाइनखबरसँग भने, ‘अब प्रक्रिया पूरा गरेर दुई हप्ताभित्र दिन्छौं ।’

‘हामीलाई कुनै पनि खेलाडीको पारिश्रमिक दिन समस्या छैन । तर नेपालको प्रकियागत कुराले ढिलाइ भएको पक्का हो,’ त्रिपाठीले थपे ।

उनले नेपालको प्रक्रियाले गर्दा झमेला भएको बताए । ‘सुरुमा राष्ट्र बैंकको अनुमति नचाहिने भनिएपनि हामीले करोबार गर्ने ग्लोबल आइएम बैंकले अनुमति चाहिन्छ भनेपछि समस्या भयो । त्यसपछि हामी राष्ट्रिय खेलकुद परिषदमा गयौँ तर राखेपले मुद्दाको विषय लिएर अनुमति दिन ढिलाइ गरेको छ । बीचमा निर्वाचनको कारणले कार्यालय बन्द भयो । हामी छिटै पारिश्रािक दिने प्रक्रियामा छौ ।’

जिम्मी नीशमसँग मंगलबार पोखरा एभेन्जर्सको अफिसियलले कुरा गर्दै चाँडै पारिश्रमिक दिने जानकारी गराएको र यसमा उनी सहमत बनेको पनि त्रिपाठीले जानकारी दिए ।

राखेपका सदस्य सचिव रामचरित्र मेहताले राखेपबाट छिट्टै नै प्रक्रिया पूरा हुने बताए । ‘किस्ता किस्तामा आउँदा प्रक्रियामा ढिलाई भएको हो । अब प्रक्रिया अघि बढेर जान्छ’ उनी भन्छन् ।

एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि २७ सम्म भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगन थापाले आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को सफलताको शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले नेपाली क्रिकेट आजको अवस्थामा आइपुग्नुमा वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको स्मरण गरेका हुन्। ‘आजदेखि सुरु हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ र क्रिकेटप्रेमीहरूलाई हार्दिक ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आजबाट सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणसँगै नेपाली क्रिकेटले नयाँ उचाइ लिँदै गरेकोप्रति खुसी व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै मन्त्री गौतमले मैदानमा जुनसुकै टिमले जितेपछि नेपाली क्रिकेटकै जित हुने बताएकी छिन् । ‘सबै टिम, खेलाडी, आयोजक र यस अभियानमा जोडिएका सम्पूर्णलाई ...
: नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणमा‌ अनुबन्ध भएका पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको छ। सोमबारबाट सुरु हुन लागेको तेस्रो संस्करणमा‌ नेपालका विभिन्न फ्रेन्चाइज टोलीहरूले पाकिस्तानी खेलाडीहरू अनुबन्ध गरेका थिए। अनुबन्ध भएका केही खेलाडी नेपाल पुगिसकेका छन्। तर, पाकिस्तानी खेलाडीले खेल खेल्न पाउने कि नपाउने भन्ने बारे भने अनिश्चितता रहेको छ। पाकिस्तान क्रिकेट बोर्डले खेलाडीहरूलाई 'नो ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उदघाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज एनपीएल सुरु हुँदैछ । प्रधानमन्त्री बालेनले एनपीएल प्रतियोगिताको उद्घाटन गर्ने प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । प्रधानमन्त्री बालेनले आजदेखि सुरु हुने एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भन्दै नेपाली क्रिकेटलाई शुभकामना ...
: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आजदेखि सुरु हुने 'नेपाल प्रिमियर लिग' (एनपीएल) को तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले नेपाली क्रिकेट सधैं अमर रहोस् भन्ने शुभकामना व्यक्त गर्दै केही वर्षमै एनपीएल एक भव्य खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री बालेनले एनपीएल नेपालको सबैभन्दा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम