मुख्य समाचार
निर्वाचनमा भाग लिएका सात राजनितिक दलमध्ये चार राजनितिक दलका उम्मेदवारको धरौटी जफत
निर्वाचनमा भाग लिएका सात राजनितिक दलमध्ये चार राजनितिक दलका उम्मेदवारको धरौटी जफत

: फागुन २१ गते सम्पन्न प्रतिनिधी सभा सदस्य निर्वाचनमा भाग लिएका सात राजनितिक दलमध्ये चार राजनितिक दलका उम्मेदवारको धरौटी जफत हुने भएको छ ।


प्रतिनिधि सभा सदस्य निर्वाचानमा भाग लिएका सात राजनीतिक दलमध्ये कुल खसेको सदर मतको १० प्रतिशत कम मत प्राप्त गर्ने चार राजनीतिक दलको धरौटी जफत हुने भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको हो ।


मुगुमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माओवादी (विप्लव) र प्रगतिशील लोकतान्त्रिक पार्टीले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा भाग लिएका थिए ।
सात दलमध्ये नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारले सदर मतको १० प्रतिशत भन्दा बढी मत प्राप्त गरेका छन । १० प्रतिशत भन्दा कम मत प्राप्त गर्नेहरुमा राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माओवादी, (विप्लव) प्रगतिशील लोकतान्त्रिक पार्टी रहेका छन ।

मुगु जिल्लामा ३६ हजार ३१ मतदाता रहेको एक निर्वाचन क्षेत्रमा २२ हजार ७१ मतदाताहरुले मतदान गरेका थिए । कुल खसेको मतमध्ये २१ हजार २ सय २५ सदर मत र ८ सय ४६ मत बदर भएका थिए । कुल सदर मतमध्ये नेपाली काग्रेसका खड्कबहादुर शाहीले ७ हजार ९ सय १४मत प्राप्त गरी बिजयी भए । नेकपा एमालेका पूर्णबहादुर रोकायाले ६ हजार ७ सय १८ मत प्राप्त गरी दोस्रो र नेपाली कम्युनिष्ट पार्टीका चन्द्रबहादुर शाहीले ५ हजार ५ सय ५८ मत प्राप्त गरी तेस्रो स्थान हासिल गरेका थिए ।

धरौटी जफत हुने हरुमा राष्ट्रिय स्वतन्त्र पार्टीका भुवन टमटाले ५ सय ३० राष्ट्रिय प्रजातन्त्र पार्टीका बलबहादुर मल्ल २ सय ३, नेकपा माओवादी (विप्लव) का रंगबीर परियार २ सय ८०, प्रगतिशील लोकतान्त्रिक पार्टीका ऐटनकुमार मल्लले २२ मत प्राप्त गरेका थिए । चारै जना उम्मेदवारले कुल सदरमतको १० प्रतिश भन्दा कम मत प्राप्त गरेकाले उनीहरुको धरौटी जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मधेश प्रदेशका जिल्लाहरूमा खाना पकाउने ग्यासको अभाव बढेको छ । अभावलाई देखाउँदै विक्रेताहरूले सिरहामा कालोबजारी गर्न थालेका छन् । ‘अभावको मौका छोपेर लहानका ग्यास बेच्ने पसलेहरूले कालोबजारी गर्न थाले,’ लहानस्थित महराजा रेस्टुरेन्ट एन्ड होटेलका सञ्चालक पिन्टु राउतले भने, ‘दुई थान ग्यास लिन जाँदा प्रतिसिलिन्डर ४ हजार ५०० रुपैयाँ मागियो ।’ एकाएक त्यति चर्को मूल्य सुनेपछि आफू ...
। गत ११ माघमा भएको निर्वाचनबाट निर्वाचित भएका राष्ट्रिय सभा सदस्यहरूका शपथ ग्रहण भएको छ । सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा भएको शपथमा रामकुमारी झाक्री १५ मिनेट ढिलो पुगेकी थिइन् । २ बजेबाट शपथ समारोह सुरु भएकोमा झाक्री २:१५ मा हल प्रवेश गरेकी थिइन् । त्यतिबेला अन्य सदस्यको सपथ सकिएको थियो । १५ मिनेट ढिलो ...
। बैतडीमा पाँच हजारबढी मत बदर भएको छ । बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फका यहाँ पाँच हजार ११३ मत बदर भएको हो । आइबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार ७२ हजार ८४३ मत खसेकोमा पाँच हजार ११३ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालले जानकारी दिए । ६७ हजार ७३० मत सदर ...
। झापाको गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीमाथि उनकै घरमा हातपात भएको छ । आइतबार साँझ उनीमाथि अभद्र व्यवहार गर्दै एक व्यक्तिले हातपात गरेका हुन् । प्रहरीका अनुसार गौरादह-५ राजपति चोक, चप्रामारी बस्ने ३४ वर्षीय भीष्म सिटौलाले मेयर सुवेदीको घरमै पुगेर गालीगलौज गर्दै हातपात गरेका हुन् । हातपात गरेको आरोपमा प्रहरीले सिटौलालाई पक्राउ गरेको छ । मेयर सुवेदीको ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले निर्वाचन खर्च विवरण बुझाएका छन् । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बालेनले १४ लाख १७ हजार रुपैयाँ खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाएका हुन् । उनले १५ दिनमा दुई वटा सवारी साधन भाडामा २ लाख ९३ हजार ८ सय रुपैयाँ खर्च ...