मुख्य समाचार
रामकुमारी झांक्रीले संविधानमा अपरिवर्तनीय भनेर राखेर प्रावधानबाहेक सबै विषयमा छलफल गर्न सकिने टिप्पणी
रामकुमारी झांक्रीले संविधानमा अपरिवर्तनीय भनेर राखेर प्रावधानबाहेक सबै विषयमा छलफल गर्न सकिने टिप्पणी

। नेकपा (एमाले)का राष्ट्रिय सभा सांसद रामकुमारी झांक्रीले संविधानमा अपरिवर्तनीय भनेर राखेर प्रावधानबाहेक सबै विषयमा छलफल गर्न सकिने टिप्पणी गरेकी छिन् ।

सोमबार राष्ट्रिय सभा सांसद पदको शपथ लिएलगत्तै उनले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सो प्रतिक्रिया दिएकी हुन् ।

सांसद झाँक्रीले राष्ट्र र जनताको पक्षमा हुने संविधानसम्मत सबै वस्तुहरुमा छलफल गरेर अघि बढ्न एमाले तयार रहेको पनि बताइन् ।

‘राष्ट्र र जनताको पक्षमा हुने संविधानसम्मत हर चिजहरू संविधानका केही अपरिवर्तनीय धाराहरूबाहेक सबै परिवर्तनशील छन् । सबै प्रावधानहरू परिवर्तन हुन्छ,’ उनले भनिन्, ‘संविधानमा के चिज अपरिवर्तनीय भनेर संविधानमा लेखिएकै छ । त्यसकारण यी सबै विषयहरुमा छलफल हुन सक्छ ।’
साथै, उनले निर्वाचनको समीक्षा लगायतका विषयमा छलफल गर्न पार्टीले छिट्टै समिक्षात्मक बैठक बोलाउने पनि बताइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। झापाको गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीमाथि उनकै घरमा हातपात भएको छ । आइतबार साँझ उनीमाथि अभद्र व्यवहार गर्दै एक व्यक्तिले हातपात गरेका हुन् । प्रहरीका अनुसार गौरादह-५ राजपति चोक, चप्रामारी बस्ने ३४ वर्षीय भीष्म सिटौलाले मेयर सुवेदीको घरमै पुगेर गालीगलौज गर्दै हातपात गरेका हुन् । हातपात गरेको आरोपमा प्रहरीले सिटौलालाई पक्राउ गरेको छ । मेयर सुवेदीको ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले निर्वाचन खर्च विवरण बुझाएका छन् । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बालेनले १४ लाख १७ हजार रुपैयाँ खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाएका हुन् । उनले १५ दिनमा दुई वटा सवारी साधन भाडामा २ लाख ९३ हजार ८ सय रुपैयाँ खर्च ...
। राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरुले राष्ट्र र जनताको हितका लागि काम गर्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाएका छन् । सोमबार सिंहदरबारमा पद तथा गोपनियताको शपथ लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनीहरुले आवश्यक ऐन, कानून, नीति निर्माणका साथै राष्ट्र र जनताको हितका लागि काम गर्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाएका हुन् । राष्ट्रियसभा सदस्य महन्थ ठाकुरले संविधानले दिएको जिम्मेवारी ...
। नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले निर्वाचन मार्फत जनताले एमालेको नीति र नेतृत्व अस्वीकृत गरेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत उनले नीति र नेतृत्व पुनर्गठनको बहसमा सहभागी हुन आमसाधरणसँग अपिल समेत गरेका छन् । ‘निर्वाचनमा आफ्नो मत मार्फत जनताले हाम्रो नीति र नेतृत्वलाई शान्तिपूर्ण रूपले अस्वीकृत गरेका छन् । यो आजको वस्तुगत यथार्थ हो,’ भट्टराईले ...
। मधेश प्रदेशमा १ क्षेत्रबाहेक ३० सिटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार निर्वाचित भइसकेका छन् । मधेशको ३२ सिट मध्ये रौतहट क्षेत्र नं. २ बाहेक ३० क्षेत्रमा रास्वपाले चुनाव जितेको हो । रौतहट २ मा नेपाली कांग्रेसका मोहम्मद फिरदोश आलम निर्वाचित भएका छन् । ३२ मध्ये ३१ सिटको नतिजा घोषणा हुँदा रास्वपा ३० वटामा विजयी बन्यो । ...