मुख्य समाचार
स्याङ्जामा ४.१ प्रतिशत मत बदर
स्याङ्जामा ४.१ प्रतिशत मत बदर

: फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ स्याङ्जामा ४.१ प्रतिशत मत बदर भएको छ। संख्याका आधारमा ५ हजार ५७० मत बदर देखिएका छन्।


जिल्लामा २ लाख ४८ हजार ८१६ मतदाता छन्। दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जामा १ लाख ३५ हजार ८७२ मत खसेको थियो। खसेको मतमध्ये १ लाख ३० हजार ३०२ मत सदर भएको निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख श्रीराम थापाले जानकारी दिए।


कार्यालय प्रमुख थापाका अनुसार क्षेत्र नम्बर १ मा २ हजार ९०८ मत र क्षेत्र नम्बर २ मा २ हजार ६६२ मत बदर भएको छ।


क्षेत्र १ मा १ लाख ३० हजार ८८६ मतदाता भए पनि ७० हजार ९४४ मत खसेको थियो। खसेका मतमध्ये ६८ हजार ३६ मत सदर भएको निर्वाचन कार्यालयले जनाएको छ। यसैगरी, क्षेत्र २ मा १ लाख १७ हजार ९३० मतदाता भएता पनि ६४ हजार ९२८ मत खसेको थियो। ती मतमध्ये ६२ हजार २६६ मत सदर थिए।

बदर भएका मतपत्रमा एकभन्दा बढी चुनाव चिन्हमा छाप लगाइएको, स्वस्तिक छाप नलगाई ल्याप्चे लगाइएको, तोकिएको घेराभन्दा बाहिर छाप लगाउने जस्ता भेटिएका प्रमुख थापाले बताए। यसैगरी, समानुपातिकतर्फको भने मतगणना जारी छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। झापाको गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीमाथि उनकै घरमा हातपात भएको छ । आइतबार साँझ उनीमाथि अभद्र व्यवहार गर्दै एक व्यक्तिले हातपात गरेका हुन् । प्रहरीका अनुसार गौरादह-५ राजपति चोक, चप्रामारी बस्ने ३४ वर्षीय भीष्म सिटौलाले मेयर सुवेदीको घरमै पुगेर गालीगलौज गर्दै हातपात गरेका हुन् । हातपात गरेको आरोपमा प्रहरीले सिटौलालाई पक्राउ गरेको छ । मेयर सुवेदीको ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले निर्वाचन खर्च विवरण बुझाएका छन् । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बालेनले १४ लाख १७ हजार रुपैयाँ खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाएका हुन् । उनले १५ दिनमा दुई वटा सवारी साधन भाडामा २ लाख ९३ हजार ८ सय रुपैयाँ खर्च ...
। राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरुले राष्ट्र र जनताको हितका लागि काम गर्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाएका छन् । सोमबार सिंहदरबारमा पद तथा गोपनियताको शपथ लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनीहरुले आवश्यक ऐन, कानून, नीति निर्माणका साथै राष्ट्र र जनताको हितका लागि काम गर्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाएका हुन् । राष्ट्रियसभा सदस्य महन्थ ठाकुरले संविधानले दिएको जिम्मेवारी ...
। नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले निर्वाचन मार्फत जनताले एमालेको नीति र नेतृत्व अस्वीकृत गरेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत उनले नीति र नेतृत्व पुनर्गठनको बहसमा सहभागी हुन आमसाधरणसँग अपिल समेत गरेका छन् । ‘निर्वाचनमा आफ्नो मत मार्फत जनताले हाम्रो नीति र नेतृत्वलाई शान्तिपूर्ण रूपले अस्वीकृत गरेका छन् । यो आजको वस्तुगत यथार्थ हो,’ भट्टराईले ...
। मधेश प्रदेशमा १ क्षेत्रबाहेक ३० सिटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार निर्वाचित भइसकेका छन् । मधेशको ३२ सिट मध्ये रौतहट क्षेत्र नं. २ बाहेक ३० क्षेत्रमा रास्वपाले चुनाव जितेको हो । रौतहट २ मा नेपाली कांग्रेसका मोहम्मद फिरदोश आलम निर्वाचित भएका छन् । ३२ मध्ये ३१ सिटको नतिजा घोषणा हुँदा रास्वपा ३० वटामा विजयी बन्यो । ...