मुख्य समाचार
‘जेनजी आन्दोलनमा गल्ती गरेकालाई कारबाही सिफारिस गरेका छौं’
‘जेनजी आन्दोलनमा गल्ती गरेकालाई कारबाही सिफारिस गरेका छौं’

। गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ ।

प्रतिवेदन बुझाएपछि पत्रकारहरुसँग कुरा गर्दै आयोगका प्रवक्ता विज्ञानराज शर्माले घटनामा संलग्नहरुलाई कारबाही सिफारिस गरिएको जानकारी दिए । उनले सुरक्षामा कमजोरी भएको पाइएको बताए ।

शर्मासँग प्रधानमन्त्री कार्यालय सिंहदरबार परिसरमा गरिएको कुराकानी–

प्रतिवेदनमा के छ ?

प्रतिवेदनमा हामीले २३ र २४ गते देखेका कुराहरुको फ्याक्ट फाइन्डिङ गर्ने प्रयास गरेका छौं । हामीले देखेको, बुझेको जानेको र प्रमाणको आधारमा हामीले राय सुझाव दिएका छौं ।

अब यो सम्पत्ति सरकारको भयो । अब सरकारले आवश्यक कारबाही गर्ने, पुरस्कृत गर्नुपर्ने हो कि गर्ने हो सरकारले गर्छ ।

अनुमान के गर्ने जनताले ?

जसले गल्ती गरेको छ, त्यसलाई कारबाही हुन्छ । जसले राम्रो गरेको छ, त्यसलाई कारबाही हुँदैन ।

जनताको स्पष्ट डिमान्छ छ कारबाही गर, हतकडी लगाउ भन्ने ।

ठिक छ, त्यो अब सरकारको सम्पत्ति भएको हुनाले सरकारले यो विषयमा बोल्छ ।

कारबाहीको सिफारिस गरेको छ आयोगले ?

छ ।

ककसलाई कस्तो कारबाही सिफारिस भएको छ ?

कारबाही सिफारिस गरेको छ । यो कुरा म यहाँ बोल्दिनँ ।

कति पृष्ठको प्रतिवेदन छ ? मूलभूत रुपमा २३ गतेको घटनालाई कसरी हेरेको छ ? २४ गतेको घटनालाई कसरी हेरेको छ ?

सबै गर्दाखेरि ८ देखि १० हजारसम्मको पेजहरु हुन्छ । त्यसमा मिहिन रुपमा २३ गते र २४ गतेको घटनाहरुको विषयमा छ ।

तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलाई फौजदारी अभियोग लगाइएको छ भन्ने कुरा पनि छ नि ?

जसले गल्ती गरेको छ, उसलाई लगाइएको छ । त्यसमा कुनै दुईमत छैन ।

जो दोषी छन् उनीहरुलाई फौजदारी अभियोगमै कारबाहीको सिफारिस छ वा प्रशासनिक खालको ?

कारबाहीलाई सिफारिस छ । म डिटेल कुरा अहिले भन्दिनँ तपाईंहरुलाई ।

फौजदारी छ कि छैन ?

म भन्दिनँ ।

कति जनालाई कारबाही सिफारिस गर्नुभाछ ? नम्बर त भन्न मिल्ला नि ?

कारबाही सिफारिस भाछ ल ।

यो घटना घट्नुमा केके ल्याप्सेस भएको छ ?

केही सेक्युरिटी ल्याप्सेस भा छ । निश्चय पनि संसद भवन परिसरमा सुरुबाटै ब्यारिकेडदेखिकै केही कमीकमजोरीहरु देखिएको छ । त्यत्ति हो ।

प्रधानमन्त्रीसँग कुरा हुँदा प्रधानमन्त्रीको मनस्थिति आफैंले सार्वजनिक गर्ने भन्ने छ कि अर्को सरकारले गरोस् भन्ने छ ? तपाईंले के बुझ्नुभयो ?

यो विषयमा प्रधानमन्त्रीज्यूले हामीलाई धन्यवाद दिनुभयो । यो सरकारको सम्पत्ति भयो । अब हामीले के गर्नुपर्छ गर्छौं भन्नुभाछ ।

हिजो मल्लिक आयोग थियो, रायमाझी आयोग थियो, तपाईंहरुको हालत पनि त्यस्तै हुने त होइन ?

हुँदैन । यो कुरामा ढुक्क हुनुस् ।

जाँचबुझको क्रममा कति जनालाई सोधपुछ गर्नुभयो ?

हामीले करिब २ सय प्लस मान्छेहरुलाई गर्‍यौं । केही बयान कागजहरु प्नि गरायौं । केही साक्षी पीडित लगायत जान्ने बुझ्ने विज्ञहरुसँग पनि हामीले रायसुझाव लियौं ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बागलुङलाई वामपन्थी शक्तिको गढ मानिन्थ्यो । बागलुङको राजनीतिमा राष्ट्रिय जनमोर्चा (राजमो)का अध्यक्ष चित्र बहादुर केसी ब्राण्ड जस्तै बनेका थिए । तर पुराना मानक सबै यसपटकको निर्वाचन परिणामले भत्काइदिएको छ । बागलुङका दुवै निर्वाचन क्षेत्रमा रास्वपा उम्मेदवार भारी मतान्तरसहित निर्वाचित हुँदा राजमोको जमानत जफत भएको छ । राजमो र नेपाल कम्युनिस्ट पार्टीले बागलुङका क्षेत्र नं. १ ...
। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मीमा समानुपातिक तर्फको मतगणना सम्पन्न भएको छ । गएराति अबेरसम्म सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार जिल्लाका दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो स्थानमा छ । निर्वाचन कार्यालयका अनुसार गुल्मी–१ मा रास्वपाले ३० हजार ६५७ मत प्राप्त गरेको छ । नेकपा एमालेले १४ हजार १३०, नेपाली कांग्रेसले १२ हजार ७३१ ...
: फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको अन्तिम मतपरिणाम आउने क्रम जारी छ। निर्वाचन आयोगका अनुसार आइतबार साँझसम्म धनुषा १ बाहेक ६ वटा क्षेत्रको मात्रै मतपरिणाम आउन बाँकी छ। आयोगका अनुसार सुनसरी ४, नुवाकोट १, गोरखा १, इलाम १, संखुवासभा १ र अछाम २ को मतपरिणाम आउन बाँकी छ। हालसम्मको मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले १२२ सिटसहित पहिलो ...
। मधेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहको जमानत जफत भएको छ । प्रदेश सांसद पदबाट राजीनामा दिएर सप्तरी क्षेत्र नं. २ मा स्वाभिमान पार्टीबाट चुनाव लडेका उनको जमानत जफत भएको हो । त्यहाँ रास्वपाका रामजी यादव २८ हजार ४०४ मत पाएर विजयी भएका छन् ।पूर्व मुख्यमन्त्री सिंहले ३ हजार ५५७ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका उमेश यादव ...
: यस पटकको प्रतिनिधिसभा सदस्य निर्वाचनले झापा जिल्ला लाल किल्लाको गढ मात्र भत्काएन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाँचै निर्वाचन क्षेत्रमा विजयी हासिल गरी निल किल्ला बनाउँदा यहाँका मतदाताहरुले ठूला राजनीतिक दलबाट उम्मेदवार बनेकाहरुको धरौटी रकम (जमानत) समेत जफत गराइदिएका छन्। जमानत जफत हुनेहरूमा नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ...