मुख्य समाचार
जनार्दनलाई ४ चुनाव जिताउने सारथि उनैलाई हराएर संसदमा
जनार्दनलाई ४ चुनाव जिताउने सारथि उनैलाई हराएर संसदमा

। राजनीतिमा भावना र सम्बन्धभन्दा अगाडि सधैं विचार आइपुग्छ । यसपटक रुकुम पश्चिममा यस्तै भयो । गोपाल शर्मा ‘अनल’ले यसअघि जनार्दन शर्मालाई पटक–पटक संसद्‌मा पुर्‍याउन कमान्डर बनेर चुनावी अभियानको नेतृत्व गरे । उनै गोपालले यसपटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जनार्दनविरुद्ध जित हासिल गरेका छन्।

तत्कालीन नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी मिलेर नेकपा बनेपछि बाहिरिएका जनार्दनले यसपटक प्रगतिशील लोकतान्त्रिक पार्टीबाट चुनाव लडेका हुन् । पाँचौं पटक चुनाव जित्ने प्रयास यसपटक असफल मात्र भएन, उनी निकटतम प्रतिद्वन्द्वी समेत बन्न सकेनन् ।

नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार गोपालले २१ हजार ६०९ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका राजु केसी १६ हजार ६६१ मत ल्याएर दोस्रो भए। १४ हजार ३४६ मत प्राप्त गरेका प्रलोपा उम्मेदवार जनार्दन शर्मा तेस्रो स्थानमा खुम्चिए।

जनार्दन शर्माले नयाँ पार्टी निर्माण गरेर विचार छाडेको भन्दै रुकुम पश्चिमको कम्युनिस्ट विरासत आफूले जोगाउने मुख्य एजेन्डासहित गोपाल निर्वाचनमा होमिएका थिए। विगतमा २०६४, २०७०, २०७४ र २०७९ का चारवटै चुनावमा जनार्दनलाई जिताउन ुब्याकबोनु बनेर जिल्लाको चुनावी कमान्ड सम्हालेका गोपालले अन्ततः यसपटक आफैँले सानदार जित पक्का गरे।

सङ्घीय संसद्‌मा उनको यो पहिलो पाइला भए पनि उनीसँग संसदीय अनुभव भने छ। उनी २०७४ सालको निर्वाचनमा रुकुम पश्चिम निर्वाचन क्षेत्र नम्बर १ ९ख० बाट कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

सोही कार्यकालमा उनी २०७८ मा कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीसमेत बनेका थिए। प्रदेशको अनुभव हासिल गरिसकेका शर्मा अब सङ्घीय संसद्‌मा देखिनेछन्।

१२ पुस २०३४ मा साविकको विजयश्वरी गाविस ९हाल चौरजहारी नगरपालिका–५० को लहरेसिमल गाउँमा आमा कस्तुरा ढकाल र बुवा परमानन्द ढकालका कान्छा छोराका रूपमा उनको जन्म भएको हो। स्नातक तहको शैक्षिक योग्यता हासिल गरेका शर्मा २०४६ सालमा १२ वर्षको उमेरमै अनेरास्ववियु ९क्रान्तिकारी० मा आबद्ध भएका थिए।

विद्यार्थी सङ्गठनबाटै नेतृत्वमा उदाएका उनी २०५३ सालमा जिल्ला अध्यक्षको जिम्मेवारीमा पुगे। २०५४ मा विद्यार्थी सङ्गठनको केन्द्रीय सदस्य बनेका उनी २०५६ सालमा केन्द्रीय उपाध्यक्ष बनेका थिए।

राजनीतिक रूपमा उनी २०५३ सालमै तत्कालीन नेकपा ९माओवादी० को सदस्य बनेका थिए। २०५६ मा रुकुम जिल्ला कमिटी सदस्य बनेका उनी २०५७ सालमा पार्टीको विशेष उपक्षेत्रीय ब्युरो सदस्य बने। २०५८ देखि २०६० सम्म भेरी–कर्णाली उपक्षेत्रीय ब्युरोमा रहेर काम गरेका उनले २०६० देखि २०६२ सम्म बाँके–बर्दिया इन्चार्जको जिम्मेवारी सम्हालेका थिए। २०६२ माघमा रुकुम फर्किएका उनले २०६४ सम्म जिल्ला सेक्रेटरी भएर काम गरे।

पार्टीमा निरन्तर क्रियाशील शर्मा २०७१ मा रुकुम जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्यमा चयन भए। उनी २०७३ मा पोलिटब्युरो सदस्यसम्मको जिम्मेवारीमा पुगे। २०७५ मा तत्कालीन नेकपाले केन्द्रीय सदस्यको जिम्मेवारी दिँदा उनले उक्त पद छाडेर अरूलाई राख्न भनेका थिए भने आफूले रुकुम पश्चिमको जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालेका थिए।

तीन दशकभन्दा लामो राजनीतिक अनुभव, सङ्गठनात्मक क्षमता र सरकारी जिम्मेवारीसमेत सम्हालेका उनै शर्मा अब भने प्रतिनिधिसभा सदस्यका रूपमा सङ्घीय संसद्‌मा प्रवेश गर्दै छन्। रुकुमको अधुरो विकासलाई पूरा गर्ने र कम्युनिस्ट विरासत जोगाउने जिम्मेवारी अब उनको काँधमा आइपुगेको छ।

विजयसँगै शर्माले भनेका छन्, ‘आफ्नो अमूल्य मत मार्फत मलाई जिम्मेवारीको नयाँ भारी बोकाउनु हुने आम रुकुमेली दाजुभाइ तथा दिदी बहिनीहरूप्रति हार्दिक आभार एवम् धन्यवाद । म आफ्नो जिम्मेवारीप्रति इमान्दार र सक्रिय बनिरहने छु ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बागलुङलाई वामपन्थी शक्तिको गढ मानिन्थ्यो । बागलुङको राजनीतिमा राष्ट्रिय जनमोर्चा (राजमो)का अध्यक्ष चित्र बहादुर केसी ब्राण्ड जस्तै बनेका थिए । तर पुराना मानक सबै यसपटकको निर्वाचन परिणामले भत्काइदिएको छ । बागलुङका दुवै निर्वाचन क्षेत्रमा रास्वपा उम्मेदवार भारी मतान्तरसहित निर्वाचित हुँदा राजमोको जमानत जफत भएको छ । राजमो र नेपाल कम्युनिस्ट पार्टीले बागलुङका क्षेत्र नं. १ ...
। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मीमा समानुपातिक तर्फको मतगणना सम्पन्न भएको छ । गएराति अबेरसम्म सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार जिल्लाका दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो स्थानमा छ । निर्वाचन कार्यालयका अनुसार गुल्मी–१ मा रास्वपाले ३० हजार ६५७ मत प्राप्त गरेको छ । नेकपा एमालेले १४ हजार १३०, नेपाली कांग्रेसले १२ हजार ७३१ ...
: फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको अन्तिम मतपरिणाम आउने क्रम जारी छ। निर्वाचन आयोगका अनुसार आइतबार साँझसम्म धनुषा १ बाहेक ६ वटा क्षेत्रको मात्रै मतपरिणाम आउन बाँकी छ। आयोगका अनुसार सुनसरी ४, नुवाकोट १, गोरखा १, इलाम १, संखुवासभा १ र अछाम २ को मतपरिणाम आउन बाँकी छ। हालसम्मको मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले १२२ सिटसहित पहिलो ...
। मधेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहको जमानत जफत भएको छ । प्रदेश सांसद पदबाट राजीनामा दिएर सप्तरी क्षेत्र नं. २ मा स्वाभिमान पार्टीबाट चुनाव लडेका उनको जमानत जफत भएको हो । त्यहाँ रास्वपाका रामजी यादव २८ हजार ४०४ मत पाएर विजयी भएका छन् ।पूर्व मुख्यमन्त्री सिंहले ३ हजार ५५७ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका उमेश यादव ...
: यस पटकको प्रतिनिधिसभा सदस्य निर्वाचनले झापा जिल्ला लाल किल्लाको गढ मात्र भत्काएन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाँचै निर्वाचन क्षेत्रमा विजयी हासिल गरी निल किल्ला बनाउँदा यहाँका मतदाताहरुले ठूला राजनीतिक दलबाट उम्मेदवार बनेकाहरुको धरौटी रकम (जमानत) समेत जफत गराइदिएका छन्। जमानत जफत हुनेहरूमा नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ...