मुख्य समाचार
एमाले मकवानपुरको जिल्ला सचिवालय बैठकले आज बिहान राजीनामा घोषणा गरेका अध्यक्ष श्रीधर पोख्रेललाई पदमुक्त गर्ने निर्णय
एमाले मकवानपुरको जिल्ला सचिवालय बैठकले आज बिहान राजीनामा घोषणा गरेका अध्यक्ष श्रीधर पोख्रेललाई पदमुक्त गर्ने निर्णय

। नेकपा एमाले मकवानपुरको जिल्ला सचिवालय बैठकले आज बिहान राजीनामा घोषणा गरेका अध्यक्ष श्रीधर पोख्रेललाई पदमुक्त गर्ने निर्णय गरेको छ ।

सचिवालय बैठकले पोख्रेललाई पदमुक्त गर्दै कार्यवाहक अध्यक्षमा वर्तमान उपाध्यक्ष हिदम लामालाई जिम्मेवारी दिने निर्णय गरेको सचिव सीता विष्टले जानकारी दिइन् ।

निर्वाचनमा पार्टीको पराजय र नेतृत्वप्रति प्रश्न उठाउँदै ११औं अधिवेशनबाट निर्वाचित मकवानपुर अध्यक्ष श्रीधर पोख्रेलले आज बिहान सामाजिक सञ्जालबाट जिम्मेवारीबाट राजीनामा दिएका थिए । कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका लामा भीमफेदी गाउँपालिका अध्यक्षसमेत हुन् ।

पार्टीले बैठकपछि निर्णय सार्वजनिक गर्दै अध्यक्ष पोख्रेलको विगत ५ महिनादेखि पार्टीको नियमित काम र सम्पर्क रहेको अवस्थामा जिम्मेवारीबाट राजीनामा दिएको विषयप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको सचिव विष्टले बताइन् । पोख्रेल केही महिना अघि हेटौंडा उपमहानगरपालिका–५, स्थित पार्टी कार्यालय अगाडि स्कुटर दुर्घटनामा घाइते भएपछि पार्टी गतिविधिमा सक्रिय भएका थिएनन् ।

‘पार्टीको नियमित काम र गतिविधिमा सम्पर्क र सहभागिता नजनाई, पार्टीलाई कुनै जानकारी नगरी मौन बसेका अध्यक्ष पोख्रेलले निर्वाचन परिणामको विषयलाई लक्षित गरि राजिनामा दिइएको अभिव्यक्ति सार्वजनिक गरेको विषयलाई पार्टीले गम्भीरताका साथ लिएको र यसबाट पार्टी पंक्ति र सार्वजनिक रूपमा परेको भ्रमको पूर्णरूपमा खण्डन गर्दै श्रीधर पोखरेललाई पदबाट मुक्त गरिएको छ,’ पार्टीले विज्ञप्तिमार्फत भनेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मधेश प्रदेशका जिल्लाहरूमा खाना पकाउने ग्यासको अभाव बढेको छ । अभावलाई देखाउँदै विक्रेताहरूले सिरहामा कालोबजारी गर्न थालेका छन् । ‘अभावको मौका छोपेर लहानका ग्यास बेच्ने पसलेहरूले कालोबजारी गर्न थाले,’ लहानस्थित महराजा रेस्टुरेन्ट एन्ड होटेलका सञ्चालक पिन्टु राउतले भने, ‘दुई थान ग्यास लिन जाँदा प्रतिसिलिन्डर ४ हजार ५०० रुपैयाँ मागियो ।’ एकाएक त्यति चर्को मूल्य सुनेपछि आफू ...
। गत ११ माघमा भएको निर्वाचनबाट निर्वाचित भएका राष्ट्रिय सभा सदस्यहरूका शपथ ग्रहण भएको छ । सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा भएको शपथमा रामकुमारी झाक्री १५ मिनेट ढिलो पुगेकी थिइन् । २ बजेबाट शपथ समारोह सुरु भएकोमा झाक्री २:१५ मा हल प्रवेश गरेकी थिइन् । त्यतिबेला अन्य सदस्यको सपथ सकिएको थियो । १५ मिनेट ढिलो ...
। बैतडीमा पाँच हजारबढी मत बदर भएको छ । बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फका यहाँ पाँच हजार ११३ मत बदर भएको हो । आइबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार ७२ हजार ८४३ मत खसेकोमा पाँच हजार ११३ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालले जानकारी दिए । ६७ हजार ७३० मत सदर ...
। झापाको गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीमाथि उनकै घरमा हातपात भएको छ । आइतबार साँझ उनीमाथि अभद्र व्यवहार गर्दै एक व्यक्तिले हातपात गरेका हुन् । प्रहरीका अनुसार गौरादह-५ राजपति चोक, चप्रामारी बस्ने ३४ वर्षीय भीष्म सिटौलाले मेयर सुवेदीको घरमै पुगेर गालीगलौज गर्दै हातपात गरेका हुन् । हातपात गरेको आरोपमा प्रहरीले सिटौलालाई पक्राउ गरेको छ । मेयर सुवेदीको ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले निर्वाचन खर्च विवरण बुझाएका छन् । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बालेनले १४ लाख १७ हजार रुपैयाँ खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाएका हुन् । उनले १५ दिनमा दुई वटा सवारी साधन भाडामा २ लाख ९३ हजार ८ सय रुपैयाँ खर्च ...