मुख्य समाचार
गाडीको ठक्कर बाट बालकको मृत्यु भएपछि स्थानीयले राजमार्ग अवरुद्ध
गाडीको ठक्कर बाट बालकको मृत्यु भएपछि स्थानीयले राजमार्ग अवरुद्ध

: पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका–१ मा गाडीको ठक्कर बाट बालकको मृत्यु भएपछि स्थानीयले राजमार्ग अवरुद्ध पारेका छन्। शनिबार राति सोही स्थानको मंगलपुरका १२ वर्षीय बालकलाई सवारी साधनले ठक्कर दिँदा ज्यान गएपछि आक्रोशित स्थानीयले राजमार्गमा टायर बालेर चक्काजाम गरेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ।

ठक्कर दिने सवारी साधनको पहिचान हुन नसकेको र प्रहरीले हालसम्म चालकलाई पक्राउ गर्न नसकेको भन्दै स्थानीयवासीले आइतबार बिहानदेखि चक्काजाम गरेका हुन्। चक्काजामका कारण करिब २ घण्टादेखि पूर्वबाट पश्चिमतर्फ र पश्चिमबाट पूर्वतर्फ जाने सयौं सवारी साधन राजमार्गमै रोकिएका छन् भने हजारौं यात्रु अलपत्र परेका छन्।


स्थिति नियन्त्रणमा लिन र सवारी आवागमन सुचारु गर्न प्रहरी र स्थानीयबीच छलफल भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रमुख, प्रहरी नायब उपरीक्षक रूपा लाबुङले जानकारी दिइन्। प्रहरीले दुर्घटनामा संलग्न सवारी साधनको खोजी कार्य पनि तीव्र बनाइएको प्रमुख लाबुङले जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मधेश प्रदेशका जिल्लाहरूमा खाना पकाउने ग्यासको अभाव बढेको छ । अभावलाई देखाउँदै विक्रेताहरूले सिरहामा कालोबजारी गर्न थालेका छन् । ‘अभावको मौका छोपेर लहानका ग्यास बेच्ने पसलेहरूले कालोबजारी गर्न थाले,’ लहानस्थित महराजा रेस्टुरेन्ट एन्ड होटेलका सञ्चालक पिन्टु राउतले भने, ‘दुई थान ग्यास लिन जाँदा प्रतिसिलिन्डर ४ हजार ५०० रुपैयाँ मागियो ।’ एकाएक त्यति चर्को मूल्य सुनेपछि आफू ...
। गत ११ माघमा भएको निर्वाचनबाट निर्वाचित भएका राष्ट्रिय सभा सदस्यहरूका शपथ ग्रहण भएको छ । सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा भएको शपथमा रामकुमारी झाक्री १५ मिनेट ढिलो पुगेकी थिइन् । २ बजेबाट शपथ समारोह सुरु भएकोमा झाक्री २:१५ मा हल प्रवेश गरेकी थिइन् । त्यतिबेला अन्य सदस्यको सपथ सकिएको थियो । १५ मिनेट ढिलो ...
। बैतडीमा पाँच हजारबढी मत बदर भएको छ । बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फका यहाँ पाँच हजार ११३ मत बदर भएको हो । आइबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार ७२ हजार ८४३ मत खसेकोमा पाँच हजार ११३ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालले जानकारी दिए । ६७ हजार ७३० मत सदर ...
। झापाको गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीमाथि उनकै घरमा हातपात भएको छ । आइतबार साँझ उनीमाथि अभद्र व्यवहार गर्दै एक व्यक्तिले हातपात गरेका हुन् । प्रहरीका अनुसार गौरादह-५ राजपति चोक, चप्रामारी बस्ने ३४ वर्षीय भीष्म सिटौलाले मेयर सुवेदीको घरमै पुगेर गालीगलौज गर्दै हातपात गरेका हुन् । हातपात गरेको आरोपमा प्रहरीले सिटौलालाई पक्राउ गरेको छ । मेयर सुवेदीको ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले निर्वाचन खर्च विवरण बुझाएका छन् । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बालेनले १४ लाख १७ हजार रुपैयाँ खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाएका हुन् । उनले १५ दिनमा दुई वटा सवारी साधन भाडामा २ लाख ९३ हजार ८ सय रुपैयाँ खर्च ...